१ अर्व ६५ करोड राजस्व संकलन

दमकमा आन्तरिक राजस्व कार्यालयको आफ्नै भवन बन्दै, पहिलो चरणको बजेट स्वीकृत

‘अहिले कार्यालयले मासिक १ लाख १० हजार रुपैयाँ भाडा तिरेर सेवा प्रवाह गरिरहेको छ,

दमक, ५ भदौ।       दमकमा लामो समयदेखि भाडाको घरबाट सेवा प्रवाह गर्दै आएको आन्तरिक राजस्व कार्यालयको आफ्नै भवन निर्माण हुने भएको छ। दमक नगरपालिकाले भवन निर्माणका लागि दुई कट्ठा जग्गा उपलब्ध गराएपछि कार्यालयको आफ्नै भवन बन्ने निश्चित भएको हो।

दमकमा मालपोत, नापी, प्रहरी, प्रशासन, सडक विभागलगायत अधिकांश सरकारी निकाय आफ्नै भवनबाट सञ्चालन भइरहेका छन्। तर, निरन्तर सेवा प्रवाह गर्नुपर्ने महत्वपूर्ण सरकारी निकाय आन्तरिक राजस्व कार्यालय भने स्थायी भवनको अभावमा कहिले कार्यालय, कहिले निजी घर भाडामा लिएर सेवा सञ्चालन गर्दै आएको छ।

गत भदौ २४ गते ‘जेनजी विद्रोह’का क्रममा कार्यालय भाडामा रहेको घरसमेत जलेपछि आन्तरिक राजस्व कार्यालय अहिले नयाँ स्थानमा सरेर सेवा दिइरहेको छ। हाल दमक–५ स्थित भृकुटी चोक पश्चिम दिपिनी मार्गबाट सेवा प्रवाह भइरहेको छ।

दमकमा व्यावसायिक गतिविधि र कारोबार बढ्दै गएपछि यहाँ आन्तरिक राजस्व कार्यालयको आवश्यकता पनि बढेको हो। कार्यालयको कार्यक्षेत्र झापा जिल्लाका दमक, गौरादह, शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकासँगै मोरङका उर्लाबारी, पथरी, लेटाङ, कानेपोखरी र मिक्लाजुङ क्षेत्रसम्म फैलिएको छ। यी क्षेत्रका करदाताका लागि कार्यालयले दैनिक करसम्बन्धी सेवा उपलब्ध गराउँदै आएको छ।

कार्यालयबाट प्रचलित कानुन तथा नेपाल सरकारको नीतिअनुसार आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्कलगायत आन्तरिक राजस्वसम्बन्धी सेवा प्रदान हुँदै आएको छ। करदाता दर्ता, कर निर्धारण, कर संकलन, लेखापरीक्षण, कर कार्यान्वयन तथा कर अनुपालनको निगरानीसँगै करदाता सेवा, परामर्श, सहजीकरण र कर शिक्षासमेत कार्यालयले प्रदान गर्दै आएको छ ।

दमक नगरपालिकाले वडा नम्बर ७ स्थित नगरपालिकाको नाममा रहेको ७ कट्ठा जग्गामध्ये २ कट्ठा जग्गा आन्तरिक राजस्व कार्यालय दमकलाई उपलब्ध गराउने निर्णय गरेको छ। नगरपालिकाले भवन निर्माणका लागि चालु आर्थिक वर्षमा ६५ लाख रुपैयाँ बजेटसमेत विनियोजन गरेको छ।

संघीय सरकारले समेत भवन निर्माणका लागि बजेट विनियोजन गरिसकेकाले अब छिट्टै ठेक्का प्रक्रियामार्फत बहुवर्षीय योजनाअन्तर्गत भवन निर्माणको काम सुरु हुने दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले जानकार दिनुभयो ।

आन्तरिक राजस्व कार्यालय दमकका प्रमुख कर अधिकृत सूर्यप्रसाद कुँवरले आफ्नै भवन नहुँदा प्रशासनिक कामसँगै सेवाग्राहीलाई सेवा दिनसमेत कठिनाइ भइरहेको प्रतिकृया दिनुभएको छ ।

‘अहिले कार्यालयले मासिक १ लाख १० हजार रुपैयाँ भाडा तिरेर सेवा प्रवाह गरिरहेको छ,’ कुँवरले भन्नुभयो, ‘दैनिक ३०० देखि ४०० जनासम्म सेवाग्राही आउने भएकाले भाडाको घरमा भीडभाड र फोहोर व्यवस्थापनको समस्या हुने गरेको छ। यसले सेवाग्राहीसँगै घरधनी र छिमेकीलाई समेत असहज हुने अवस्था छ।’

उहाँका अनुसार आफ्नै भवन निर्माण भएपछि सेवाग्राहीलाई व्यवस्थित, सहज र प्रभावकारी ढंगले सेवा दिन सकिनेछ।

आन्तरिक राजस्व कार्यालय दमकले गत आर्थिक वर्षमा मात्रै १ अर्ब ६५ करोड रुपैयाँ राजस्व संकलन गरेको कार्यालय प्रमुख कुँवरले जानकारी दिनुभयो । बढ्दो आर्थिक गतिविधि र करदाताको चापलाई ध्यानमा राख्दै स्थायी तथा व्यवस्थित कार्यालय भवन निर्माणले सेवा प्रवाहसँगै राजस्व प्रशासनलाई समेत थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढी प्रभावित रसुवा र नुवाकोटमा २० थान स्याटेलाइट फोन उपलब्ध

काठमाडौं , १४ भदौ। रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ । प्राधिकरणले

११ जलविद्युत् आयोजनाका ९७७ जना सम्पर्कविहीन, सुरुङमा फसेकाहरूको उद्धार तीव्र

काठमाडौं,१४ भदौ । जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको अझै उद्धार हुन नसकेपछि सकुशलको सम्भावना क्षीण हुँदै गएको छ । रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको

बाढीबाट परिवार जोगाए, घर र २३ लाखको ऋणको बोझ बोकेर बसे सन्तमान

बेत्रावती , १४ भदौ।  भदौ १० गते बिहान ८ बजे बेत्रावतीका सन्तमान लामा आफ्ना छोरा र छोरीलाई विद्यालय पुर्‍याउन गए।दुई सन्तानलाई विद्यालय पुर्‍याउनु उनको दैनिकी

१९ हजार सुरक्षाकर्मी फिल्डमा खटिँदा पनि उद्धारमा ४ मुख्य चुनौती

काठमाडौं ,१४ भदौ। भोटेकोसी नदीमा आएको भीषण बाढीमा परेकाको उद्धार कार्य तीनवटै सुरक्षा निकायले तीव्रताका साथ जारी नै राखेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण

अस्थायी चिहानमा शव १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा वस्ती

काठमाडौं , भदौ १४ । प्राकृतिक विपद्का बेला ठूलो संख्यामा मानिसको मृत्यु वा बेपत्ता हुँदा उद्धारसँगै मृतकको पहिचान र शव व्यवस्थापन अर्को ठूलो चुनौती बन्ने

नेपालीपन झल्किने डिजाइनमा हेलमेट उत्पादन गर्दै ‘कोहिनूर समूह’

काठमाडौं , भदौ १४ । दुई पाँग्रे सवारी चालकले आफ्नो सुरक्षाका लागि प्रयोग गर्ने हेलमेट अधिकांश विदेशी बजारबाटै आयात हुन्छ । तर पछिल्लो समय केही