स्वदेशमै रोजगारीको सपना अधुरै, विदेशिने लर्को जारी

काठमाडौं,४ भदौ । नेपालमा पछिल्लो एक दशकमा धेरैवटा सरकार फेरिए, राजनीतिक दल फेरिए, युवालाई स्वदेशमै रोजगारी दिने प्रतिबद्धता पनि पटक–पटक दोहोरियो । तर रोजगारीको खोजीमा विदेशिने नेपाली युवाको अवस्था भने फेरिन सकेको छैन ।पुराना दलप्रति निराश भएका युवाले नयाँ राजनीतिक शक्तिको उदयसँगै परिवर्तनको आशा गरेका थिए । पुराना सरकारले पूरा गर्न नसकेका सपना नयाँ सरकारले पूरा गर्ला र नेपालमै रोजगारीको अवसर बढ्ला भन्ने अपेक्षा थियो ।
नेपालमै बसेर श्रम गर्ने र भविष्य बनाउने सपना फेरि पलाएको थियो । तर वैदेशीक रोजगार विभागको चालु आर्थिक वर्षको पहिलो महिनाको तथ्याङ्कले भने युवाको विदेशिने क्रम अझै उस्तै रहेको देखाएको छ । विभागको पछिल्लो तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८३÷८४ को साउनमा नयाँ तथा पुनः श्रमस्वीकृति लिएर ७० हजार ४४१ जना नेपाली वैदेशिक रोजगारीका लागि विदेशिएका छन् ।

 

विदेशीएका मध्ये ६० हजार ४७२ पुरुष र ९ हजार ९६९ महिला रहेका छन् । विभागले सार्वजनिक गरेको विवरणअनुसार नयाँ श्रमस्वीकृति लिनेको संख्या मात्रै ४२ हजार ६९३ रहेको छ ।यो संख्या अघिल्लो आर्थिक वर्ष २०८२÷८३ को साउनको तुलनामा पनि बढी हो । गत वर्ष साउनमा ६८ हजार ११० जनाले वैदेशिक रोजगारीका लागि श्रमस्वीकृति लिएका थिए । अर्थात् एक वर्षको अन्तरमा साउन महिनामै विदेशिनका लागि श्रमस्वीकृति लिनेको संख्या बढेको देखिन्छ ।महिलाको विदेशिने संख्या पनि बढेको छ । गत वर्षको साउनमा ९ हजार १६२ महिलाले श्रमस्वीकृति लिएका थिए भने यस वर्ष साउनमा यो संख्या ९ हजार ९६९ पुगेको छ ।

 

नेपालको राजनीतिक बहसमा युवालाई विदेश जानबाट रोक्नेभन्दा पनि नेपालमै अवसर सिर्जना गर्ने विषय लामो समयदेखि प्राथमिकतामा पर्दै आएको छ । चुनावका बेला होस् वा सरकार निर्माणका क्रममा, उद्योग स्थापना, उत्पादन वृद्धि र रोजगारी सिर्जनाका प्रतिबद्धता सुनिन्छन् । तर सरकार परिवर्तनसँगै युवाको विदेशिने बाध्यता परिवर्तन हुन नसकेको तथ्याङ्कले देखाएको छ ।गत आर्थिक वर्ष २०८२÷८३ मा मात्रै वैदेशिक रोजगारीका लागि ७ लाख ९२ हजारभन्दा बढी नेपालीले श्रमस्वीकृति लिएका थिए । अघिल्लो आर्थिक वर्षको तुलनामा वार्षिक संख्या केही घटे पनि हरेक वर्ष लाखौँ नेपाली रोजगारीका लागि विदेश जाने क्रम भने जारी छ ।

 

विदेश जाने सबै नेपाली बाध्यताले मात्रै विदेशिएका हुँदैनन । कोही राम्रो आम्दानी र करिअरको अवसरका लागि जान्छन् । कोही अध्ययन र नयाँ जीवनशैलीको खोजीमा विदेशिन्छन् । कतिपयको परिवार नै विदेशमा बसोबास गरिसकेकाले उनीहरू पनि त्यतै जाने गर्छन् । तर ठूलो संख्या यस्तो पनि छ, जसका लागि विदेश रहर होइन, बाध्यता बनेको छ ।नेपालमै काम गर्न चाहने हातले काम पाउँदैनन् । सीप भएका युवाले अवसर पाउँदैनन् । आफ्नै ठाउँमा केही गर्न चाहनेले लगानी, बजार र आवश्यक सहयोगको अभाव झेल्नुपर्छ । यही अवस्थाले धेरै युवालाई आफ्नो परिवार र जन्मभूमि छाडेर विदेशी भूमिमा श्रम बेच्न बाध्य बनाएको छ ।

