लालबकैया खोलाको पुल, बाँध र कटान–डुबान क्षेत्रको सुरक्षा अधिकारीद्वारा निरीक्षण

रौतहट अशोज११। रौतहट राजपुर नगरपालिका–२ स्थित लालबकैया खोलामा बाढी तथा वर्षाका कारण हुन सक्ने कटान र डुबानको जोखिमलाई मध्यनजर गर्दै जिल्लाका सुरक्षा अधिकारीसहितको टोलीले स्थलगत निरीक्षण तथा अनुगमन गरेको छ।

२०८३ असोज ११ गते बिहान करिब ११ः२० बजे रौतहटका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलको नेतृत्वमा पुगेको टोलीले लालबकैया खोलाको पुल, बाँध तथा कटान र डुबान हुन सक्ने सम्भावित क्षेत्रको स्थलगत निरीक्षण गरेको हो।

निरीक्षण टोलीमा नारायण दल गण रौतहटका प्रमुख सेनानी विश्वास विष्ट, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सीताराम रिजाल, सशस्त्र प्रहरी बल नेपाल नं। ११ गण हेडक्वार्टर हजमिनिया रौतहटका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक चेतराज जोशी तथा राष्ट्रिय अनुसन्धान कार्यालय रौतहटका उप–अनुसन्धान निर्देशक कुमार बुढाथोकीलगायत सुरक्षा निकायका अधिकारीहरूको सहभागिता थियो।

टोलीमा स्थानीय जनप्रतिनिधिसहित करिब ५० देखि ५५ जनाको सहभागिता रहेको थियो। निरीक्षणका क्रममा लालबकैया खोलाको पुल तथा बाँधको अवस्था, खोलाको बहाव र आसपासका क्षेत्रमा बाढीका कारण हुन सक्ने कटान तथा डुबानको जोखिमबारे स्थलगत जानकारी लिइएको थियो।
वर्षायाममा लालबकैया खोलामा पानीको बहाव बढ्दा आसपासका बस्ती तथा कृषि क्षेत्रमा डुबान र नदी कटानको जोखिम रहने भएकाले सम्भावित जोखिम क्षेत्रको अवस्थाबारे सुरक्षा निकाय तथा स्थानीय तहका प्रतिनिधिले जानकारी लिएका थिए।

निरीक्षणपछि टोली बिहान ११ः५० बजे उक्त स्थानबाट फर्किएको थियो। निरीक्षणका क्रममा इलाका प्रहरी कार्यालय राजपुरबाट प्रहरी सहायक निरीक्षक खिमबहादुर बिडारीको कमान्डमा प्रहरी टोलीसमेत परिचालन गरिएको थियो।

निरीक्षण गरिएको क्षेत्र इलाका प्रहरी कार्यालय राजपुरबाट करिब दुई किलोमिटर पूर्वतर्फ पर्दछ। स्थानीय तह, प्रशासन तथा सुरक्षा निकायबीच समन्वय गरी बाढी तथा कटानको जोखिम रहेका क्षेत्रमा पूर्वतयारी र सम्भावित क्षति न्यूनीकरणका लागि स्थलगत अनुगमन गरिएको बताइएको छ।

प्रेमचन्द्र झा

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा