सरकार माथि सांसद वर्षमान पुनको कडा प्रश्नै प्रश्न

काठमाडौँ ,२ भदौ । नेपाली कम्युनिस्ट पार्टीका सांसद एवं पूर्वमन्त्री वर्षमान पुनले समसामयिक जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै विभिन्न प्रश्नहरूको जवाफ माग्नु भएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै उहाँले विपद् व्यवस्थापन, बजारमा देखिएका अभाव र सरकारको दोहोरो मापदण्डमाथि आलोचना गर्नु भयो।सांसद पुनले जाजरकोट, रोल्पा र बागलुङ लगायतका जिल्लामा मनसुनजन्य विपद्ले ठूलो क्षति पु¥याए पनि उद्धार र पुनःस्थापनाको काम सुस्त भएको बताउनु भयो । उहाँले कर्णालीका नागरिकले सिटामोल नपाउँदा र विपद्मा परेकाहरूले उद्धार पर्खिरहँदा एकजना मन्त्री सामान्य रुघाखोकी लाग्दा राज्यको हेलिकप्टर चढेर काठमाडौँ आउनु गैरजिम्मेवारपन भएको टिप्पणी गर्नु भयो। उहाँले प्रश्न गर्नु भयो, ‘मन्त्रीको जीवन जति मूल्यवान् छ, कर्णालीका नागरिकको जीवन पनि उत्तिकै मूल्यवान् छैन र ?’

सांसद पुनले गृहमन्त्री आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित भएको तर देशैभरको विपद् प्रतिकार्यमा ध्यान नदिएको आरोप लगाउनु भएको छ । उहाँले देशभरको विपद्को अवस्था, उद्धार र राहत सामग्रीको वितरणबारे गृहमन्त्रीले सदनमा आएर विस्तृत जानकारी दिनुपर्ने माग गर्नु भयो।‘नयाँ पार्टी र नयाँ साथीहरूको स्पिरिटले लाइनहरू हट्नुपर्ने थियो, तर आज ग्यास, मल र पासपोर्टमा झन् लामा लाइनहरू देखिएका छन्,’ पुनले भन्नु भयो । उहाँले विगतका सरकारलाई दोष दिएर मात्रै नहुने भन्दै तत्काल यी अभावहरू हटाउन सरकारको योजना के छ भनी जवाफ माग्नु भयो।

 

उहाँले नेपालको असंलग्न परराष्ट्र नीतिमा सरकार चुकेको भन्दै कहिले दलाई लामाको जन्मदिन मनाउन दिने त कहिले तिब्बत सम्बन्धी सम्मेलन रोक्ने जस्ता दोहोरो चरित्र त्याग्न आग्रह गर्नु भयो। साथै, संविधानको धारा ५ र २६ बमोजिम धर्मनिरपेक्षता र धार्मिक स्वतन्त्रतासम्बन्धी नयाँ कानुन बनाउन सरकारलाई रुलिङ गर्न सभामुखसँग माग गर्नु भयो । उहाँले सुनसरी र सिराहामा देखिएका धार्मिक सद्भाव बिथोलिने घटनाहरूप्रति सरकारलाई सचेत रहन आग्रह गर्नु भयो ।नेपालले वार्षिक ३० अर्बको विद्युत निर्यात गर्ने क्षमतामा पुग्नु खुसीको कुरा भए पनि १५–१६ हजार मेगावाट क्षमताको पीपीए अझै रोकिएको उहाँले बताउनु भयो । भारतसँग भएको १० हजार मेगावाट निर्यातको सम्झौता कार्यान्वयनका लागि बलियो कूटनीतिक पहल गर्न उहाँले सरकारको ध्यानाकर्षण गराउनु भयो।

 

रोमानिया, सर्बिया र मोल्दोभा जस्ता देशहरूमा ठूलो संख्यामा नेपाली कामदारहरू रहेको उल्लेख गर्दै सांसद पुनले ती क्षेत्रमा कूटनीतिक नियोग स्थापना गर्न सरकारसँग माग गर्नु भयो । जर्मनीबाट ती देशका समस्या हेर्नुपर्ने बाध्यताले नेपालीहरूले सास्ती पाएको उहाँको भनाइ थियो । सांसद पुनले यी सबै विषयमा सरकारले सदनलाई चित्तबुझ्दो जवाफ दिनुपर्ने र काममार्फत परिणाम देखाउनुपर्नेमा जोड दिनु भयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सांसद र मन्त्रीहरूलाई रवि लामिछानेको चेतावनी : सच्चिनुहोस्, गतिविधि पारदर्शी बनाउनुहोस्

काठमाडौं,३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार मन्त्री र सांसदहरूसहित संसदीय दलको बैठक राखेर कडा निर्देशन दिनु भएको छ।दलका नेता वालेन्द्र

बर्दियामा समस्याग्रस्त पाटे बाघ नियन्त्रणमा

बर्दिया,३ भदौ । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका–४ स्थित पाटालचुली सामुदायिक वनबाट समस्याग्रस्त पाटे बाघलाई नियन्त्रणमा लिइएको छ। बर्दिया राष्ट्रिय निकुञ्जका प्राविधिक,

४ महिनामा सर्पदंशबाट ६६ जनाको मृत्यु

काठमाडौँ,३ भदौ । देशभर सर्पदंश (सर्पको टोकाइ) का कारण पछिल्लो चार महिनामा ६६ जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण

काँडेतारले वन्यजन्तु रोक्दै पाल्पाको ख्याहामा खेती जोगाउने अभियान

पाल्पा ,३ भदौ । रिब्दीकोट गाउँपालिका–१, ख्याहामा बाँदरलगायत वन्यजन्तुबाट खेतीबाली जोगाउन वडा कार्यालयले खेतमै हेरालु परिचालन गरेको छ। बाँदर, बँदेल, दुम्सी, मृगलगायतका वन्यजन्तुले मकैबालीमा क्षति

आकाशे पुल एकातिर, ज्यान जोखिममा पारेर चक्रपथ पार गर्दै यात्रु

काठमाडौँ,३ भदौ । सुरक्षित आवागमनका लागि करोडौँ खर्चेर बनाइएका आकाशे पुललाई बेवास्ता गर्दै चक्रपथमा पैदलयात्रुहरू दैनिक ज्यानकै बाजी लगाएर सडक पार गरिरहेका छन्। बालकुमारीदेखि सातदोबाटो,

सरकार र रास्वपा माथि सांसद पोर्तेलको कडा प्रहार

काठमाडौँ,३ भदौ। नेकपा एमालेका सांसद सोमनाथ पोर्तेलले सरकारको कार्यशैली र राष्ट्रिय स्वतन्त्र पार्टीको भूमिकामाथि संसद्मा कडा प्रहार गर्नु भएको छ।राष्ट्रिय सभाको बुधबारको बैठकमा विशेष समय