मानव अधिकारका क्षेत्रमा नेपाल–चीन सहकार्य विस्तार गर्ने अध्यक्ष मगरको अपेक्षा

काठमाडौं,३ भदौ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकार संरक्षण तथा प्रवद्र्धनका क्षेत्रमा नेपाल र चीनबीचको सहकार्यलाई थप विस्तार गर्नुपर्ने बताउनु भएको छ ।

इन्टरनेसनल बुद्धिष्ट एकेडेमीले नेपाल, भारत, भुटान, तिब्बती समुदाय तथा युरोप, उत्तर अमेरिका, अष्ट्रेलिया र पूर्वी तथा दक्षिण–पूर्वी एसियाका विभिन्न देशबाट सहभागी शाक्य, काग्यू, ङिङ्मा लगायत विभिन्न तिब्बती बौद्ध परम्पराका भिक्षु–भिक्षुणी तथा धर्म अध्ययन गर्ने गृहस्थ विद्यार्थीहरूका लागि आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष मगरले यस्तो बताउनु भएको हो ।

अध्यक्ष मगरले मानव अधिकारका विषयमा नागरिक समाजसँग सहकार्य गर्दै जनचेतना अभिवृद्धि गर्ने काम पनि आयोगको महत्वपूर्ण जिम्मेवारी रहेको उल्लेख गर्नुभयो । उहाँले भन्न्ुा भयो,‘कुनै पनि व्यक्ति वा समुदायले आफ्नो मानव अधिकार उल्लङ्घन भयो भनेर उजुरी गरेको खण्डमा हामी त्यसलाई हेर्छौं, अनुसन्धान गर्छौं । त्यसपछि सरकारलाई उल्लङ्घनकर्तामाथि के–कस्तो कारबाही गर्नुपर्छ भनेर सिफारिस गर्छौं । यो हाम्रो मुख्य कर्तव्य हो ।’

त्यस्तै, नेपाल पक्ष राष्ट्र भएका अन्तर्राष्ट्रिय सन्धि तथा सम्झौताको कार्यान्वयन अवस्थाको अनुगमन गर्ने र कार्यान्वयन नभएको अवस्थामा सरकारलाई आवश्यक सिफारिस गर्ने काम पनि आयोगले गर्दै आएको उहाँले बताउनु भयो। आयोगले देशमा रहेका कानुनहरूको अध्ययन तथा अनुसन्धान गरी कमी–कमजोरी देखिएमा सुधारका लागि सरकारलाई सुझाव दिने गरेको पनि अध्यक्ष मगरले जानकारी दिनु भयो ।

आयोगले मानव बेचबिखन, आप्रवासी कामदार, जातीय विभेदलगायतका विषयमा विभिन्न प्रतिवेदन तयार पारेर सरकारसमक्ष बुझाउँदै आएको उनले बताए । राउते समुदायको अधिकार संरक्षण तथा कुसुन्डा समुदायको भाषा संरक्षणका विषयमा समेत आयोगले अध्ययन गरी प्रतिवेदन तयार गरेको उहाँको भनाइ छ ।

उहाँले भन्नु भयो,‘हामीले आप्रवासी कामदार, मानव बेचबिखन र जातीय विभेदका विषयमा प्रतिवेदनहरू तयार गरेका छौं । जंगलमा बस्ने तथा घुमफिर गर्ने राउतेहरूको अधिकार संरक्षण हुन नसकेको विषयमा पनि प्रतिवेदन बनाएका छौं । त्यस्तै भाषा लोप हुन लागेको कुसुन्डा जातिको विषयमा पनि प्रतिवेदन तयार गरेर सरकारसमक्ष बुझाएका छौं ।’

विदेशमा रहेका नेपाली श्रमिकको अधिकार संरक्षणका लागि आयोगले विभिन्न देशका मानव अधिकार संस्थासँग सहकार्य गरिरहेको अध्यक्ष मगरले बताउनु भयो । मलेसिया, कतार तथा रसियासँग समेत सहकार्य र समझदारी भएको उहाँले जानकारी दिनु भयो ।

