आयात पर्याप्त तर बजारमा अभावः ग्यास आपूर्तिमा समस्या कि वितरणमा?

काठमाडौं,१९ साउन । पछिल्लो करीब दुई सातामा ३० हजार मेट्रिक टन खाना पकाउने एलपी ग्यास नेपाल भित्रिएको व्यवसायीहरुको दाबी छ । दैनिक औसत १०० भन्दा बढी बुलेट ग्यास आयात भइरहेको दाबी उद्योगीहरूले गरेका छन् । तर, आपूर्ति पर्याप्त देखिए पनि काठमाडौं उपत्यकासहित विभिन्न स्थानका उपभोक्ता अझै ग्यासका लागि लाइन बस्न बाध्य छन।
नेपाल आयल निगमको टेकु स्थीत पुरानो कार्यालयमा दिनहुँजसो ग्यास साट्ने आउने उपभोक्ताको लामो लाइन छ । अन्य डिपो र पसलमा समेत ग्यास नपाइएपछि उपभोक्ता हैरान भएका छन् । ग्यास आयात र बजारमा देखिएको अभावबीचको अन्तरले अहिले मुख्य प्रश्न उठेको छ– समस्या ग्यास आपुर्तिको हो कि वितरण प्रणालीको ?

 

एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दका अनुसार असार ३१ गतेदेखि पछिल्लो १६ दिनमा करिब ३० हजार मेट्रिक टन ग्यास आयात भइसकेको छ । यही गतिमा आयात भइरहे साउन महिना भित्रमा मात्रै करिब ५० हजार मेट्रिक टनसम्म ग्यास भित्रिन सक्ने उहाँको भनाइ छ ।‘असार ३१ गतेदेखि नेपालमा दैनिक बढीमा १२५ वटासम्म बुलेट ग्यास भित्रिने गरेका छन भने औसतमा १०५ वटासम्म बुलेट आइरहेको छ,‘ उहाँले बताउनु भयो । उहाँका अनुसार सामान्य अवस्थामा नेपालमा दैनिक ८० देखि ९० वटा बुलेट ग्यास पर्याप्त हुन्छ । अहिले सामान्य अवस्थाभन्दा बढी आयात भइरहे पनि उपभोक्ताले सहज रूपमा ग्यास पाउन सकेका छैनन।उद्योगीहरूका अनुसार अहिले देखिएको मुख्य समस्या ग्यास आपूर्तिभन्दा पनि खाली सिलिन्डर व्यवस्थापनमा देखिएको छ । १४.२ केजीको सिलिन्डर पुनः सहज भएपछि लामो समयदेखि खाली रहेका सिलिन्डर एकैपटक साट्न आउँदा बजारमा चाप बढेको उनीहरूको भनाइ छ ।

 

अध्यक्ष चन्दका अनुसार ग्यास भण्डारण गर्ने माध्यम नै सिलिन्डर भएकाले खाली सिलिन्डर पर्याप्त मात्रामा उपलब्ध नभए आपूर्ति प्रभावित हुन्छ । ‘ग्यास कि बुलेटमा हुन्छ कि सिलिन्डरमा हुन्छ । खाली सिलिन्डर नफर्किएसम्म बजारमा सहज आपूर्ति गर्न कठिन हुन्छ,‘उहाँले भन्नु भयो।

निगम भन्छ– आपूर्ति खपतअनुसार नै छ

नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुर भने अहिलेको अवस्था ग्यास अभावभन्दा पनि अचानक बढेको माग व्यवस्थापनसँग सम्बन्धित रहेको बताउँनु हुन्छ। उहाँका अनुसार नेपालमा अहिले मासिक करिब ४५ हजार मेट्रिक टन एलपी ग्यास खपत हुन्छ । पछिल्लो समय खपतअनुसारकै परिमाणमा ग्यास आयात भइरहेको उहाँले बताउनु भयो ।

‘फागुनमा ५१ हजार मेट्रिक टन ग्यास आयात हुँदा पनि बजारमा अभाव थियो । त्यसपछि चैतमा ३८ हजार, वैशाखमा ३२ हजार र जेठमा ३३ हजार मेट्रिक टन आयात हुँदा पनि ठूलो समस्या देखिएन,‘ ठाकुरले भन्नु भयो । उहाँका अनुसार असारमा करिब ४४ हजार मेट्रिक टन र साउन १५ गतेसम्म २६ हजार मेट्रिक टन ग्यास आयात भइसकेको छ ।

