५२८ ग्राम गाँजासहित बिर्तामोडमा महिला पक्राउ

झापा,३ भदौ । झापाको बिर्तामोड नगरपालिका–६ स्यालडाँगीबाट प्रहरीले ५२८ ग्राम लागूऔषध गाँजासहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड–६ स्यालडाँगीकी ३६ वर्षीया गीता महतो रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन अवालेका अनुसार महतोको घरमा लागूऔषध गाँजा बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा बुधबार राति प्रहरी टोलीले उनको घरमा जाँच गरेको थियो ।

इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी जवान मनिष धिमाल तथा अस्थायी प्रहरी चौकी बुट्टाबारीबाट प्रहरी सहायक निरीक्षक नवराज आचार्यको संयुक्त टोलीले राति करिब ८ः५० बजे महतोको घरमा जाँच गर्दा कोठाभित्र लुकाइछिपाइ राखिएको गाँजाजस्तो देखिने पदार्थ फेला पारेको थियो ।

प्रहरीका अनुसार बरामद पदार्थलाई मान्यताप्राप्त डिजिटल तराजुमा तौल गर्दा प्लास्टिकसहित ६०९ ग्राम र प्लास्टिकबाहेक ५२८ ग्राम रहेको थियो ।

बरामद लागूऔषधसहित महतोलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याइएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रवक्ता अवालेले बताए । प्रहरीले पछिल्लो समय झापाका विभिन्न स्थानमा लागूऔषधको अवैध कारोबार तथा ओसारपसार नियन्त्रणका लागि निगरानी र कारबाही तीव्र बनाउँदै आएको छ । नेपाल प्रहरीको अपराध अनुसन्धानसम्बन्धी अभिलेखमा समेत झापामा गाँजा तथा अन्य लागूऔषधसम्बन्धी घटनामा नियन्त्रण तथा अनुसन्धानका विवरण सार्वजनिक हुँदै आएका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

साउनमा रुपन्देहीमा १८८ मुद्दा दर्ता, २ करोड २५ लाखको अवैध सामान बरामद

भैरहवा ,३ भदौ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले साउन महिनामा जिल्लाभर १८८ वटा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको छ । प्रहरीले सार्वजनिक गरेको मासिक प्रगति

पदोन्नति भएका दुई सैन्य अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं,३ भदौ । नेपाली सेनाका प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले पदोन्नति भएका उपरथी विश्ववन्धु पहाडी र प्राविधिक महासेनानी डा. ईन्दिरा आचार्यलाई दज्र्यानी चिन्ह

५ इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र ५ वर्ष थप

काठमाडौं,३ भदौ । नेपाल दूरसञ्चार प्राधिकरणले पाँचवटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र थप पाँच वर्षका लागि नवीकरण गर्ने निर्णय गरेको छ । अनुमतिपत्र नवीकरणसँगै ती कम्पनीलाई

झापामा लागूऔषधसहित इलामका तीन युवा पक्राउ

झापा,३ भदौ । झापाको कमल गाउँपालिका–५ चोलुङटोलबाट प्रहरीले ११ ग्राम १५० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय

सूचनाको हकको २० वर्ष , पत्रकारमात्रको हक होइन सूचनाको हक

काठमाडौं,३ भदौ । केही समय पहिलेको कुरा हो, एउटा कार्यक्रममा राजधानी नजिकैको एक स्थानी तहका जनप्रतिनिधि भेटिएका थिए । उनका अनुसार सूचनाको हक पत्रकारको हो

मानव अधिकारका क्षेत्रमा नेपाल–चीन सहकार्य विस्तार गर्ने अध्यक्ष मगरको अपेक्षा

काठमाडौं,३ भदौ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकार संरक्षण तथा प्रवद्र्धनका क्षेत्रमा नेपाल र चीनबीचको सहकार्यलाई थप विस्तार गर्नुपर्ने बताउनु भएको