ठूला भ्रष्टाचार प्रकरणमा अख्तियारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न

काठमाडौं,४ भदौ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम कारबाही लगायतका विषयमा आयोगका पदाधिकारीसँग छलफल जारी रहेको छ ।छलफल क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले ठूला भ्रष्टाचार तथा अनियमिततासँग जोडिएका विभिन्न प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका माथि प्रश्न उठाउनु भएको छ ।

 

शाहीले माओवादी शिविरमा भएको भनिएको अनियमितता, गिरिबन्धु टी–स्टेट प्रकरण, तारागाउँ रिजेन्सी हायात होटलसँग सम्बन्धित जग्गा तथा सेयर प्रकरण लगायतका विषयमा अख्तियारले अहिलेसम्म मुद्दा किन अघि नबढाएको भन्दै प्रश्न गर्नु भयो।‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माओवादी लडाकु शिविर अनियमित माथिको मुद्दा किन चलाएन ? गिरि बन्धु टी स्टेट प्रकरणमा अहिले सम्म मुद्दा किन चलाएन ? तारा गाउँ रिजेन्सी होटेलको जग्गा सेयर प्रक्ररणमा मुद्दा किन चलाएन ? जुन अख्तियारको मापदण्ड भित्र पर्छ,’ उहाँले प्रश्न गर्नु भयो।

 

उहाँले ती प्रकरणहरू अख्तियारको अनुसन्धानको दायराभित्र पर्ने भए पनि कारबाही प्रक्रिया अघि नबढेको दाबी गर्नु भयो। कोभिड–१९ को समयमा स्वास्थ्य सामग्री खरिद तथा ओम्नी समूहसँग जोडिएको भनिएको अनियमितताको प्रसंग उठाउँदै शाहीले त्यस विषयमा पनि अहिलेसम्म प्रभावकारी कानुनी कारबाही किन हुन नसकेको भन्दै प्रश्न गर्नु भयो ।‘कोभिडको बेलामा सरकारले ओम्नी घोटाला गरेर अर्बों रुपैयाँमा देश टाट पल्टेको थियो त्यसको मुद्दा किन चलेन,’ उहाँले भन्नु भयो, ‘एनसेलमा टेलिया सोनेरा र एक्जियटाको ८० प्रतिशत सेयर खरिद विक्र हुन्छ । त्यसमा पुँजीगत लाभांश करछली गर्छ त्यो सर्वोच्च अदालतले फैसला गर्छ तर अख्तियारले अहिले सम्म त्यो छोएको पनि छैन मुद्दा पनि चलाएको छैन । जवाफ दिनु होला ।’

 

उहाँले एनसेलको सेयर कारोबार र त्यससँग जोडिएको पुँजीगत लाभकर विवादको विषय पनि उठाउनु भयो । टेलिया सोनेरा र एक्जियटासँग सम्बन्धित एनसेलको सेयर बिक्रीमा कर छली भएको विषयमा सर्वोच्च अदालतबाट फैसला भइसकेको दाबी गर्नु भयो । उहाँले अख्तियारले उक्त प्रकरणलाई समेत अनुसन्धानको दायरामा किन नल्याएको भन्दै प्रश्न गर्नु भयो।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जुम्लाको हाट सिँजामा चल्यो फोर–जी

काठमाडौं,५ भदौ । नेपाली भाषा खस भाषाको उद्गमस्थल जुम्लाको हाट सिँजामा नेपाल टेलिकमको फोर–जी सेवा सञ्चालनमा आएको छ ।कनकासुन्दरी गाउँपालिकाअन्तर्गत गुठीज्युला बजार क्षेत्रमा आजदेखि ४जी

नेपालमा ‘सुपर एल निनो’को ९० प्रतिशत सम्भावना : पूर्वतयारीमा जुट्न मन्त्रीको आग्रह

काठमाडौं,५ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपालमा शक्तिशाली ‘सुपर एल निनो’को जोखिम बढ्दै गएको भन्दै यसले विद्युत्, सिँचाइ, कृषि तथा खाद्य सुरक्षामा

मलसँग सम्बन्धित समस्याको अध्ययन गर्न १२ सदस्यीय अध्ययन कार्यदल गठन

काठमाडौं,५ भदौ ।सरकारले रासायनिक मलसँग सम्बन्धित समस्याको अध्ययन गरी देखिएका चुनौतीको अल्पकालीन तथा दीर्घकालीन समाधानसहित विकल्प सिफारिस गर्न १२ सदस्यीय अध्ययन कार्यदल गठन गरेको छ

२०८१ का लागि डा. माकाजु, २०८२ का लागि खनाल छनोट

काठमाडौं,५ भदौ । नेपाल जन–प्रशासन संघले सार्वजनिक प्रशासन, सार्वजनिक सेवा, व्यवस्थापन तथा संस्थागत विकासका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका दुई विशिष्ट व्यक्तित्वलाई हेमबहादुर मल्ल सम्मान प्रदान

नेपवेस्ट सम्झौता खारेज वा कार्यान्वयन गर्न मेयरहरुको माग

काठमाडौं,५ भदौ । ललितपुर महानगरपालिकाका नगर प्रमुख एवं काठमाडौं उपत्यका मेयर्स फोरमका अध्यक्ष चिरिबाबु महर्जनले नेपाल सरकार र नेपवेस्टबीच भएको फोहोर व्यवस्थापनसम्बन्धी सम्झौता तत्काल खारेज

बालिका बलात्कार तथा हत्याको विरोधमा माइतीघरमा प्रदर्शन

काठमाडौं,५ भदौ । तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै स्वतन्त्र आमा नेपालको आयोजनामा शुक्रबार काठमाडौंको माइतीघर