ताप्लेजुङ–काठमाडौंका लागि लक्जरी बस सेवा सुरु

ताप्लेजुङ ,५ भदौ । हिमाली जिल्ला ताप्लेजुङ र राजधानी काठमाडौं बस सेवाले जोडेको छ । जय पाथीभरा माता एसी बस सेवा प्रालिले बिहिबारबाट औपचारीक ताप्लेजुङ—काठमाडौ बस सेवा सुरु गरेको हो। ताप्लेजुङको सरमुकाम फुङ्लिङबाट फिदिम हुँदै तमोर करिडोर–सिन्धुली—काठमाडौँसम्मका लागि ६ ओटा अत्याधुनिक बस सेवा सञ्चालनमा आएको हो ।

ताप्लेजुङ अवस्थित पाथीभराको दर्शण गर्न आउने भक्तजन, विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमाल क्षेत्रमा भ्रमाण गर्न आउने पर्यटकहरुलाई लक्षित गरेर प्रविधि सहितको सुविधा सम्पन्न बस सेवा सञ्चालनमा ल्याइएको ताप्लेजुङका बुकिङ इन्चार्ज मिथुन पालुङ्वा लिम्बूले बताउनु भयो ।

सुरक्षालाई मध्यनजर गर्दै बसभित्र सीसी क्यामेरा यात्रु तथा यात्रुका सामाग्रीको निगरानी, निःशुल्क वाइफाई, मोबाइल चार्जिङ, एसी तथा फोल्डिङ लक्जरी सिटको व्यवस्थासहितका बस सेवा सञ्चालनमा ल्याइएको सञ्चालक जंग सुनुवारले बताउनु भयो ।

उहाँका अनुसार सीसी क्यामेरा निगरानीमा बस सेवा सञ्चालन हुने भएकाले ढुक्कले यात्रुहरूले यात्रा गर्न सक्ने भएका छन् । साथै सामान्य जोखिमलाई न्यूनीकरण गर्नका लागि बसमा सिट बेल्टको समेत व्यवस्था गरिएको काउन्टर इन्चार्ज दिनेश खतिवडाले जानकारी दिए । बस सेवाले ताप्लेजुङ—काठमाडौ आउँजाउ गर्ने विद्यार्थी, तथा पर्यटकहरुलाई राहत पुग्ने सञ्चालक सुनुवारको भइरहेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रास्वपा कम्युनिस्टहरूको मुख्य प्रतिद्वन्द्वी हो : झलनाथ खनाल

काठमाडौँ,६ भदौ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले वर्गीय हिसाबले पनि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कम्युनिस्टहरूको मुख्य प्रतिद्वन्द्वी बनेको बताउनु

जाजरकोटमा विस्थापितका लागि मकैबारीमा अस्थायी बास

सुर्खेत,६ भदौ । जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा बाढीपहिरोबाट विस्थापित भएका परिवारलाई राख्न मकैबारी फाँडेर अस्थायी सेल्टर निर्माण सुरु गरिएको छ । पहिरोका कारण घरबास गुमाएका

गरिमा चौधरीको हत्याले स्तब्ध कुलमान घिसिङ, दुःख व्यक्त

बारा , भदौ ६ । जीतपुर सिमराकी तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराध र पारिवारिक हत्याको घटनाप्रति पूर्वमन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष

युट्युबमा भिडियो ‘भ्युज’ गणना गर्ने तरिका परिवर्तन हुँदै

काठमाडौं,६ भदौ । गुगलको स्वामित्वमा रहेको भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युबले आफ्नो प्लेटफर्ममा सार्वजनिक भिडियोको ‘भ्युज’ गणना गर्ने तरिका परिवर्तन गर्ने भएको छ । यो नयाँ

बडीमालिका : प्रकृतिको अनुपम सौन्दर्य र आस्थाको पवित्र संगम

बाजुरा, भदौ ६ । हिमालको काखमा फैलिएको हरियाली दृश्य, खुला आकाश, बादलमाथिको नयाँ संसार । चिसो हावा र आँखै अगाडि देखिने विशाल फाँटहरु । प्रकृतिले दिएको

मूर्त–अमूर्त सम्पदा संरक्षणमा महानगर सक्रिय छ : सुनिता डंगोल

काठमाडौं,६ भदौ । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले मूर्त तथा अमूर्त सम्पदाको संरक्षणसँगै त्यसको पुस्तान्तरणलाई प्राथमिकतामा राखेर महानगरपालिकाले काम गरिरहेको बताउनु भएको छ ।लिच्छविकालीन