वैदेशिक ऋण र अनुदानलाई फरक रूपमा हेर्नुपर्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं,४ भदौ । अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपालमा आउने वैदेशिक सहायता, अनुदान र सहुलियतपूर्ण ऋणलाई एउटै दृष्टिकोणबाट हेर्दा भ्रम सिर्जना भएको बताउनु भएको छ ।प्रतिनिधिसभा अन्तर्गत सार्वजनिक लेखा समितिको बैठकमा नेपाललाई प्राप्त हुने वैदेशिक सहायताको लेखापरीक्षण सम्बन्धमा छलफल गर्दै अर्थमन्त्री वाग्लेले यस वर्षको बजेटमा वैदेशिक ऋण र अनुदानको यथार्थ अवस्थाबारे स्पष्ट पार्नु भएको हो । उहाँले विगतमा बजेटमा ठूलो परिमाणमा अनुदान आउने अनुमान गरिए पनि वास्तविक प्राप्ति निकै कम हुने गरेको बताउनु भयो ।

 

उहाँले भन्नु भयोे, ‘यस वर्ष २१ सय २४ अर्बको बजेटमा ऋण लिने भनेको जम्मा २४८ अर्ब मात्र हो, वैदेशिक ऋण। र अनुदानमा यसपटक एमसीए लगायतको पनि हिसाब गरेको हुनाले ६२ अर्बजति छ।’विगत पाँच–सात वर्षदेखि बजेटमा ४८ देखि ५२ अर्ब रुपैयाँसम्म अनुदान उठाउने लक्ष्य राखिए पनि वास्तविक रूपमा १० देखि १५ अर्ब रुपैयाँभन्दा बढी अनुदान नआएको उहाँको भनाइ छ ।उहाँले भन्नु भयो, ‘विगतका ५–७ वर्ष अगाडिदेखि अनुदान ४८, ५०, ५२ अर्ब उठाउँछौं भने पनि यथार्थमा १०, १२, १५ अर्बभन्दा अनुदान आएको छैन। तर यहाँ खप्टाइँ के भयो भने आईएनजीओलाई पनि एउटै डालोमा, द्विपक्षीय रूपमा आउने ग्रान्टलाई पनि एउटै डालोमा र बहुपक्षीय निकायहरूले ल्याउने सहुलियतपूर्ण ऋणलाई पनि एउटै डालोमा हेर्दाखेरि धारणाहरू बाझिएको जस्तो देखिएको हो। यसलाई टुक्राएर नै हेर्नुपर्ने हुन्छ ।’

 

अर्थमन्त्री वाग्लेले गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको योगदानबारे छुट्टै बहस आवश्यक रहेको बताउनु भयो । वैदेशिक सहायता कति रणनीतिक छ र दातृ निकायको आफ्नै स्वार्थसँग कति जोडिएको छ भन्ने विषयमा गम्भीर छलफल हुनुपर्ने उहाँको भनाइ छ ।‘एनजीओ, आईएनजीओहरूको सन् १९९९ पछि ठूलो झकझकी भएकै हो र राम्रो योगदान पनि दिएका छन्। तर वैदेशिक सहायता कति रणनीतिक छ, कतिको आफ्नै स्वार्थ पूरा गर्न आएका हुन्छन् र कति साँच्चिकै नेपालको विकासका लागि आएका हुन् भन्ने कुरामा छुट्टै बहस हो। आईएनजीओहरूको फन्डिङ पनि धेरै नै सुकिसकेको छ,’ उहाँले भन्नु भयो ।उहाँले भारत, चीन, बेलायत, जापान र अमेरिकालगायतका मुलुकबाट प्राप्त हुने द्विपक्षीय अनुदान अहिले पनि जारी रहेको बताउनु भयो। यस्ता अनुदान आवश्यकता र लामो प्रक्रिया तय गरेर आउने भएकाले यसको महत्त्वलाई अस्वीकार गर्न नहुने उहाँले बताउनु भयो ।

 

