जनकपुरधाममा भदौ ३ गते तुलसीदास जयन्ती महोत्सव मनाइने

जनकपुर,२ भदौ । सन्त शिरोमणि गोस्वामी तुलसीदास जयन्तीको अवसरमा जनकपुरधाममा विविध धार्मिक तथा आध्यात्मिक कार्यक्रमहरु आयोजना हुन लागिएको छ ।श्री रामानन्दीय श्री वैष्णव संघले मंगलबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै भदौ ३ गते बुधबार तुलसीदास जयन्ती महोत्सव मनाउन लागेको जानकारी दिएको छ ।

 

सन्त तुलसीदासले रामभक्तिको माध्यमबाट सनातन धर्म, संस्कार र आध्यात्मिक चेतनाको विकासमा महत्वपूर्ण योगदान पु¥याएकाले उहाँको योगदानलाई नयाँ पुस्तासम्म पु¥याउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको संघका अध्यक्ष एवम जानकी मन्दिरका छोटे महन्थ रामरोशन दास वैष्णवले जानकारी दिनु भयो ।अध्यक्ष दासका अनुसार महोत्सव अन्तर्गत श्री रामचरितमानस नवाह पारायण पाठ, बधाई, कथा, कीर्तन तथा सत्सङ्गलगायतका कार्यक्रमहरु सञ्चालन हुनेछ । महोत्सवमा विभिन्न विद्वान् तथा वक्ताहरूबाट धार्मिक तथा आध्यात्मिक प्रवचनसमेत हुने अध्यक्ष दासले बताउनु भयो ।

 

भदौ ३ गते बिहान विशेष पूजा, श्री रामानन्दीय वैष्णव संघको पाठ, बधाई तथा प्रसाद वितरण कार्यक्रमका साथै दिउँसो शोभायात्रा गरिनेछ ।अध्यक्ष दासका अनुसार सन्त तुलसी स्मारक सदन जनकपुरधाम–८ मा आयोजना हुने महोत्सवमा धार्मिक प्रवचन, रामचरितमानस पाठ, कीर्तन, सत्सङ्ग र शोभायात्रालगायतका कार्यक्रम मुख्य आकर्षणका रूपमा रहनेछन् ।उहाँले सम्पूर्ण हिन्दू धर्मावलम्बिहरुलाई यस महोत्सवमा सहभागी हुन आग्रह गर्नु भएको छ। महात्सवमा नेपालसहित भारतबाट पनि धर्म गुरु, साधुसन्तको आगमन हुने जनाइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कोशी प्रदेशमा उदय परियोजनामार्फत युवालाई आठ अर्बको सहुलियतपूर्ण ऋण दिने तयारी

खाँदबारी । २१ कार्तिक |  कोशी प्रदेश सरकारले युवाको उद्यमशीलता प्रवर्द्धन र रोजगारी सिर्जनालाई प्राथमिकता दिँदै उदय परियोजनामार्फत करिब आठ अर्ब रुपैयाँ बराबरको व्यवस्था गरेको

सन्देशवाहकका रूपमा कागको पूजा गरी आज काग तिहार मनाइँदै

काठमाडौं,२१ कार्तीक । तिहारको पहिलो दिनका रूपमा आज शनिबार काग तिहार मनाइँदैछ।कात्तिक कृष्ण त्रयोदशीका अवसरमा बिहानैदेखि कागलाई पूजा गरी मीठा खानेकुरा खुवाएर यो पर्व मनाउन

झापामा मध्यरातमा आगलागी : चार खसीबोका मरे, अन्नपात नष्ट

झापा, २१ कात्तिक । झापा गाउँपालिका–६ का स्वास्थ्य शाखा कर्मचारी नकुल राजवंशीको गोठ तथा भण्डार घरमा मध्यरातमा भीषण आगलागी हुँदा ठूलो क्षति भएको छ।गएराति भएको

झापामा पहिलो चरणमा २ हजार ३३९ परिवारलाई लालपुर्जा वितरण गरिदै, कुन पालिकामा कतिले पाउनेछन?

दमक २१/ कार्तिक | जिल्ला भूमि समस्या समाधान समिति झापाको बैठकले स्थानीय तहबाट प्रमाणीकरण भई प्राप्त नामावली सार्वजनिक गर्दै आगामी कात्तिक मसान्तभित्र पुर्जा वितरण गर्ने

झापाको मेचीनगरमा ५५७ किलो अवैध गाँजा बरामद

झापा,२० कार्तीक । झापाको मेचीनगरमा प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ। मेचीनगर नगरपालिका–५ स्थित सिर्जना चोकको चिया बगानमा लुकाएर राखिएको अवस्थामा प्रहरीले शुक्रबार

एमाले उपाध्यक्ष बादल दमकमा, के भने सार्वजनिक कार्यक्रममा ?

दमक । २० कार्तिक । नेकपा एमालेको दमक नगर कमिटीको नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सहित पार्टीका केन्द्रीय तथा प्रदेश

मोरङमा धर्म प्रचार गरेको आरोप, अमेरिका, ब्राजिल र क्यानडाका १० नागरिक नेपालबाट निष्कासित

मोरङ,२० कात्तिक । निष्कासित हुनेमा अमेरिकाका पाँच, ब्राजिलका दुई र क्यानडाका तीन जना नागरिक रहेका छन् ।   उनीहरूमध्ये एक जना नाबालकसमेत छन् । नाबालकलाई भने