जाजरकोट अस्पतालमा चिकित्सक अभावले बिरामी मर्कामा

जाजरकोट,४ भदौ । जाजरकोट अस्पतालमा चिकित्सको अभाव भएको भन्दै विहिबार कार्यदलले कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीलाई जानकारी गराएको छ । अस्पताल व्यवस्थापन समितिका पूर्व अध्यक्ष समेत रहनु भएकी कार्यदलको सदस्य धर्मशाला बस्नेतले मुख्यमन्त्री शाहीलाई तत्काल चिकित्सक पठाइदिन आग्रह गरिएको बताउनु भयो । छलफलमा प्रदेशसभा सदस्य बेदराज सिंह, कल्याणी खडका तथा स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख डाक्टर सुनिल पुनको समेत सहभागिता रहेको थियो ।५० शय्याको जिल्ला अस्तपतालमा डाक्टर नहुँदा दैनिक उपचार सेवा प्रभावित भएको छ । लामो समय देखि डाक्टर नहुँदा उपचारमा भारी समस्या भएको उहाँले जानकारी दिइनु भयो । स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख सुनिल पुनले चिकित्सकको अभावका कारण सेवा प्रवाहमा समस्या गहिरो भएको बताउनु भयो ।

 

मुख्यमन्त्री शाहीले जाजरकोट अस्पतालमा डाक्टरको व्यवस्थापन बारे आफू गम्भीर रहेको बताउनु भयो । कर्णालीमा सुर्खेत र जाजरकोटमा मात्र ५० शय्याको अस्पताल रहेको छ ।जिल्ला अस्पताल जाजरकोटमा आवश्यक संख्यामा चिकित्सक नहुँदा उपचार सेवा प्रभावित भएको छ । अस्पतालमा उपचारका लागि आउने बिरामीको सङ्ख्या बढ्दै गए पनि पर्याप्त चिकित्सक नहुँदा नियमित सेवा सञ्चालनमा समस्या भएको हो ।विशेष गरी पछिल्लो समय बाढी पहिरोका कारण घाइते तथा विस्थापित नागरिकमा स्वास्थ्य समस्या देखिन थालेपछि अस्पतालमा बिरामीको चाप बढेको छ । ज्वरो, रुघाखोकी, चोटपटक तथा अन्य स्वास्थ्य समस्या लिएर आउने बिरामीको संख्या बढे पनि जनशक्ति अभावका कारण प्रभावकारी सेवा दिन कठिन भइरहेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

 

अस्पतालमा चिकित्सकको अभाव हुँदा आकस्मिक तथा नियमित स्वास्थ्य परीक्षण, विशेषज्ञ सेवा र बिरामीको उपचारमा समेत असर परेको छ । सामान्य उपचारका लागि समेत बिरामीले लामो समय कुर्नुपर्ने अवस्था रहेको सेवाग्राहीको गुनासो छ ।जाजरकोटका दुर्गम बस्तीबाट उपचारका लागि जिल्ला अस्पताल आउने नागरिकका लागि चिकित्सक अभाव थप समस्या बनेको छ । जिल्लामा बाढी पहिरोको जोखिम बढिरहेका बेला घाइते तथा बिरामीको उपचारका लागि अस्पतालमा पर्याप्त चिकित्सक र स्वास्थ्यकर्मीको व्यवस्था गर्नुपर्ने मागसमेत उठेको छ ।

 

स्वास्थ्यकर्मीहरूले विपद्का बेला अस्पतालमा बिरामीको चाप अझ बढ्न सक्ने भएकाले तत्काल आवश्यक चिकित्सक तथा स्वास्थ्यकर्मीको व्यवस्थापन गर्नुपर्ने बताए । उनीहरूका अनुसार जनशक्ति थप गर्न नसकिएमा विपद् प्रभावित नागरिकलाई समयमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन कठिन हुने अवस्था छ ।स्थानीयवासीले जिल्ला अस्पतालमा दरबन्दीअनुसार चिकित्सकको व्यवस्था गर्नुका साथै विशेषज्ञ चिकित्सकको नियमित सेवा उपलब्ध गराउन प्रदेश तथा सङ्घीय सरकारसँग माग गरेका छन् । विपद्का बेला उपचार सेवामा थप दबाब पर्ने भएकाले तत्काल अस्थायी रूपमा भए पनि चिकित्सक थप गर्नुपर्ने उनीहरूको भनाइ छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

त्रास होइन, प्रमाणका आधारमा काम गर्न अख्तियारलाई मन्त्री गौतमको आग्रह

काठमाडौं,४ भदौ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अख्तियार दुरुपयोग अनुसन्धान आयोग त्रास सिर्जना गरेर होइन, निष्पक्षता, व्यावसायिकता र प्रमाणमा आधारित अनुसन्धान तथा

पाँचपटक प्रधानमन्त्री भएको मान्छे छैटौंपटक भएन भनेर असन्तुष्ट हुन्छ : गगन थापा

काठमाडौं ,४ भदौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवालगायत तत्कालीन सत्ताको नेतृत्वप्रति कटाक्ष गर्दै चुनावमा बहुमत वा दुई तिहाइ प्राप्त हुँदैमा जनताको

ठूला भ्रष्टाचार प्रकरणमा अख्तियारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न

काठमाडौं,४ भदौ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम कारबाही लगायतका विषयमा आयोगका पदाधिकारीसँग छलफल जारी रहेको छ ।छलफल क्रममा

वैदेशिक ऋण र अनुदानलाई फरक रूपमा हेर्नुपर्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं,४ भदौ । अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपालमा आउने वैदेशिक सहायता, अनुदान र सहुलियतपूर्ण ऋणलाई एउटै दृष्टिकोणबाट हेर्दा भ्रम सिर्जना भएको बताउनु भएको छ ।प्रतिनिधिसभा अन्तर्गत

संवैधानिक निकायमाथि प्रश्न उठाउँदा मर्यादाको ख्याल गर्नुपर्छ : रवि लामिछाने

काठमाडौं,४ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा सांसद रवि लामिछानेले संवैधानिक निकायमाथि प्रश्न उठाउँदा ती संस्थाको गरिमा र मर्यादामा आँच नपुग्ने गरी

दमकमा थपियो नयाँ डेन्टल क्लिनिक, युवाको लगानी र उद्यमशीलतामा जोड

दमक, ४ भदौ । दमकमा पछिल्लो समय दन्त उपचारसम्बन्धी क्लिनिकहरू थपिने क्रम बढेको छ। तीव्र प्रतिस्पर्धात्मक बजारका बीच सर्वसाधारणलाई गुणस्तरीय दन्त सेवा उपलब्ध गराउने उद्देश्यले