झापामा ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

काठमान्डौं,१ भदौ । झापाको बिर्तामोड–३ सैनिकमोडस्थित मेची आँखा अस्पतालनजिकै रहेको एक होटलबाट लागूऔषध ब्राउन सुगरसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन्।

विशेष सूचनाका आधारमा प्रहरी चौकी बिर्ताबजारबाट प्रहरी सहायक निरीक्षक नरबहादुर गौतमको कमाण्डमा खटिएको प्रहरी टोलीले हिजो दिउँसो १ः४५ बजे उमानन्द होटल एण्ड लजबाट भारत बिहारको सुपौल जिल्ला भीमपुर बालुवाबजारका मोहमद तोहिदलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनको साथबाट ५ ग्राम ५५० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ।

यस्तै, मोरङको सुन्दरहरैचा नगरपालिका–१ का ४९ वर्षीय सुन्दरलाल चौधरी पनि गाँजासहित पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बेलबारी र इलाका प्रहरी कार्यालय हरैचाबाट खटिएको प्रहरी टोलीले चौधरीको घरबाट ३ किलो ७६० ग्राम गाँजा र नगद २ लाख ७१ हजार रुपैयाँ बरामद गरेको हो।

पक्राउ परेका दुवै जनामाथि लागूऔषधसम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सांसद र मन्त्रीहरूलाई रवि लामिछानेको चेतावनी : सच्चिनुहोस्, गतिविधि पारदर्शी बनाउनुहोस्

काठमाडौं,३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार मन्त्री र सांसदहरूसहित संसदीय दलको बैठक राखेर कडा निर्देशन दिनु भएको छ।दलका नेता वालेन्द्र

बर्दियामा समस्याग्रस्त पाटे बाघ नियन्त्रणमा

बर्दिया,३ भदौ । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका–४ स्थित पाटालचुली सामुदायिक वनबाट समस्याग्रस्त पाटे बाघलाई नियन्त्रणमा लिइएको छ। बर्दिया राष्ट्रिय निकुञ्जका प्राविधिक,

४ महिनामा सर्पदंशबाट ६६ जनाको मृत्यु

काठमाडौँ,३ भदौ । देशभर सर्पदंश (सर्पको टोकाइ) का कारण पछिल्लो चार महिनामा ६६ जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण

काँडेतारले वन्यजन्तु रोक्दै पाल्पाको ख्याहामा खेती जोगाउने अभियान

पाल्पा ,३ भदौ । रिब्दीकोट गाउँपालिका–१, ख्याहामा बाँदरलगायत वन्यजन्तुबाट खेतीबाली जोगाउन वडा कार्यालयले खेतमै हेरालु परिचालन गरेको छ। बाँदर, बँदेल, दुम्सी, मृगलगायतका वन्यजन्तुले मकैबालीमा क्षति

आकाशे पुल एकातिर, ज्यान जोखिममा पारेर चक्रपथ पार गर्दै यात्रु

काठमाडौँ,३ भदौ । सुरक्षित आवागमनका लागि करोडौँ खर्चेर बनाइएका आकाशे पुललाई बेवास्ता गर्दै चक्रपथमा पैदलयात्रुहरू दैनिक ज्यानकै बाजी लगाएर सडक पार गरिरहेका छन्। बालकुमारीदेखि सातदोबाटो,

सरकार र रास्वपा माथि सांसद पोर्तेलको कडा प्रहार

काठमाडौँ,३ भदौ। नेकपा एमालेका सांसद सोमनाथ पोर्तेलले सरकारको कार्यशैली र राष्ट्रिय स्वतन्त्र पार्टीको भूमिकामाथि संसद्मा कडा प्रहार गर्नु भएको छ।राष्ट्रिय सभाको बुधबारको बैठकमा विशेष समय