गृहमन्त्रीसँगको वार्तापछि हिन्दूवादी मोर्चाद्वारा आन्दोलन फिर्ता, १९ बुँदे माग सरकारसमक्ष पेश

जनकपुर,१७ साउन । गृहमन्त्री सुधन गुरुङ र संयुक्त हिन्दू मोर्चा तथा हिन्दू सम्राट सेना नेपालका प्रतिनिधिबीच जनकपुरस्थित यात्री निवासमा भएको दोस्रो चरणको वार्ता सकारात्मक रूपमा सम्पन्न भएको छ।

शनिबार राति भएको सहमतिमा देखिएका अस्पष्टता हटाउन आइतबार गृहमन्त्रीको उपस्थितिमा करिब डेढ घण्टा छलफल भएको थियो। छलफलपछि मोर्चाले आफ्ना पूर्वघोषित सबै विरोध तथा आन्दोलनका कार्यक्रम फिर्ता लिने घोषणा गरेको हो।

वार्ताका क्रममा मोर्चाले यसअघि राखेको १३ बुँदे मागमा थप ६ बुँदा समेट्दै कुल १९ बुँदे मागपत्र गृहमन्त्री गुरुङसमक्ष बुझाएको छ। सरकारले ती मागलाई सकारात्मक रूपमा लिँदै आवश्यक अध्ययन र कार्यान्वयनका लागि उपयुक्त समयमा समिति गठन गर्ने समझदारी भएको जनाइएको छ।

वार्तामा आन्दोलनका क्रममा पक्राउ परेका प्रदर्शनकारीलाई विनाशर्त रिहा गर्ने, उनीहरूमाथि मुद्दा नचलाउने तथा प्रदर्शनका क्रममा गोली चलाउने सुरक्षाकर्मीमाथि निष्पक्ष छानबिन गरी दोषी देखिए कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउने सहमति भएको छ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार अघिल्लो दिन सार्वजनिक भएको सहमतिको पत्र र हस्ताक्षरसम्बन्धी देखिएको अन्योल वार्ताबाट स्पष्ट भएको हो। गृहमन्त्रीले सञ्चारमाध्यममा आएका भ्रमबारे स्पष्ट पारेपछि मोर्चाका प्रतिनिधिहरू सन्तुष्ट भएका थिए।

हिन्दू सम्राट सेनाका केन्द्रीय उपाध्यक्ष कृष्ण सनातनीले सरकारबाट अब प्रदर्शनकारीमाथि गोली नचलाउने प्रतिबद्धता आएको र माग सम्बोधन गर्ने आश्वासन पाएपछि आन्दोलन स्थगित गरिएको बताएका छन्।
गृहमन्त्री गुरुङले पनि शान्ति, सुरक्षा र संवादको बाटो रोजेकोमा मोर्चालाई धन्यवाद दिँदै प्राप्त मागपत्रहरू सरकारका तर्फबाट ग्रहण गरिएको जानकारी दिएका छन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

लालबकैया खोलाको पुल, बाँध र कटान–डुबान क्षेत्रको सुरक्षा अधिकारीद्वारा निरीक्षण

रौतहट अशोज११। रौतहट राजपुर नगरपालिका–२ स्थित लालबकैया खोलामा बाढी तथा वर्षाका कारण हुन सक्ने कटान र डुबानको जोखिमलाई मध्यनजर गर्दै जिल्लाका सुरक्षा अधिकारीसहितको टोलीले स्थलगत

अविरल वर्षाले मधेशमा कहाँ–कहाँ के–के भयो क्षति ?

जनकपुर,११ असोज । मधेश प्रदेशका विभिन्न जिल्लामा भइरहेको अविरल वर्षा तथा हावाहुरीका कारण जनजीवन प्रभावित भएको छ । वर्षा र हावाहुरीका कारण पर्सा, बारा, रौतहट,

देशभरका प्रमुख नदीमा बाढीको चेतावनी : नारायणी दिनभर खतरा तहमा रहने, पश्चिमतिर सर्दै वर्षा प्रणाली

काठमाडौं , असोज ११ । देशका विभिन्न नदी तथा खोलामा पानीको सतह बढेसँगै बाढीको जोखिम बढेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको जलविज्ञान तथा

अविरल वर्षा र हावाहुरीले मधेशको जनजीवन अस्तव्यस्त, धनुषामा पहिरोले ज्यान लियो

जनकपुर , असोज ११। मधेश प्रदेशका विभिन्न जिल्लामा भइरहेको अविरल वर्षा तथा हावाहुरीका कारण जनजीवन प्रभावित भएको छ । वर्षा र हावाहुरीका कारण पर्सा, बारा, रौतहट,

टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयबाट रिहा

काठमान्डौ,२२ असोज। पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा प्रहरीको नियन्त्रणबाट छुट्नुभएको छ । गएरातिदेखि प्रहरीको नियन्त्रणमा रहेका जबरा आइतबार दिउँसो टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयबाट रिहा

झापा–५ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा किन मनोनयन दर्ता गरे सत्यनारायण चौधरीले?

२०२५ सालमा जन्मनुभएका चौधरी वडा तथा नगर समितिमा रहेर विभिन्न जिम्मेवारी पूरा गरिसक्नुभएको छ। उहाँ तीन पटकसम्म महाधिवेशन प्रतिनिधि बन्नुभएको छ।