हवाई सुरक्षा सुधार र पर्यटन विकासमा सरकारको प्राथमिकता

काठमाडौं,२ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल (गनेस)ले पर्यटन पूर्वाधार विकास तथा नेपालको हवाई सुरक्षा प्रणाली सुधारलाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भएको छ।मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले कोशी प्रदेशका विभिन्न स्थानीय तहसँगको सहकार्यमा पर्यटन पूर्वाधार विकासका कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनु भएको छ ।

 

उहाँका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोशी प्रदेश र प्रदेशअन्तर्गतका २९ वटा स्थानीय तहको सहकार्यमा ‘ट्रेल बेस टुरिजम डेभलपमेन्ट प्रोजेक्ट’ सञ्चालन गरिरहेको छ ।मन्त्री पौडेलले आर्थिक वर्ष २०८३÷८४ का लागि इलाम जिल्लाको सूर्योदय नगरपालिकामा पर्यटन पूर्वाधार विकासका लागि १ करोड ५४ लाख रुपैयाँ र इलाम नगरपालिकाका लागि ४१ लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताउनु भयो ।त्यस्तै, कन्याम, फिक्कल र अन्तुडाँडा क्षेत्रमा हिल स्टेसन निर्माण, विकास तथा विस्तारका लागि तीन करोड रुपैयाँ विनियोजन गरिएको उहाँले जानकारी दिनु भयो । यी कार्यक्रमका लागि चालु आर्थिक वर्षमा कुल चार करोड ९५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको मन्त्री पौडेलले बताउनु भयो ।

 

उहाँले भन्नु भयो, ‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोशी प्रदेश र कोशी प्रदेशका विभिन्न २९ वटा स्थानीय तहहरूको सहकार्यमा पर्यटन पूर्वाधार विकास आयोजना ट्रेल बेस टुरिजम डेभलपमेन्ट प्रोजेक्ट सञ्चालन गरिरहेको छ । उक्त परियोजनाअन्तर्गत आर्थिक वर्ष २०८३÷८४ का लागि समेत इलामको सूर्योदय नगरपालिकाको लागि एक करोड ५४ लाख रुपैयाँ र इलाम नगरपालिकाको लागि ४१ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।’

 

‘त्यस्तैगरी कन्याम, फिक्कल, अन्तुडाँडा क्षेत्रमा हिल स्टेसन निर्माण, विकास र विस्तार प्रयोजनको लागि तीन करोड रुपैयाँ गरी यस आर्थिक वर्षको लागि कुल चार करोड ९५ लाख विनियोजन भएको निवेदन गर्न चाहन्छु,’ उहाँले भन्नु भयो।मन्त्री पौडेलले नेपाललाई युरोपेली संघ (ईयू) को एयर सेफ्टी लिस्टबाट हटाउने विषय सरकारको उच्च प्राथमिकतामा रहेको पनि बताउनु भयो।उहाँका अनुसार नेपाललाई उक्त सूचीबाट हटाउन उड्डयन सुरक्षा प्रणालीमा सुधारसँगै नियामकीय, क्षमता अभिवृद्धि, संस्थागत सुधार तथा कूटनीतिक पहललाई समानान्तर रूपमा अघि बढाइएको छ ।

 

मन्त्री पौडेलले ईयूले सन् २०२३ सेप्टेम्बर ११ देखि १५ सम्म नेपालमा स्थलगत उडान सुरक्षा मूल्याङ्कन गरेको जानकारी दिनु भयो। उक्त मूल्याङ्कनबाट देखिएका सुधारका विषयमा लामो समयसम्म आवश्यक कार्यान्वयन हुन नसकेको उहाँले बताउनु भयो ।मन्त्री पौडेलले आफूहरू सरकारमा आएपछि ईयूले औंल्याएका सुधारका विषयमा आवश्यक विवरण तयार गरी ५ जुन २०२६ मा युरोपेली संघसमक्ष पेश गरिएको जानकारी दिनु भयो ।उहाँका अनुसार नेपालले पेश गरेको विवरणबारे ईयूले १२ जुन २०२६ मा जानकारी पठाएको थियो । उक्त जानकारीअनुसार नेपालले पेश गरेका सुधारात्मक कार्ययोजनाको समीक्षा गर्मी बिदापछि गरी त्यसको नतिजा उपलब्ध गराउने ईयूले जनाएको मन्त्री पौडेलले बताउनु भयो ।

