त्रास होइन, प्रमाणका आधारमा काम गर्न अख्तियारलाई मन्त्री गौतमको आग्रह

काठमाडौं,४ भदौ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अख्तियार दुरुपयोग अनुसन्धान आयोग त्रास सिर्जना गरेर होइन, निष्पक्षता, व्यावसायिकता र प्रमाणमा आधारित अनुसन्धान तथा अभियोजना मार्फत आफ्नो विश्वसनीयता स्थापित गर्नुपर्ने बताउनु भएको छ ।बिहीबार प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आयोगका पदाधिकारीसँग भएको छलफलमा मन्त्री गौतमले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न आयोगप्रति नागरिकको विश्वास बलियो हुनुपर्नेमा जोड दिइनु भयो। उहाँले अख्तियारको प्रभावकारिता डर र दबाबका आधारमा नभई कानुनी प्रक्रिया, तथ्य र प्रमाणमा आधारित अनुसन्धान तथा निष्पक्ष अभियोजनबाट मापन हुनुपर्ने धारणा राख्नु भयो।

 

मन्त्री गौतमले भ्रष्टाचार नियन्त्रणका लागि आयोगले निष्पक्ष रूपमा काम गर्दै नागरिकमा विश्वासको वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।मन्त्री गौतमले भन्नु भयो, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग बलियो हुनुपर्छ भन्ने विषयमा कुनै शंका छैन । सरकार त्यसमा अडिक नै छ । तर संस्थाको बल चाहिँ त्रास सिर्जना गरेर हामी बलियो छौं भनेर देखाउने संस्था हुनुहुँदैन । यो निष्पक्षता, व्यावसायिकता र सुशासन कायम गर्नका लागि प्रमाणका आधारमा अनुसन्धान र अभियोजन हुन्छ है भन्ने एउटा विश्वास जगाउने संस्था हुनुपर्छ ।’

 

उहाँले भ्रष्टाचार गर्ने व्यक्ति डराउनुपर्ने भए पनि इमान्दार कर्मचारी नै त्रसित हुने अवस्था सिर्जना भएमा त्यसले समग्र राज्य संयन्त्रको कामकारबाहीमा नकारात्मक असर पर्ने बताउनु भयो।उहाँले भन्नु भयो, ‘भ्रष्टाचार गर्ने चाहिँ डराउनुपर्छ, तर इमान्दार कर्मचारी डराउने अवस्था सिर्जना भयो भने सरकार कतिपय अवस्थामा कर्मचारीतन्त्रले काम नगरीदिएर अनिर्णयको बन्दी हुनुपर्ने रहेछ ।’

 

मन्त्री गौतमका अनुसार कर्मचारीतन्त्रमा निर्णय लिँदा अनावश्यक रूपमा डराउने प्रवृत्ति बढ्दै जाँदा सरकारको काम प्रभावकारी रूपमा अघि बढ्न कठिन भइरहेको छ। स्पष्ट रूपमा ऐनमा व्यवस्था भएका विषयमा समेत कर्मचारीले निर्णय वा राय दिन हिच्किचाउने गरेको उहाँले बताउनु भयो ।उहाँले भन्नु भयो, ‘स्पष्ट रूपमा ऐनमा लेखिएको कुरामा पनि डराएर राय दिने विषयमा अप्ठ्यारो मानेर अर्को राय दिएर पठाएको पनि स्थिति रहेछ । यो चाहिँ एकदमै जटिल समस्याको रूपमा मैले देखेको छु ।’

 

कर्मचारीतन्त्रमा देखिएको निर्णय लिन नसक्ने डरकै कारण सरकारको काम प्रभावित हुने भन्दै उहाँले अनुसन्धान निकायले पनि आफ्नो कामलाई थप व्यावसायिक र प्रमाणमा आधारित बनाउनुपर्नेमा जोड दिइनु भयो।उहाँले भन्नु भयो, ‘कर्मचारीतन्त्रमा निर्णय लिन नसक्ने जुन डर छ, यो डरमा सरकारले काम गर्न सक्दैन । यसको लागि आयोगले अनुसन्धान गर्दा अलिकति व्यावसायिक भएर प्रमाणको आधारमा अभियोजन गर्नुपर्दा तथ्य–प्रमाण पु¥याएर अभियोजन गर्ने काम गर्दा संस्थाप्रतिको विश्वास बलियो हुन्छ ।’

 

मन्त्री गौतमले अख्तियारजस्तो संवैधानिक आयोगमा योग्य र उपयुक्त व्यक्तिको नियुक्ति हुनुपर्ने धारणा पनि राख्नु भयो। आयोगमा पूर्वकर्मचारी जाने प्रवृत्ति रहेको उल्लेख गर्दै उहाँले पूर्वकर्मचारी जानै नहुने भन्ने नभए पनि नियुक्तिमा योग्यता, क्षमता र उपयुक्ततालाई प्राथमिकता दिनुपर्ने बताउनु भयो।

