आकाशे पुल एकातिर, ज्यान जोखिममा पारेर चक्रपथ पार गर्दै यात्रु

काठमाडौँ,३ भदौ । सुरक्षित आवागमनका लागि करोडौँ खर्चेर बनाइएका आकाशे पुललाई बेवास्ता गर्दै चक्रपथमा पैदलयात्रुहरू दैनिक ज्यानकै बाजी लगाएर सडक पार गरिरहेका छन्। बालकुमारीदेखि सातदोबाटो, एकान्तकुना हुँदै कलङ्कीसम्मको खण्डमा तीव्र गतिमा गुड्ने सवारीसाधनका बिचबाटै डिभाइडर नाघेर बाटो काट्ने दृश्य सामान्य बनेको छ।

 

छिटो पुग्ने हतारो, छोटो बाटो रोज्ने बानी र कतिपय ठाउँमा पुलसम्म पुग्ने असहज पहुँचका कारण यात्रुहरूले यस्तो जोखिम मोलिरहेका छन्। अर्कातर्फ, चक्रपथका केही स्थानमा आवश्यक जेब्रा क्रसिङ र आकाशे पुल नै नहुँदा सर्वसाधारण ज्यान जोखिममा पारेर बाटो काट्न बाध्य छन्। यसले गर्दा पैदलयात्रु मात्र नभई तीव्र गतिका सवारी चालकसमेत अचानक दुर्घटनाको सिकार बन्ने खतरा बढेको छ।

 

पैदलयात्रुको सुरक्षालाई प्रभावकारी बनाउन केवल पुल बनाएर मात्र नपुग्ने देखिन्छ। यसका लागि सहज पहुँच, रात्रिकालीन बत्ती, स्पष्ट ट्राफिक सङ्केत, डिभाइडरमा अग्ला रेलिङ तथा उचित स्थानमा जेब्रा क्रसिङको व्यवस्थासँगै कडा ट्राफिक व्यवस्थापन तत्काल आवश्यक छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सांसद र मन्त्रीहरूलाई रवि लामिछानेको चेतावनी : सच्चिनुहोस्, गतिविधि पारदर्शी बनाउनुहोस्

काठमाडौं,३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार मन्त्री र सांसदहरूसहित संसदीय दलको बैठक राखेर कडा निर्देशन दिनु भएको छ।दलका नेता वालेन्द्र

बर्दियामा समस्याग्रस्त पाटे बाघ नियन्त्रणमा

बर्दिया,३ भदौ । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका–४ स्थित पाटालचुली सामुदायिक वनबाट समस्याग्रस्त पाटे बाघलाई नियन्त्रणमा लिइएको छ। बर्दिया राष्ट्रिय निकुञ्जका प्राविधिक,

४ महिनामा सर्पदंशबाट ६६ जनाको मृत्यु

काठमाडौँ,३ भदौ । देशभर सर्पदंश (सर्पको टोकाइ) का कारण पछिल्लो चार महिनामा ६६ जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण

काँडेतारले वन्यजन्तु रोक्दै पाल्पाको ख्याहामा खेती जोगाउने अभियान

पाल्पा ,३ भदौ । रिब्दीकोट गाउँपालिका–१, ख्याहामा बाँदरलगायत वन्यजन्तुबाट खेतीबाली जोगाउन वडा कार्यालयले खेतमै हेरालु परिचालन गरेको छ। बाँदर, बँदेल, दुम्सी, मृगलगायतका वन्यजन्तुले मकैबालीमा क्षति

आकाशे पुल एकातिर, ज्यान जोखिममा पारेर चक्रपथ पार गर्दै यात्रु

काठमाडौँ,३ भदौ । सुरक्षित आवागमनका लागि करोडौँ खर्चेर बनाइएका आकाशे पुललाई बेवास्ता गर्दै चक्रपथमा पैदलयात्रुहरू दैनिक ज्यानकै बाजी लगाएर सडक पार गरिरहेका छन्। बालकुमारीदेखि सातदोबाटो,

सरकार र रास्वपा माथि सांसद पोर्तेलको कडा प्रहार

काठमाडौँ,३ भदौ। नेकपा एमालेका सांसद सोमनाथ पोर्तेलले सरकारको कार्यशैली र राष्ट्रिय स्वतन्त्र पार्टीको भूमिकामाथि संसद्मा कडा प्रहार गर्नु भएको छ।राष्ट्रिय सभाको बुधबारको बैठकमा विशेष समय