संवैधानिक निकायमाथि प्रश्न उठाउँदा मर्यादाको ख्याल गर्नुपर्छ : रवि लामिछाने

काठमाडौं,४ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा सांसद रवि लामिछानेले संवैधानिक निकायमाथि प्रश्न उठाउँदा ती संस्थाको गरिमा र मर्यादामा आँच नपुग्ने गरी तथ्यमा आधारित भएर विषय उठाउनुपर्ने बताउनु भएको छ।

बिहीबार प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीसँग भएको छलफलमा बोल्दै लामिछानेले संवेदनशील निकाय राज्यका महत्वपूर्ण संरचना भएकाले त्यस्ता संस्थामाथि प्रश्न गर्दा विशेष संवेदनशीलता अपनाउनुपर्ने बतानु भयो।

उहाँले व्यक्तिगत जीवनजस्तै संवैधानिक निकायसँग सम्बन्धित विषय पनि संवेदनशील हुने भन्दै कुनै व्यक्तिविशेषलाई लक्षित गरेर भन्दा संस्थाको प्रतिष्ठा र संवैधानिक भूमिकालाई ध्यानमा राखेर छलफल गर्नुपर्ने धारणा राख्नु भयो।

उहाँले भन्नु भयोे, ‘कहिलेकाहीँ विषयहरू अलि संवेदनशील हुन्छन्। हरेक व्यक्तिको निजी जीवन पनि संवेदनशील हुन्छ । संवेदनशील निकायहरू अझ बढी राज्यको पिल्लर भएको हुनाले प्रश्न, तथ्यहरू राख्दा ती संरचनाहरूप्रतिको सम्मानमा आँच नपुगोस् भन्ने कुरालाई पनि विशेष ध्यान दिनुपर्छ।’

उहाँका अनुसार संवैधानिक निकाय कुनै व्यक्तिविशेषको संस्था नभएकाले त्यहाँ कार्यरत पदाधिकारीमाथि प्रश्न उठाउँदा पनि समग्र संस्थाको प्रतिष्ठामा असर पर्न नदिनुपर्ने हुन्छ।

उहाँले भन्न्ुा भयो, ‘किनकी कुनै एउटा व्यक्तिको कुरा होइन, संरचना वा निकाय भएको हुनाले हामीले ती संरचनाहरूको प्रतिष्ठाको ख्याल राख्नैपर्छ।’

लामिछानेले राज्य व्यवस्था तथा सुशासन समिति पनि संवेदनशील विषयमा छलफल गर्ने महत्वपूर्ण संसदीय समिति भएकाले समितिमा उठाइने विषयले संस्था, पदाधिकारी तथा समितिको गरिमामा चुनौती नआउने गरी प्रस्तुत गर्नुपर्ने बताउनु भयो।

उहाँले संविधानले विभिन्न संवैधानिक निकायमा नियुक्तिको प्रक्रिया स्पष्ट रूपमा निर्धारण गरेको उल्लेख गर्दै संविधानमा गरिएको व्यवस्थालाई स्वीकार गर्ने विषयमा सबै प्रतिबद्ध हुनुपर्ने बताउनु भयो।

संवैधानिक निकायका पदाधिकारी नियुक्तिको प्रक्रियालाई लिएर राजनीतिक आरोप–प्रत्यारोप गर्नु उचित नहुने उहाँको भनाइ थियो। उहाँले अदालत वा संवैधानिक निकायलाई कुनै राजनीतिक दलसँग जोडेर हेर्न नहुने धारणा राख्नु भयो।

लामिछानेले भन्नु भयो, ‘संविधानमा जसरी, जुन ढंगबाट विभिन्न निकायहरूको नियुक्तिको प्रक्रिया राखेको छ, संविधानमा भएको व्यवस्थालाई मान्ने कुरामा हामी प्रतिबद्ध हुनुपर्छ। अदालत नै पार्टीको हो, यो पनि पार्टीको भन्न मिल्दैन।’

उहाँले संवैधानिक व्यवस्थाअनुसार नियुक्त भएका जिम्मेवार व्यक्तिहरूले संविधानले दिएको दायित्व पूरा गर्ने भएकाले उनीहरूमाथि अत्यधिक आरोप लगाउने शैलीले संस्था र संस्थामा रहेका व्यक्तिहरूको मानमर्यादा घट्न सक्ने बताउनु भयो।

उहाँले भन्नु भयोे, ‘संविधानमा भएको व्यवस्था अनुसार नै संवैधानिक निकायका जिम्मेवार व्यक्तिहरूले संविधानले नै दिएको आफ्नो दायित्व पूरा गरेर नियुक्ति गरेको हुनाले हामीले असाध्यै धेरै आरोपित नै गर्ने ढंगले भन्दा संस्था र संस्थाका व्यक्तिहरूको मानमर्यादा कम हुन्छ।’

यसैगरी, लामिछानेले संविधान संशोधनको विषयमा समेत प्रतिनिधिसभाको दुई तिहाइ बहुमत मात्र पर्याप्त नहुने बताउनु भया। संविधान संशोधनका लागि संविधानले तोकेको प्रक्रियालाई नै पालना गर्नुपर्ने उहाँको भनाइ छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

त्रास होइन, प्रमाणका आधारमा काम गर्न अख्तियारलाई मन्त्री गौतमको आग्रह

काठमाडौं,४ भदौ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अख्तियार दुरुपयोग अनुसन्धान आयोग त्रास सिर्जना गरेर होइन, निष्पक्षता, व्यावसायिकता र प्रमाणमा आधारित अनुसन्धान तथा

पाँचपटक प्रधानमन्त्री भएको मान्छे छैटौंपटक भएन भनेर असन्तुष्ट हुन्छ : गगन थापा

काठमाडौं ,४ भदौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवालगायत तत्कालीन सत्ताको नेतृत्वप्रति कटाक्ष गर्दै चुनावमा बहुमत वा दुई तिहाइ प्राप्त हुँदैमा जनताको

ठूला भ्रष्टाचार प्रकरणमा अख्तियारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न

काठमाडौं,४ भदौ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम कारबाही लगायतका विषयमा आयोगका पदाधिकारीसँग छलफल जारी रहेको छ ।छलफल क्रममा

वैदेशिक ऋण र अनुदानलाई फरक रूपमा हेर्नुपर्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं,४ भदौ । अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपालमा आउने वैदेशिक सहायता, अनुदान र सहुलियतपूर्ण ऋणलाई एउटै दृष्टिकोणबाट हेर्दा भ्रम सिर्जना भएको बताउनु भएको छ ।प्रतिनिधिसभा अन्तर्गत

संवैधानिक निकायमाथि प्रश्न उठाउँदा मर्यादाको ख्याल गर्नुपर्छ : रवि लामिछाने

काठमाडौं,४ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा सांसद रवि लामिछानेले संवैधानिक निकायमाथि प्रश्न उठाउँदा ती संस्थाको गरिमा र मर्यादामा आँच नपुग्ने गरी

दमकमा थपियो नयाँ डेन्टल क्लिनिक, युवाको लगानी र उद्यमशीलतामा जोड

दमक, ४ भदौ । दमकमा पछिल्लो समय दन्त उपचारसम्बन्धी क्लिनिकहरू थपिने क्रम बढेको छ। तीव्र प्रतिस्पर्धात्मक बजारका बीच सर्वसाधारणलाई गुणस्तरीय दन्त सेवा उपलब्ध गराउने उद्देश्यले