 

विदेश जानेको संख्या बढेसँगै रेमिट्यान्सले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याएको छ । तर रेमिट्यान्सको रकम बढ्नुको पछाडि लाखौँ परिवारको बिछोडको कथा पनि जोडिएको छ ।बुढा भएका आमा–बुबाले आफ्ना छोराछोरीलाई विमानस्थलबाट बिदाइ गर्नुपर्छ । चाडपर्वमा परिवारका सदस्य छुट्टिन्छन् । तिहारमा दिदीबहिनीले टाढा रहेका दाजुभाइलाई सम्झेर टीका लगाउने दिन कुर्नुपर्छ । कतिपय परिवारका लागि चाडपर्व भेटघाटको समयभन्दा पनि भिडियो कलमा अनुहार हेरेर चित्त बुझाउने दिन बनेका छन् । युवाहरूको भनाइ छ,‘हाम्रो श्रम हाम्रै नेपालमा प्रयोग होस् ।’ तर उनीहरूले श्रम गर्ने ठाउँ खोजिरहेका छन् ।

 

नेपालमै पसिना बगाउन चाहने युवालाई नेपालमै रोजगारीको अवसर दिनु राज्यको मुख्य चुनौती बनेको छ । विदेश जान चाहनेको स्वतन्त्रता रोक्नुपर्ने होइन, तर नेपालमै काम गर्न चाहने युवा बाध्य भएर विदेशिन नपरोस् भन्ने वातावरण सिर्जना गर्नु सरकारको दायित्व हो ।पुराना दलको सरकारका पालामा पनि लाखौँ युवा रोजगारी खोज्दै विदेशिए । नयाँ सरकार आएपछि पनि विदेशिनेको संख्या उल्लेख्य रूपमा घट्न सकेको छैन । त्यसैले जनताको प्रश्न छ—सरकार फेरिँदा युवाको बाध्यता किन फेरिन सकेन ?

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जुम्लाको हाट सिँजामा चल्यो फोर–जी

काठमाडौं,५ भदौ । नेपाली भाषा खस भाषाको उद्गमस्थल जुम्लाको हाट सिँजामा नेपाल टेलिकमको फोर–जी सेवा सञ्चालनमा आएको छ ।कनकासुन्दरी गाउँपालिकाअन्तर्गत गुठीज्युला बजार क्षेत्रमा आजदेखि ४जी

नेपालमा ‘सुपर एल निनो’को ९० प्रतिशत सम्भावना : पूर्वतयारीमा जुट्न मन्त्रीको आग्रह

काठमाडौं,५ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपालमा शक्तिशाली ‘सुपर एल निनो’को जोखिम बढ्दै गएको भन्दै यसले विद्युत्, सिँचाइ, कृषि तथा खाद्य सुरक्षामा

मलसँग सम्बन्धित समस्याको अध्ययन गर्न १२ सदस्यीय अध्ययन कार्यदल गठन

काठमाडौं,५ भदौ ।सरकारले रासायनिक मलसँग सम्बन्धित समस्याको अध्ययन गरी देखिएका चुनौतीको अल्पकालीन तथा दीर्घकालीन समाधानसहित विकल्प सिफारिस गर्न १२ सदस्यीय अध्ययन कार्यदल गठन गरेको छ

२०८१ का लागि डा. माकाजु, २०८२ का लागि खनाल छनोट

काठमाडौं,५ भदौ । नेपाल जन–प्रशासन संघले सार्वजनिक प्रशासन, सार्वजनिक सेवा, व्यवस्थापन तथा संस्थागत विकासका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका दुई विशिष्ट व्यक्तित्वलाई हेमबहादुर मल्ल सम्मान प्रदान

नेपवेस्ट सम्झौता खारेज वा कार्यान्वयन गर्न मेयरहरुको माग

काठमाडौं,५ भदौ । ललितपुर महानगरपालिकाका नगर प्रमुख एवं काठमाडौं उपत्यका मेयर्स फोरमका अध्यक्ष चिरिबाबु महर्जनले नेपाल सरकार र नेपवेस्टबीच भएको फोहोर व्यवस्थापनसम्बन्धी सम्झौता तत्काल खारेज

बालिका बलात्कार तथा हत्याको विरोधमा माइतीघरमा प्रदर्शन

काठमाडौं,५ भदौ । तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै स्वतन्त्र आमा नेपालको आयोजनामा शुक्रबार काठमाडौंको माइतीघर