सांसद र मन्त्रीहरूलाई रवि लामिछानेको चेतावनी : सच्चिनुहोस्, गतिविधि पारदर्शी बनाउनुहोस्

काठमाडौं,३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार मन्त्री र सांसदहरूसहित संसदीय दलको बैठक राखेर कडा निर्देशन दिनु भएको छ।दलका नेता वालेन्द्र शाह अनुपस्थित रहेको उक्त बैठकमा रविले सांसद र मन्त्रीहरूलाई अमर्यादित गतिविधि गरेर रमिता देखाउने काम बन्द गर्न भन्नु भएको छ।उहाँले रास्वपाका सांसदहरूले आफ्ना गतिविधि पारदर्शी बनाउनुपर्ने पनि सुझाव दिनु भएको छ। ‘कतिपय सांसदहरूले प्रतिनिधिसभामा बोल्दा संसदीय दललाई नै जानकारी नगराएको भेटिएको छ । मन्त्रीहरुले समेत सदन र बाहिरका गतिविधिबारे पार्टीलाई जानकारी गराउने गरेका छैनन्’, उहाँले भन्नु भयो, ‘सांसद र मन्त्री दुवैले यस्ता किसिमिका गतिविधि सच्याउनुपर्छ।’

 

उहाँले मन्त्री र सांसदहरूलाई घमण्ड त्यागेर आपसी सहकार्य र संवादमार्फत् आफ्ना गतिविधि गर्न निर्देशन दिनु भयो।‘तपाईंहरू सबैका गतिविधि मैले नजिकबाट नियालिरहेको छु। सबैले सँच्चिनुपर्छ र सुध्रनुपर्छ। म पनि त्यसतर्फ ध्यान दिन्छु। कतिपय सांसद र मन्त्रीहरूको व्यवहार अस्वभाविक देखिएको छ’, उहाँले भन्नु भयोे, ‘त्यसलाई हामीले परिवर्तन गर्नुपर्छ, संसदीय भूमिकामा मर्यादित र जिम्मेवार बन्नुपर्छ । तपाईंहरूका गतिविधि थाहा पाउन हामीले एउटा मोबाइल एप्स सार्वजनिक गरेका छौँ। कृपया त्यसमा आफ्ना गतिविधि र कामको विवरण राखिदिनुहोला ।’
रविले त्यसक्रममा ‘आरएसपी पल्स’ एप्समा मन्त्रीहरूले पनि आफ्ना गतिविधि अपडेट गराउन निर्देशन दिनु भयो । त्यसमा संसद्मा बोल्ने विषय, भ्रमण र भेटघाट लगायत गतिविधि अपडेट गर्न उहाँले कडा निर्देशन दिनु भएको छ ।

 

रविले पोशाक शैलीको पनि ख्याल गर्न भन्नु भयो। संसद्मा प्रधानमन्त्री वालेन्द्र शाह नै टीसर्टमा आउने गर्नु भएको छ। उहाँले सबैजना मर्यादामा रहनुपर्ने जानकारी गराउँदै सांसद र मन्त्रीहरू कसैलले रमिता नदेखाउन निर्देशनसमेत दिनु भएको छ।
सांसदहरूले मन्त्रीहरूलाई उनीहरूसँगै आफ्ना कुरा स्पष्ट राख्न उल्लेख गर्दै उहाँले एकअर्काको समन्वयमै सरकार सफल हुने पनि बताउनु भएको छ । उहाँले यी सुझावलाई मन्त्री र सांसदहरूले त्यहीअनुसार ग्रहण गर्न आग्रह गर्नु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सांसद र मन्त्रीहरूलाई रवि लामिछानेको चेतावनी : सच्चिनुहोस्, गतिविधि पारदर्शी बनाउनुहोस्

काठमाडौं,३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार मन्त्री र सांसदहरूसहित संसदीय दलको बैठक राखेर कडा निर्देशन दिनु भएको छ।दलका नेता वालेन्द्र

बर्दियामा समस्याग्रस्त पाटे बाघ नियन्त्रणमा

बर्दिया,३ भदौ । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका–४ स्थित पाटालचुली सामुदायिक वनबाट समस्याग्रस्त पाटे बाघलाई नियन्त्रणमा लिइएको छ। बर्दिया राष्ट्रिय निकुञ्जका प्राविधिक,

४ महिनामा सर्पदंशबाट ६६ जनाको मृत्यु

काठमाडौँ,३ भदौ । देशभर सर्पदंश (सर्पको टोकाइ) का कारण पछिल्लो चार महिनामा ६६ जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण

काँडेतारले वन्यजन्तु रोक्दै पाल्पाको ख्याहामा खेती जोगाउने अभियान

पाल्पा ,३ भदौ । रिब्दीकोट गाउँपालिका–१, ख्याहामा बाँदरलगायत वन्यजन्तुबाट खेतीबाली जोगाउन वडा कार्यालयले खेतमै हेरालु परिचालन गरेको छ। बाँदर, बँदेल, दुम्सी, मृगलगायतका वन्यजन्तुले मकैबालीमा क्षति

आकाशे पुल एकातिर, ज्यान जोखिममा पारेर चक्रपथ पार गर्दै यात्रु

काठमाडौँ,३ भदौ । सुरक्षित आवागमनका लागि करोडौँ खर्चेर बनाइएका आकाशे पुललाई बेवास्ता गर्दै चक्रपथमा पैदलयात्रुहरू दैनिक ज्यानकै बाजी लगाएर सडक पार गरिरहेका छन्। बालकुमारीदेखि सातदोबाटो,

सरकार र रास्वपा माथि सांसद पोर्तेलको कडा प्रहार

काठमाडौँ,३ भदौ। नेकपा एमालेका सांसद सोमनाथ पोर्तेलले सरकारको कार्यशैली र राष्ट्रिय स्वतन्त्र पार्टीको भूमिकामाथि संसद्मा कडा प्रहार गर्नु भएको छ।राष्ट्रिय सभाको बुधबारको बैठकमा विशेष समय