१४.२ केजी सिलिन्डर फर्किएपछि बढ्यो चाप

निगमका अनुसार १४.२ केजीको सिलिन्डर पुनः उपलब्ध भएपछि धेरै उपभोक्ता एकैपटक बजारमा आएका कारण माग अस्वाभाविक रूपमा बढेको हो । ‘जसको घरमा खाली सिलिन्डर थियो, सबैले एकैपटक साट्न खोज्दा बजारमा चाप बढ्यो,‘ ठाकुरले भन्नु भयो।

उहाँका अनुसार केही उपभोक्ताले ७.१ केजीको सिलिन्डर प्रयोग गर्दा पनि अपेक्षित परिणाम नपाएको गुनासो गर्नु भएको थियो । कतिपय अवस्थामा सिलिन्डरको तौल पुगे पनि आवश्यक प्रेसर नपुग्दा ग्यास प्रयोगमा समस्या देखिएको उहाँले बताउनु भयो ।

डिलरमा नपाएपछि टेकु पुगे उपभोक्ता

बजारमा ग्यास नपाएपछि काठमाडौंको टेकुस्थित नेपाल आयल निगमको परिसरबाट उद्योगहरूले प्रत्यक्ष बिक्री सुरु गरेका छन् । नेपाल ग्यास, एभरेस्ट, सुगम, एचपी र श्रीरामलगायत कम्पनीले त्यहाँबाट बिक्री गरिरहेका छन् ।

निगमले भने आफैं ग्यास बिक्री नगरेको स्पष्ट पारेको छ । डिलरबाट ग्यास नपाएका उपभोक्तालाई सहज बनाउन उद्योगहरूलाई निगमको स्थान प्रयोग गर्न दिइएको प्रवक्ता ठाकुरले बताउनु भयो ।

तथ्यांकले ग्यास आयात भइरहेको देखाउँछ भने उपभोक्ताको अनुभवले ग्यास अभाव देखाइरहेको छ । यसले नेपालको एलपी ग्यास व्यवस्थापनमा आपूर्ति मात्र होइन, वितरण प्रणाली, सिलिन्डर व्यवस्थापन र बजार अनुगमन पनि उत्तिकै महत्वपूर्ण रहेको देखाएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भारी वर्षा र चट्याङको जोखिम , वीरगन्ज महानगरद्वारा शुक्रबार सबै विद्यालय बन्द गर्ने निर्णय

वीरगन्ज,८ असोज । वीरगन्ज महानगरपालिकाले देशभर तथा यस क्षेत्रमा हुनसक्ने भारी वर्षा, हावाहुरी र चट्याङको जोखिमलाई मध्यनजर गर्दै महानगर क्षेत्रभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा

दैलेखमा विपद्को जोखिमबारे माइकिङ, सुरक्षित स्थानमा जान आग्रह

सुर्खेत,८ असोज । प्रतिकूल मौसमका कारण बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्को जोखिम बढेपछि जिल्ला प्रहरी कार्यालय दैलेखले स्थानीयवासीलाई समयमै सचेत गराउन जिल्लाका विभिन्न स्थानमा

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेता

काठमाडौं, ८ असोज । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको वरिष्ठ नेता पदमा प्रस्तावित हुनुभएको छ । केन्द्रीय सचिवालयको बैठकले भण्डारीलाई वरिष्ठ नेता बनाउने गरी केन्द्रीय

कांग्रेसमा देउवा समूहको समानान्तर महाधिवेशन तयारी, ५५ जिल्लामा संयोजक तोकिए

काठमाडौं,८ असोज । नेपाली कांग्रेसको समानान्तर महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले ५५ जिल्लामा संयोजक तोकेको छ। पूर्वमहामन्त्री डा. शशांक कोइरालाको

अपाङ्गता भएका व्यक्तिलाई इसेवाबाटै २ लाखसम्म कर्जा, यस्ता छन् सर्त

काठमाडौं,८ असोज । अब अपाङ्गता भएका व्यक्तिले बैंक धाउनुपर्ने झन्झटबिना इसेवा एपबाटै २ लाख रुपैयाँसम्म कर्जा लिन सक्ने भएका छन्। इसेवा र सिटिजन्स बैंक इन्टरनेसनलले

ताप्लेजुङको दोभान बजारमा आगलागी , आगलागीको कारण र क्षतिको विवरण भने आउन बाकी

ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजारमा आगलागी भएको छ । बिहीबार साढे १ बजेदेखि आगलागी सुरु भएको हो । पुरानो बजार क्षेत्रमा लागेको आगो नियन्त्रणमा