बालिका हत्या प्रकरण

प्रहरी कार्यालय घेराउ, जीतपुर सिमरा तनावग्रस्त

रौतहट,४ भदौ । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ मा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर स्थानीयबासीले प्रहरी कार्यालय घेराउ गरेका छन् ।बालिकाको खोजीकार्य र सुरक्षा व्यवस्थापनमा गम्भीर लापरबाही गरेको आरोप लगाउँदै आक्रोशित स्थानीयबासीले बिहीबार इलाका प्रहरी कार्यालय सिमरा पुगेर घेराउ गरेका हुन् । प्रदर्शनकारीहरूले कार्यालयका इन्चार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) दिलिप क्षेत्रीलाई तत्काल कारबाही गर्नुपर्ने मुख्य माग अघि सारेका छन् ।

प्रहरीमाथि गम्भीर लापरबाहीको आरोप

स्थानीयबासी र पीडित परिवारका अनुसार बालिका गरिमा हराएको बारेमा उनका बुबाले समयमै इलाका प्रहरी कार्यालय सिमरामा लिखित जाहेरी दिएका थिए । बालिका साउन ३१ गते बिहानदेखि हराएकी थिइन् ।तर, प्रहरीले सुरुवाती चरणमा खोजीकार्यलाई तीव्रता नदिएको र अनुसन्धानमा चासो नदेखाएका कारण बालिकाको ज्यान गएको स्थानीयको निष्कर्ष छ । समयमै प्रहरी सक्रिय भएको भए बालिकालाई जीवितै उद्धार गर्न सकिने दाबी गर्दै प्रदर्शनकारीहरूले डीएसपी क्षेत्रीको कार्यशैलीप्रति तीव्र आक्रोश पोखेका छन् ।

मुख्य राजमार्ग र ग्रामीण सडकहरू पूर्ण रूपमा बन्द

बालिकाको शव फेला परेपछि बुधबार दिउँसोदेखि अवरुद्ध बनेको वीरगञ्ज–पथलैया सडकखण्ड बिहीबार पनि सञ्चालन हुन सकेको छैन । आन्दोलनरत स्थानीयले बिहीबार बिहानैदेखि उपमहानगरपालिकाका विभिन्न ग्रामीण सडकहरूमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।आन्दोलनका कारण सिमरा–डुमरवाना, पिलुवा–वडहर्वा, सिमरा–जीतपुर तथा पथलैया–सिमरा सडकखण्डमा यातायात पूर्ण रूपमा ठप्प भएको छ । सडक अवरोधका कारण सार्वजनिक तथा निजी सवारीसाधन चल्न नसक्दा लामो तथा छोटो दूरीका यात्रुहरू अलपत्र परेका छन् भने स्थानीय जनजीवन कष्टकर बनेको छ ।

शैक्षिक संस्थाहरूद्वारा शोकसभा र विद्यालय बन्द

जघन्य अपराधको विरोधमा जीतपुरसिमरा क्षेत्रका निजी तथा सामुदायिक विद्यालयहरूले बिहीबार शोकसभा आयोजना गरी शिक्षण संस्थाहरू पूर्ण रूपमा बन्द गरेका छन् । विद्यालयहरूले संयुक्त विज्ञप्ति जारी गर्दै अवोध बालिकामाथि भएको क्रूर घटनाले सम्पूर्ण शैक्षिक क्षेत्र स्तब्ध र मर्माहत भएको जनाएका छन् ।उनीहरूले घटनामा संलग्न दोषीहरूलाई हदैसम्मको कानुनी कारबाही गर्न र बालबालिकाको सुरक्षा सुनिश्चित गर्न सरकारसँग जोडदार माग गरेका छन् ।

दुई जना आरोपी पक्राउ, प्रशासन भन्छः ‘छानबिन हुँदैछ’

बाराका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) धर्मेन्द्र मिश्रले बालिका हत्या घटनामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परिसकेको जानकारी दिनु भएको छ् । प्रहरीले तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धान गरी पक्राउ गरिसकेको छ ।घटनापछि स्थानीय स्तरबाट उठाइएका प्रहरीको लापरबाहीका बारेमा जिल्ला प्रशासन कार्यालयले गम्भीरतापूर्वक ध्यान दिएको प्रजिअ मिश्रले बताउनु भयो । उहाँले प्रहरीको भूमिका र कमजोरीबारे छानबिन भइरहेको र दोषी पाइएमा विभागीय कारबाही गरिने आश्वासन दिनु भएको छ ।

आन्दोलन जारी राख्ने चेतावनी

प्रशासनले दोषी पक्राउ परेको बताए पनि स्थानीयबासी भने शान्त भएका छैनन् । आन्दोलनरत पक्षले घटनाको पूर्ण रूपमा निष्पक्ष अनुसन्धान हुनुपर्ने, घटनामा लापरबाही गर्ने जिम्मेवार प्रहरी अधिकारीहरूमाथि कडा कारबाही हुनुपर्ने र आगामी दिनमा बालबालिकाको सुरक्षाको भरपर्दो सुनिश्चितता नभएसम्म आन्दोलनका कार्यक्रमहरू जारी राख्ने चेतावनी दिएका छन्। सिमरा क्षेत्रमा अहिल व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने स्थिति अझै तनावपूर्ण रहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राप्रपा संसदीय दलका नेता उद्धव थापा पार्टीबाट निष्कासित

काठमाडौँ , ४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेशसभा संसदीय दलका नेता उद्धव थापालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ।बिहीबार बसेको

अख्तियार पूर्वकर्मचारीहरूको क्लब बन्यो, मर्यादा कमजोर हुँदै गयो : सांसद सिंह

काठमाडौं,४ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मर्यादा र प्रभावकारिता दिनप्रतिदिन कमजोर हुँदै गएको टिप्पणी गर्नु भएको

वैदेशिक सहायतालाई बजेट र लेखापरीक्षणको दायरामा ल्याउन संसदीय समितिको निर्देशन

काठमाडौं,४ भदौ । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले वैदेशिक सहायता राष्ट्रिय प्राथमिकता, बजेट प्रणाली, सार्वजनिक कोष, पारदर्शिता र लेखापरीक्षणको दायराभित्र रहेर परिचालन गर्न सरकारलाई निर्देशन

बदलिँदो समाज र विश्व परिवेशअनुसार दलहरू रुपान्तरित हुनुपर्छ नैनसिंह महर

काठमाडौं ,४ भदौ। नेपाली कांग्रेसका नेता नैनसिंह महरले समाजवादी चिन्तक एवं कांग्रेस नेता प्रदीप गिरीले अघि सारेको निष्ठा, नैतिकता र प्रजातान्त्रिक समाजवादको विचारलाई आत्मसात् गर्दै

प्रहरी कार्यालय घेराउ, जीतपुर सिमरा तनावग्रस्त

रौतहट,४ भदौ । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ मा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर स्थानीयबासीले प्रहरी कार्यालय घेराउ गरेका छन् ।बालिकाको

त्रास होइन, प्रमाणका आधारमा काम गर्न अख्तियारलाई मन्त्री गौतमको आग्रह

काठमाडौं,४ भदौ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अख्तियार दुरुपयोग अनुसन्धान आयोग त्रास सिर्जना गरेर होइन, निष्पक्षता, व्यावसायिकता र प्रमाणमा आधारित अनुसन्धान तथा