उहाँले भन्नु भयो, ‘बाइल्याटरल ग्रान्टमा भारत सरकारले दिने, चीन सरकारले दिने, बेलायत, जापान, अमेरिकी सरकारले दिने अनुदानहरू आइरहेको छ र अहिले पनि आइरहेको छ। ५० मिलियनदेखि १०० मिलियन डलरको हाराहारीमा मुख्य हाम्रा दातृ निकाय र दातृ राष्ट्रहरूले दिने गरेका छन्। त्यो आवश्यकता नै नभएको भन्ने हुँदैन, त्यो लामो प्रक्रिया तय गरेर गरिएको हुन्छ।’यस्तै, बैठकमा महालेखा परीक्षक तोयम रायाले संविधानले तोकेको दायराभित्र रहेर महालेखा परीक्षकको कार्यालयले लेखापरीक्षण गर्दै आएको स्पष्ट पार्नु भएको छ। सरकारी कार्यालय, प्रदेश र स्थानीय तहका साथै सरकारको ५० प्रतिशतभन्दा बढी स्वामित्व भएका संगठित संस्थाको विषयमा पनि कार्यालयको भूमिका रहने उहाँले बताउनु भयो ।

 

‘महालेखा परीक्षकको काम, कर्तव्य र अधिकार के हो भन्ने विषयमा संविधानले यो–यो निकायलाई अडिट गर भनेको छ। त्यहाँ सरकारी कार्यालयको नाम, प्रदेश र स्थानीय तहको नाम छ। त्योभन्दा बाहेक संगठित संस्थाको ५० प्रतिशतभन्दा बढी शेयर र जायजेथामा नेपाल सरकार अथवा प्रदेश सरकार वा स्थानीय सरकारको स्वामित्व छ भने त्यसको परामर्श दिनुपर्छ महालेखा परीक्षकले भनेको छ। त्यसअनुसार हामी काम गर्दै आएका छौं,’ उहाँले भन्नु भयो।महालेखा परीक्षक रायााले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीअनुसार आवश्यक विषयमा मात्रै महालेखा परीक्षकसँग परामर्श लिनुपर्ने बताउनु भयो। सबै विषयमा परामर्शका लागि फाइल पठाउनुपर्ने बाध्यता नरहेको उहाँको भनाइ छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

त्रास होइन, प्रमाणका आधारमा काम गर्न अख्तियारलाई मन्त्री गौतमको आग्रह

काठमाडौं,४ भदौ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अख्तियार दुरुपयोग अनुसन्धान आयोग त्रास सिर्जना गरेर होइन, निष्पक्षता, व्यावसायिकता र प्रमाणमा आधारित अनुसन्धान तथा

पाँचपटक प्रधानमन्त्री भएको मान्छे छैटौंपटक भएन भनेर असन्तुष्ट हुन्छ : गगन थापा

काठमाडौं ,४ भदौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवालगायत तत्कालीन सत्ताको नेतृत्वप्रति कटाक्ष गर्दै चुनावमा बहुमत वा दुई तिहाइ प्राप्त हुँदैमा जनताको

ठूला भ्रष्टाचार प्रकरणमा अख्तियारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न

काठमाडौं,४ भदौ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम कारबाही लगायतका विषयमा आयोगका पदाधिकारीसँग छलफल जारी रहेको छ ।छलफल क्रममा

वैदेशिक ऋण र अनुदानलाई फरक रूपमा हेर्नुपर्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं,४ भदौ । अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपालमा आउने वैदेशिक सहायता, अनुदान र सहुलियतपूर्ण ऋणलाई एउटै दृष्टिकोणबाट हेर्दा भ्रम सिर्जना भएको बताउनु भएको छ ।प्रतिनिधिसभा अन्तर्गत

संवैधानिक निकायमाथि प्रश्न उठाउँदा मर्यादाको ख्याल गर्नुपर्छ : रवि लामिछाने

काठमाडौं,४ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा सांसद रवि लामिछानेले संवैधानिक निकायमाथि प्रश्न उठाउँदा ती संस्थाको गरिमा र मर्यादामा आँच नपुग्ने गरी

दमकमा थपियो नयाँ डेन्टल क्लिनिक, युवाको लगानी र उद्यमशीलतामा जोड

दमक, ४ भदौ । दमकमा पछिल्लो समय दन्त उपचारसम्बन्धी क्लिनिकहरू थपिने क्रम बढेको छ। तीव्र प्रतिस्पर्धात्मक बजारका बीच सर्वसाधारणलाई गुणस्तरीय दन्त सेवा उपलब्ध गराउने उद्देश्यले