सडक नहुँदा मुगुमकार्मारोङ वासीको सास्ती उस्तै

मुगु,४ भदौ। सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको करिब एक दशक बितिसक्दा पनि मुगुको मुगुमकार्मारोङ गाउँपालिका अझै राष्ट्रिय सडक सञ्जालसँग जोडिन सकेको छैन । नेपालका ७५३ स्थानीय तहमध्ये सडक पहुँच नपुगेको एकमात्र स्थानीय तहका रूपमा रहेको यो गाउँपालिकामा सडक निर्माणको सुस्त गतिका कारण स्थानीयको गाडी चढ्ने सपना अझै अधुरै छ ।गमगढीदेखि चीन सीमास्थित नाक्चेलाग्नासम्म पुग्ने ९९ किलोमिटर सडकको विस्तृत सर्वेक्षण २०६२÷६३ सालमै सम्पन्न भएको थियो । त्यसबेला करिब २५ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजना २०६६ सालबाट निर्माण सुरु भए पनि १८ वर्षमा जम्मा १८ किलोमिटर मात्रै सडक निर्माण भएको छ । सडक हाल मुगुमकार्मारोङ गाउँपालिका–८ को माग्री डाँडासम्म पुगेको छ ।

 

हालसम्म राज्यकोषबाट २० करोड रुपैयाँभन्दा बढी खर्च भइसके पनि यही गतिमा काम अघि बढे सडक पूरा हुन अझै चार दशकभन्दा बढी लाग्ने स्थानीयको आकलन छ । सडक पूर्वाधारलाई आर्थिक तथा सामाजिक विकासको आधार मानिए पनि भौगोलिक विकटता, कठिन भूगोल र सीमित बजेटका कारण स्थानीय अझै घोडा, खच्चर र मान्छेकै पिठ्युँमा सामान ढुवानी गर्न बाध्य छन् । दैनिक उपभोग्य वस्तुदेखि विकास निर्माणका सामग्रीसम्म पु¥याउन कठिनाइ भइरहेको छ ।सडक निर्माण भइरहे पनि गमगढीदेखि माग्री डाँडासम्म वर्षायाममा धेरै स्थानमा सडक अवरुद्ध हुने गरेको छ । माग्री डाँडामा सडक निर्माणका क्रममा बाटो बन्द हुँदा पालिका केन्द्र पुलुसम्म पुग्न स्थानीयले ज्यान जोखिममा राखेर आवतजावत गर्नुपर्ने अवस्था रहेको उनीहरूको गुनासो छ । स्थानीय सोनाम लामाका अनुसार सरकार फेरिए पनि मुगुमकार्मारोङका नागरिकको समस्या भने जस्ताको तस्तै रहेको छ ।

 

सङ्घीय सरकारले हाम्रो कुरा सुन्दैन

मुगुमकार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले दुई कार्यकाल बित्न लाग्दा पनि सडक निर्माणलाई तीव्र बनाउन पटक–पटक सङ्घ, प्रदेश र जिल्ला तहमा पहल गरे पनि अपेक्षित बजेट नपाएको बताउनु भयो ।उहाँले ‘बोल्नेको पिठो बिक्री हुन्छ, नबोल्नेको चामल बिक्री हुँदैन’ भन्ने उखान उद्धृत गर्दै पालिकाले निरन्तर आवाज उठाए पनि सङ्घीय सरकारले प्राथमिकता नदिँदा आयोजना कछुवा गतिमा अघि बढेको बताउनु भयो ।

 

नेपाली सेनासँग सहकार्य गरेर चट्टान फुटाइँदै

मुगुका प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीका अनुसार माग्री डाँडामा रहेको कडा चट्टानका कारण सडक निर्माणमा समस्या आएको छ । त्यसलाई ब्लास्टिङ गरेर हटाउन नेपाली सेनासँग सहकार्य भइरहेको र आगामी एक महिनाभित्र उक्त खण्डमा काम अघि बढाउने लक्ष्य रहेको उहाँले जानकारी दिनु भयो।चीनको सीमा नाक्चेलाग्नासम्म जोडिने रणनीतिक महत्वको यो सडक समयमै सम्पन्न भए मुगुमकार्मारोङका बासिन्दाले पहिलोपटक सडक यातायातको प्रत्यक्ष सुविधा पाउने अपेक्षा गरेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा करिब २४ लाख मूल्य बराबरका अवैध पटाका नष्ट

झापा,२१ कार्तीक । तिहार तथा छठ पर्वलाई लक्षित गर्दै झापामा २३ लाख ५९ हजार रुपैयाँभन्दा बढी मूल्यका अवैध पटाका तथा आतिसबाजीजन्य सामग्री नष्ट गरिएको छ

कोशी प्रदेशमा उदय परियोजनामार्फत युवालाई आठ अर्बको सहुलियतपूर्ण ऋण दिने तयारी

खाँदबारी । २१ कार्तिक |  कोशी प्रदेश सरकारले युवाको उद्यमशीलता प्रवर्द्धन र रोजगारी सिर्जनालाई प्राथमिकता दिँदै उदय परियोजनामार्फत करिब आठ अर्ब रुपैयाँ बराबरको व्यवस्था गरेको

सन्देशवाहकका रूपमा कागको पूजा गरी आज काग तिहार मनाइँदै

काठमाडौं,२१ कार्तीक । तिहारको पहिलो दिनका रूपमा आज शनिबार काग तिहार मनाइँदैछ।कात्तिक कृष्ण त्रयोदशीका अवसरमा बिहानैदेखि कागलाई पूजा गरी मीठा खानेकुरा खुवाएर यो पर्व मनाउन

झापामा मध्यरातमा आगलागी : चार खसीबोका मरे, अन्नपात नष्ट

झापा, २१ कात्तिक । झापा गाउँपालिका–६ का स्वास्थ्य शाखा कर्मचारी नकुल राजवंशीको गोठ तथा भण्डार घरमा मध्यरातमा भीषण आगलागी हुँदा ठूलो क्षति भएको छ।गएराति भएको

झापामा पहिलो चरणमा २ हजार ३३९ परिवारलाई लालपुर्जा वितरण गरिदै, कुन पालिकामा कतिले पाउनेछन?

दमक २१/ कार्तिक | जिल्ला भूमि समस्या समाधान समिति झापाको बैठकले स्थानीय तहबाट प्रमाणीकरण भई प्राप्त नामावली सार्वजनिक गर्दै आगामी कात्तिक मसान्तभित्र पुर्जा वितरण गर्ने

झापाको मेचीनगरमा ५५७ किलो अवैध गाँजा बरामद

झापा,२० कार्तीक । झापाको मेचीनगरमा प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ। मेचीनगर नगरपालिका–५ स्थित सिर्जना चोकको चिया बगानमा लुकाएर राखिएको अवस्थामा प्रहरीले शुक्रबार

एमाले उपाध्यक्ष बादल दमकमा, के भने सार्वजनिक कार्यक्रममा ?

दमक । २० कार्तिक । नेकपा एमालेको दमक नगर कमिटीको नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सहित पार्टीका केन्द्रीय तथा प्रदेश