पाथीभरामा एकै वर्षमा ४ करोड ८२ लाख बढी भेटी संकलन

ताप्लेजुङ,३ भदौ । ताप्लेजुङमा अवस्थित पाथीभरामा एक वर्षमा चार करोड ८२ लाख बढी भेटी संकलन भएको छ । गत साउन महिनादेखि असार महिना सम्ममा चार करोड ८२ लाख तीन हजार ८५५ रुपियाँ भेटी संकलन भएको हो ।पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको विवरण अनुसार गत साउन महिनामा दश लाख ३९ हजार रुपियाँ, भदौमा नौ लाख ९७ हजार रुपियाँ, असोजमा ३३ लाख ८२ हजार रुपियाँ भेटी संकलन भएको छ । यस्तै कार्तिक महिनामा ३४ लाख ४८ हजार ५०० रुपियाँ, मङ्सिरमा ७५ लाख ४९ हजार १०० रुपियाँ, पुस महिनामा २४ लाख २५ हजार रुपियाँ संकलन भएको छ ।

 

माघ महिनामा १८ लाख ४७ हजार ५०० रुपियाँ, फागुन ३१ लाख १० हजार रुपियाँ, चैत महिनामा ५८ लाख ४४ हजार ५०० रुपियाँ भेटी संकलन भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताउनु भयो । उहाँका अनुसार सबैभन्दा धेरै वैशाख महिनामा एक करोड ६ लाख २८ हजार रुपियाँ भेटी संकलन भएको छ । एकै महिनामा एक करोड बढी भेटी संकलन भएको सम्भवत यो पहिलो रेकर्ड भएको कार्यकारी निर्देशक हाङ्बाङको भनाई छ ।

 

यस्तै जेठ महिनामा ४६ लाख ६० हजार ६०० रुपियाँ र असार महिनामा ३२ लाख ७२ हजार ६५५ रुपियाँ भेटी संकलन भएको छ । समितिका अनुसार एक वर्षमा २५ लाख २ हजार ७८ जना दर्शनार्थीले पाथीभरा मन्दिरको दर्शन गरेका छन् ।त्यस्तै चालु आर्थिक वर्षको साउन महिनामा तीन लाख १८ हजार ५०० रुपैयाँ भेटी संकलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । दुई हजार ४६९ जनाले पाथीभरामा पुगेर पूजापाठ गरेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

१३ जना शेर्पाद्वारा लेनिन पिकको सफल आरोहण

काठमाडौं,३ भदौ । नेपालबाट गएको हिमालयन र्याम्बलर ट्रेक्स एन्ड एक्सपेडिसनको टोलीले ७ हजार १३४ मिटर अग्लो लेनिन पिक सफलतापूर्वक आरोहण गरेको छ । यस वर्ष

२०२० को निर्वाचनमा २४ हजार गैरनागरिकले मतदान गरेको ट्रम्पको दाबी

काठमाडौं,३ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा २४ हजारभन्दा बढी गैरअमेरिकी नागरिकले अवैध रूपमा मतदान गरेको दाबी गर्नु भएको छ्

प्रशिक्षार्थी चिकित्सकको भत्ता र कार्यअवधिबारे सरोकारवालासँग छलफल

काठमाडौं,३ भदौ । प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता, काम गर्ने अवधि, उनीहरूको व्यावसायिक दक्षता तथा चिकित्सा शिक्षाको गुणस्तर बढाउने लगायतका विषयमा छलफल भएको छ

पाथीभरामा एकै वर्षमा ४ करोड ८२ लाख बढी भेटी संकलन

ताप्लेजुङ,३ भदौ । ताप्लेजुङमा अवस्थित पाथीभरामा एक वर्षमा चार करोड ८२ लाख बढी भेटी संकलन भएको छ । गत साउन महिनादेखि असार महिना सम्ममा चार

पाथीभरामा साउन महिनामा ३ लाख १८ हजार भेटी संकलन

पाथीभरा,२ भदौ । प्रसिद्ध तीर्थस्थल पाथीभरामा साउन महिनामा ३ लाख १८ हजार ५ सय रुपैयाँ भेटी संकलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिका अनुसार उक्त

जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि

काठमाडौं,२ भदौ । जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि गरिएको छ ।मंगलबार अन्त्येष्टिअघि श्रेष्ठको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि विजेश्वरीस्थित नेपाल भाषा मंका खलःको प्राङ्गणमा राखिएको थियो।