आईजीपीलाई खगेन्द्र सुनारको चुनौती, कठघरामा उभिएर जवाफ दिन तयार छु

काठमाडौं ,४ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले निश्चित बिचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेको बताउनु भएको छ । सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उहाँले आईजीपीमाथि उठेका प्रश्नको छानबिन हुनैपर्ने बताउनु भएको छ ।

उहाँले भन्नु भयो, ‘हामीले १५ दिनभित्रमा प्रहरीको स्रोत–साधन खरिदमा भएका बदमासीका बारेमा हामीले डकुमेन्ट मागेका थियौँ, त्यो आयो कि आएन ?फेरि यही बीचमा प्रहरीले करोडौँको टेन्डर आह्वान गरेको छ । निश्चित बिचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन् । अस्ति गरेको प्रश्नमा म अडिग छु, मजबुत छु ।’

उहाँले आफ्नो मानमर्दन भएजस्तो लागे अदालत गएर मुद्दा हाल्न चुनौती दिनु भयो । उहाँले सार्वभौम समितिमा आएर टोपी भुईँमा राखेर जुहारी खेल्न नपाइने बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘कहीँ कतै कोही साथीहरूलाई मेरो मानमर्दन भयो भन्ने लाग्छ भने यहाँ उतापट्टि अदालत छ, गएर मुद्दा हाल्नुहोला, कठघरामा उभिएर जवाफ दिनलाई म तयार छु । तर एउटा सार्वभौम समितिमा आएर टोपी भुईँमा राखेर जुहारी खेल्न पाइँदैन, सरकारको मानमर्दन गर्न पाइँदैन ।’

यसैगरी सुनारले गैरसरकारी संस्था (एनजिओ)का नाममा सामाजिक सद्भाव भड्काउने, जातीय द्वन्द्व र साम्प्रदायिकता बढाउने काम भइरहेको आरोप लगाउनु भयो ।

उहाँले भन्नु भयो, ‘एनजिओको नामबाट सामाजिक सद्भाव भड्काउने काम भएको छ । जातीय द्वन्द्व भड्काउने काम भइरहेको छ । साम्प्रदायिकता भड्काउने काम भइरहेको छ । राज्यले अनुमोदन गरेर छाप लगाएर देश भड्काऊ भन्न पाइँदैन । जातको नाममा, धर्मको नाममा समाज भड्काउन पाइँदैन । थर फेर्न मन लागेकाहरू जाने, तर दलितलाई अगाडि देखाएर राज्यलाई ध्वस्त गर्न पाइँदैन । अंग्रेजीमा पैसा ल्याएर नेपालीमा डुबाउन पाइँदैन । बरु मज्जाले डकुमेन्ट पेस गरेर नेपाल ध्वस्त बनाउन पाइँदैन ।’

सांसद सुनारले दलित तथा गरिबका नाममा आउने बजेट कतै पनि फ्रिज हुन नहुने बताउनु भयो । राज्यले दिएको वा वैदेशिक सहायताबाट आएको बजेट लक्षित ठाउँमा पुग्नुपर्नेमा जोड दिँदै उहाँले दलित र गरिबका नाममा ठूलो चलखेल भइरहेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘दलितका नाममा, गरिबका नाममा आएका बजेटहरू कहीँकतै फ्रिज हुनु भएन । राज्यले दिएको होस् या वैदेशिक सहायताबाट आएको बजेट होस्, त्यो कुरा ठाउँमा पुग्नुपर्छ । दलित र गरिबका नाममा ठूलो चलखेलहरू भइरहेको छ ।’

भौतिक पूर्वाधार निर्माणमा वैदेशिक सहायताबाट भएका लगानीको प्रभावकारितामाथि पनि उहाँले प्रश्न उठाउनु भयो । उहाँले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा विमानस्थलको उदाहरण दिँदै अन्तर्राष्ट्रिय सहायतामा निर्माण भएका संरचनाहरू प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको बताउनु भयो ।

‘भौतिक संरचनाको कुरा गर्दा पोखरा एयरपोर्ट के भइरहेको छ ? अन्तर्राष्ट्रिय सहायतामा बनिरहेका, भैरहवा एयरपोर्ट बन्ने, प्लेन नउड्ने, बसपार्क बन्ने, बस नगुड्ने हो भने त्यसको काम को हो ?यसरी राज्यलाई ऋणको भारी बोकाएर हामी बस्न सकिँदैन,’ उहाँले भन्नु भयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

त्रास होइन, प्रमाणका आधारमा काम गर्न अख्तियारलाई मन्त्री गौतमको आग्रह

काठमाडौं,४ भदौ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अख्तियार दुरुपयोग अनुसन्धान आयोग त्रास सिर्जना गरेर होइन, निष्पक्षता, व्यावसायिकता र प्रमाणमा आधारित अनुसन्धान तथा

पाँचपटक प्रधानमन्त्री भएको मान्छे छैटौंपटक भएन भनेर असन्तुष्ट हुन्छ : गगन थापा

काठमाडौं ,४ भदौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवालगायत तत्कालीन सत्ताको नेतृत्वप्रति कटाक्ष गर्दै चुनावमा बहुमत वा दुई तिहाइ प्राप्त हुँदैमा जनताको

ठूला भ्रष्टाचार प्रकरणमा अख्तियारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न

काठमाडौं,४ भदौ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम कारबाही लगायतका विषयमा आयोगका पदाधिकारीसँग छलफल जारी रहेको छ ।छलफल क्रममा

वैदेशिक ऋण र अनुदानलाई फरक रूपमा हेर्नुपर्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं,४ भदौ । अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपालमा आउने वैदेशिक सहायता, अनुदान र सहुलियतपूर्ण ऋणलाई एउटै दृष्टिकोणबाट हेर्दा भ्रम सिर्जना भएको बताउनु भएको छ ।प्रतिनिधिसभा अन्तर्गत

संवैधानिक निकायमाथि प्रश्न उठाउँदा मर्यादाको ख्याल गर्नुपर्छ : रवि लामिछाने

काठमाडौं,४ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा सांसद रवि लामिछानेले संवैधानिक निकायमाथि प्रश्न उठाउँदा ती संस्थाको गरिमा र मर्यादामा आँच नपुग्ने गरी

दमकमा थपियो नयाँ डेन्टल क्लिनिक, युवाको लगानी र उद्यमशीलतामा जोड

दमक, ४ भदौ । दमकमा पछिल्लो समय दन्त उपचारसम्बन्धी क्लिनिकहरू थपिने क्रम बढेको छ। तीव्र प्रतिस्पर्धात्मक बजारका बीच सर्वसाधारणलाई गुणस्तरीय दन्त सेवा उपलब्ध गराउने उद्देश्यले