 

उहाँले भन्नु भयो, ‘आयोगमा अलि योग्य मानिस नै पु¥याउनुपर्छ । एक हिसाबले पूर्वकर्मचारीहरू जाने खालको प्रवृत्ति छ । सबै हुनुपर्छ भन्ने छैन, हुनुहुँदैन भन्ने पनि छैन । तर उपयुक्त मानिसहरू त्यहाँ हुँदै गर्दा कसलाई फसाउने, कसलाई बचाउने यस्तो खालको गेममा पनि कहीँ न कहीँ हाम्रा संवैधानिक आयोगहरू यसमा फसिरहेका छन् कि भन्ने कुरामा पनि मनन गर्नुपर्छ ।’उहाँले संवैधानिक निकायको निष्पक्षता र विश्वसनीयता माथि प्रश्न उठ्ने कुनै पनि गतिविधि हुन नहुने बताउँदै उजुरी परेकै आधारमा हतारमा अभियोजन गर्ने प्रवृत्ति गलत हुने स्पष्ट पार्नु भयो।

 

मन्त्री गौतमले कुनै व्यक्ति वा कर्मचारीविरुद्ध उजुरी परेपछि आयोगले व्यापक रूपमा प्रमाण संकलन गर्नुपर्ने र पर्याप्त तथ्य तथा प्रमाण पुगेपछि मात्र अभियोजनको प्रक्रिया अघि बढाउनुपर्ने बताउनु भयो।उहाँले भन्नु भयो, ‘त्यसैले उजुरी परेपछि प्रमाण संकलनमा व्यापक काम गर्नुपर्छ । प्रमाण पुगेपछि मात्र अभियोजन गर्नुप¥यो । कसैले उजुरी दिएकै आधारमा अभियोजन गर्ने स्थिति सिर्जना भयो भने सबैलाई भोलि कुनै निर्णय लिन गाह्रो हुन्छ ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा करिब २४ लाख मूल्य बराबरका अवैध पटाका नष्ट

झापा,२१ कार्तीक । तिहार तथा छठ पर्वलाई लक्षित गर्दै झापामा २३ लाख ५९ हजार रुपैयाँभन्दा बढी मूल्यका अवैध पटाका तथा आतिसबाजीजन्य सामग्री नष्ट गरिएको छ

कोशी प्रदेशमा उदय परियोजनामार्फत युवालाई आठ अर्बको सहुलियतपूर्ण ऋण दिने तयारी

खाँदबारी । २१ कार्तिक |  कोशी प्रदेश सरकारले युवाको उद्यमशीलता प्रवर्द्धन र रोजगारी सिर्जनालाई प्राथमिकता दिँदै उदय परियोजनामार्फत करिब आठ अर्ब रुपैयाँ बराबरको व्यवस्था गरेको

सन्देशवाहकका रूपमा कागको पूजा गरी आज काग तिहार मनाइँदै

काठमाडौं,२१ कार्तीक । तिहारको पहिलो दिनका रूपमा आज शनिबार काग तिहार मनाइँदैछ।कात्तिक कृष्ण त्रयोदशीका अवसरमा बिहानैदेखि कागलाई पूजा गरी मीठा खानेकुरा खुवाएर यो पर्व मनाउन

झापामा मध्यरातमा आगलागी : चार खसीबोका मरे, अन्नपात नष्ट

झापा, २१ कात्तिक । झापा गाउँपालिका–६ का स्वास्थ्य शाखा कर्मचारी नकुल राजवंशीको गोठ तथा भण्डार घरमा मध्यरातमा भीषण आगलागी हुँदा ठूलो क्षति भएको छ।गएराति भएको

झापामा पहिलो चरणमा २ हजार ३३९ परिवारलाई लालपुर्जा वितरण गरिदै, कुन पालिकामा कतिले पाउनेछन?

दमक २१/ कार्तिक | जिल्ला भूमि समस्या समाधान समिति झापाको बैठकले स्थानीय तहबाट प्रमाणीकरण भई प्राप्त नामावली सार्वजनिक गर्दै आगामी कात्तिक मसान्तभित्र पुर्जा वितरण गर्ने

झापाको मेचीनगरमा ५५७ किलो अवैध गाँजा बरामद

झापा,२० कार्तीक । झापाको मेचीनगरमा प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ। मेचीनगर नगरपालिका–५ स्थित सिर्जना चोकको चिया बगानमा लुकाएर राखिएको अवस्थामा प्रहरीले शुक्रबार

एमाले उपाध्यक्ष बादल दमकमा, के भने सार्वजनिक कार्यक्रममा ?

दमक । २० कार्तिक । नेकपा एमालेको दमक नगर कमिटीको नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सहित पार्टीका केन्द्रीय तथा प्रदेश