रसियामा काम गर्न पुगेका नेपाली नागरिक बेपत्ता भएको समाचार आएपछि त्यहाँको मानव अधिकार संस्थासँग सहकार्य गरी उनीहरूको अवस्थाबारे जानकारी लिन पहल गरिएको उहाँले बताउनु भयो ।

अध्यक्ष मगरले मानव अधिकारका क्षेत्रमा चीनसँग पनि सहकार्यको सम्भावना बढ्दै गएको बताए । चीनमा मानव अधिकारको अवस्था अध्ययन गर्न निमन्त्रणा प्राप्त भएको उल्लेख गर्दै अवसर मिलेमा आयोगको टोली चीन पुगेर अध्ययन गर्ने उहाँको भनाइ छ ।

मानव अधिकारका क्षेत्रमा नेपाल र चीनबीचको सहकार्य लामो समयदेखि अघि बढाउने चाहना भए पनि उपयुक्त अवसर नजुटेको अध्यक्ष मगरले बताउनु भयो । अहिले प्रोफेसर झाङको पहलमा सहकार्यको अवसर मिलेको भन्दै उहाँले खुसी व्यक्त गर्नुभयो। अध्यक्ष मगरले नेपाल र चीनबीच सुरु भएको सहकार्यलाई आगामी दिनमा अझ विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा करिब २४ लाख मूल्य बराबरका अवैध पटाका नष्ट

झापा,२१ कार्तीक । तिहार तथा छठ पर्वलाई लक्षित गर्दै झापामा २३ लाख ५९ हजार रुपैयाँभन्दा बढी मूल्यका अवैध पटाका तथा आतिसबाजीजन्य सामग्री नष्ट गरिएको छ

कोशी प्रदेशमा उदय परियोजनामार्फत युवालाई आठ अर्बको सहुलियतपूर्ण ऋण दिने तयारी

खाँदबारी । २१ कार्तिक |  कोशी प्रदेश सरकारले युवाको उद्यमशीलता प्रवर्द्धन र रोजगारी सिर्जनालाई प्राथमिकता दिँदै उदय परियोजनामार्फत करिब आठ अर्ब रुपैयाँ बराबरको व्यवस्था गरेको

सन्देशवाहकका रूपमा कागको पूजा गरी आज काग तिहार मनाइँदै

काठमाडौं,२१ कार्तीक । तिहारको पहिलो दिनका रूपमा आज शनिबार काग तिहार मनाइँदैछ।कात्तिक कृष्ण त्रयोदशीका अवसरमा बिहानैदेखि कागलाई पूजा गरी मीठा खानेकुरा खुवाएर यो पर्व मनाउन

झापामा मध्यरातमा आगलागी : चार खसीबोका मरे, अन्नपात नष्ट

झापा, २१ कात्तिक । झापा गाउँपालिका–६ का स्वास्थ्य शाखा कर्मचारी नकुल राजवंशीको गोठ तथा भण्डार घरमा मध्यरातमा भीषण आगलागी हुँदा ठूलो क्षति भएको छ।गएराति भएको

झापामा पहिलो चरणमा २ हजार ३३९ परिवारलाई लालपुर्जा वितरण गरिदै, कुन पालिकामा कतिले पाउनेछन?

दमक २१/ कार्तिक | जिल्ला भूमि समस्या समाधान समिति झापाको बैठकले स्थानीय तहबाट प्रमाणीकरण भई प्राप्त नामावली सार्वजनिक गर्दै आगामी कात्तिक मसान्तभित्र पुर्जा वितरण गर्ने

झापाको मेचीनगरमा ५५७ किलो अवैध गाँजा बरामद

झापा,२० कार्तीक । झापाको मेचीनगरमा प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ। मेचीनगर नगरपालिका–५ स्थित सिर्जना चोकको चिया बगानमा लुकाएर राखिएको अवस्थामा प्रहरीले शुक्रबार

एमाले उपाध्यक्ष बादल दमकमा, के भने सार्वजनिक कार्यक्रममा ?

दमक । २० कार्तिक । नेकपा एमालेको दमक नगर कमिटीको नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सहित पार्टीका केन्द्रीय तथा प्रदेश