 

उहाँले भन्नु भयो, ‘युरोपेली संघले २०२३ सेप्टेम्बर ११ देखि १५ सम्म नेपालमा स्थलगत उडान सुरक्षा मूल्याङ्कन सम्पन्न गरेको थियो । तर उक्त मूल्याङ्कनको खुला निष्कर्षहरूलाई अहिलेसम्म कार्यान्वयन नभईकन बसेको थियो,’ उहाँले भन्नु भयो, ‘हामी आइसकेपछि ५ जुन २०२६ मा युरोपेली संघसमक्ष हामीले यसको विवरण पेश गरेका छौँ र संघले पनि १२ जुन २०२६ मा पठाएको जानकारीअनुसार ती सुधारात्मक कार्ययोजनाको समीक्षा उहाँहरूको भनाइअनुसार गर्मी बिदापछि गरेर हामीलाई उपलब्ध गराउँछौँ भन्नुभएको छ ।’मन्त्री पौडेलले नेपालको हवाई सुरक्षालाई थप सुदृढ बनाउँदै ईयूको एयर सेफ्टी लिस्टबाट नेपाललाई हटाउन आवश्यक सुधारका कामलाई निरन्तरता दिइरहेको बताउनुभयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कोशी प्रदेशमा उदय परियोजनामार्फत युवालाई आठ अर्बको सहुलियतपूर्ण ऋण दिने तयारी

खाँदबारी । २१ कार्तिक |  कोशी प्रदेश सरकारले युवाको उद्यमशीलता प्रवर्द्धन र रोजगारी सिर्जनालाई प्राथमिकता दिँदै उदय परियोजनामार्फत करिब आठ अर्ब रुपैयाँ बराबरको व्यवस्था गरेको

सन्देशवाहकका रूपमा कागको पूजा गरी आज काग तिहार मनाइँदै

काठमाडौं,२१ कार्तीक । तिहारको पहिलो दिनका रूपमा आज शनिबार काग तिहार मनाइँदैछ।कात्तिक कृष्ण त्रयोदशीका अवसरमा बिहानैदेखि कागलाई पूजा गरी मीठा खानेकुरा खुवाएर यो पर्व मनाउन

झापामा मध्यरातमा आगलागी : चार खसीबोका मरे, अन्नपात नष्ट

झापा, २१ कात्तिक । झापा गाउँपालिका–६ का स्वास्थ्य शाखा कर्मचारी नकुल राजवंशीको गोठ तथा भण्डार घरमा मध्यरातमा भीषण आगलागी हुँदा ठूलो क्षति भएको छ।गएराति भएको

झापामा पहिलो चरणमा २ हजार ३३९ परिवारलाई लालपुर्जा वितरण गरिदै, कुन पालिकामा कतिले पाउनेछन?

दमक २१/ कार्तिक | जिल्ला भूमि समस्या समाधान समिति झापाको बैठकले स्थानीय तहबाट प्रमाणीकरण भई प्राप्त नामावली सार्वजनिक गर्दै आगामी कात्तिक मसान्तभित्र पुर्जा वितरण गर्ने

झापाको मेचीनगरमा ५५७ किलो अवैध गाँजा बरामद

झापा,२० कार्तीक । झापाको मेचीनगरमा प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ। मेचीनगर नगरपालिका–५ स्थित सिर्जना चोकको चिया बगानमा लुकाएर राखिएको अवस्थामा प्रहरीले शुक्रबार

एमाले उपाध्यक्ष बादल दमकमा, के भने सार्वजनिक कार्यक्रममा ?

दमक । २० कार्तिक । नेकपा एमालेको दमक नगर कमिटीको नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सहित पार्टीका केन्द्रीय तथा प्रदेश

मोरङमा धर्म प्रचार गरेको आरोप, अमेरिका, ब्राजिल र क्यानडाका १० नागरिक नेपालबाट निष्कासित

मोरङ,२० कात्तिक । निष्कासित हुनेमा अमेरिकाका पाँच, ब्राजिलका दुई र क्यानडाका तीन जना नागरिक रहेका छन् ।   उनीहरूमध्ये एक जना नाबालकसमेत छन् । नाबालकलाई भने