कोशी प्रदेश सरकारको ९ वर्ष

७२ मन्त्री फेरिँदा महिला सहभागिता १६ प्रतिशतमा सीमित

विराटनगर,२ भदौ । कोशी प्रदेश सरकार स्थापना भएको ९ वर्ष पूरा हुँदा कार्यपालिकामा महिलाको उपस्थिति निकै कमजोर देखिएको छ। संविधानले राज्यका हरेक अङ्गमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरे पनि कोशीमा यो अभ्यास केवल १६.६६ प्रतिशतमा खुम्चिएको छ।प्रदेश सरकारको ९ वर्षे अवधिमा ६ जना मुख्यमन्त्री र ७२ जना मन्त्री फेरिएका छन्। तर, यो अवधिमा मन्त्रिपरिषद्मा पुग्ने महिलाको सङ्ख्या जम्मा १३ जना (१६.६६ प्रतिशत) मात्र छ। त्यसमा पनि पूर्ण मन्त्रालयको जिम्मेवारी (क्याबिनेट मन्त्री) पाउने महिला जम्मा ५ जना छन् भने बाँकी ८ जनालाई राज्यमन्त्रीमै सीमित गरिएको छ।

 

पहिलो कार्यकालः ३ जना मुख्यमन्त्री र ३० जना मन्त्री बन्दा महिलाको सङ्ख्या ५ मात्र थियो। तीमध्ये उषाकला राई र खिनु लङ्वा लिम्बूले मात्र मन्त्रीको जिम्मेवारी पाउनु भएको थियो भने जसमाया गजमेर, कला घले र विष्णु तुम्बाहाम्फे राज्यमन्त्री बन्नु भएको थियो ।दोस्रो कार्यकालः हालसम्म ४२ जना मन्त्री बन्दा ९ जना महिला सरकारमा पुगेका छन्। जसमध्ये निर्मला लिम्बू, खिनु लङ्वा लिम्बू र गीता तिम्सिनाले क्याबिनेट मन्त्रीको जिम्मेवारी पाउनु भएको छ। इन्दिरा थापा, सुनिताकुमारी गुरुङ, सिर्जना राई, बन्दना झाँगर, शोभा चेम्जोङ र सपना दर्जी राज्यमन्त्रीमा सीमित हुनु भएको छ।

 

पछिल्लो पटक भएको मन्त्रिपरिषद् विस्तारमा भने नेपाली कम्युनिस्ट पार्टीले आफ्नो भागमा परेका पदहरूमा ३ जना महिलालाई समेटेको छ; जसमा २ जना मन्त्री र १ जना राज्यमन्त्री छन्।मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पछिल्लो विस्तारमा महिला प्रतिनिधित्व बढेको भन्दै खुसी व्यक्त गरे तापनि समग्र ९ वर्षको तथ्याङ्कले समावेशिताको संवैधानिक मर्म अझै व्यवहारमा लागू हुन नसकेको देखाउँछ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सांसद र मन्त्रीहरूलाई रवि लामिछानेको चेतावनी : सच्चिनुहोस्, गतिविधि पारदर्शी बनाउनुहोस्

काठमाडौं,३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार मन्त्री र सांसदहरूसहित संसदीय दलको बैठक राखेर कडा निर्देशन दिनु भएको छ।दलका नेता वालेन्द्र

बर्दियामा समस्याग्रस्त पाटे बाघ नियन्त्रणमा

बर्दिया,३ भदौ । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका–४ स्थित पाटालचुली सामुदायिक वनबाट समस्याग्रस्त पाटे बाघलाई नियन्त्रणमा लिइएको छ। बर्दिया राष्ट्रिय निकुञ्जका प्राविधिक,

४ महिनामा सर्पदंशबाट ६६ जनाको मृत्यु

काठमाडौँ,३ भदौ । देशभर सर्पदंश (सर्पको टोकाइ) का कारण पछिल्लो चार महिनामा ६६ जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण

काँडेतारले वन्यजन्तु रोक्दै पाल्पाको ख्याहामा खेती जोगाउने अभियान

पाल्पा ,३ भदौ । रिब्दीकोट गाउँपालिका–१, ख्याहामा बाँदरलगायत वन्यजन्तुबाट खेतीबाली जोगाउन वडा कार्यालयले खेतमै हेरालु परिचालन गरेको छ। बाँदर, बँदेल, दुम्सी, मृगलगायतका वन्यजन्तुले मकैबालीमा क्षति

आकाशे पुल एकातिर, ज्यान जोखिममा पारेर चक्रपथ पार गर्दै यात्रु

काठमाडौँ,३ भदौ । सुरक्षित आवागमनका लागि करोडौँ खर्चेर बनाइएका आकाशे पुललाई बेवास्ता गर्दै चक्रपथमा पैदलयात्रुहरू दैनिक ज्यानकै बाजी लगाएर सडक पार गरिरहेका छन्। बालकुमारीदेखि सातदोबाटो,

सरकार र रास्वपा माथि सांसद पोर्तेलको कडा प्रहार

काठमाडौँ,३ भदौ। नेकपा एमालेका सांसद सोमनाथ पोर्तेलले सरकारको कार्यशैली र राष्ट्रिय स्वतन्त्र पार्टीको भूमिकामाथि संसद्मा कडा प्रहार गर्नु भएको छ।राष्ट्रिय सभाको बुधबारको बैठकमा विशेष समय