भारतीय केराको आयातमा कडाइ, नेपाली किसानमा उत्साह

भैरहवा ,५ भदौ। भारतीय केराको अवैध आयातमा सीमा क्षेत्रमा कडाइ भएपछि रुपन्देहीको सीमावर्ती मर्चवारी गाउँपालिकाका व्यावसायिक केरा किसानले उत्पादनको उचित मूल्य पाउन थालेका छन् ।

विगतका वर्षमा भारतीय केराको निर्बाध आयातका कारण बजारमा प्रतिस्पर्धा गर्न नसकेर घाटा व्यहोर्दै आएका किसान यस वर्ष नेपाली केराको मूल्य बढेपछि उत्साहित भएका हुन् ।

मर्चवारी गाउँपालिका–१ का किसान बिभाण्ड यादव पाँच वर्षदेखि व्यावसायिक केरा खेती गर्दै आएका छन् । करिब ११ बिघा क्षेत्रफलमा जैविक विधिबाट केरा खेती गरिरहेका यादवका अनुसार अघिल्ला दुई–तीन वर्षमा उत्पादनको उचित मूल्य नपाउँदा किसानले ठूलो घाटा व्यहोर्नुपरेको थियो । कतिपय अवस्थामा केराको मूल्य घटेर प्रतिदर्जन १५ देखि २० रुपैयाँ सम्ममा बिक्री गर्नुपर्ने अवस्था आएको उनले बताए ।

‘केरा बोटमै पाकेर कुहिने अवस्था आउँथ्यो । व्यापारीले भनेको मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता थियो,’ यादवले भने, ‘यस वर्ष सीमा क्षेत्रमा भारतीय केराको आयातमा कडाइ भएपछि नेपाली केराले बजार पाउन थालेको छ ।’

हाल स्थानीय बजारमा केराको मूल्य प्रतिदर्जन ७० देखि ८० रुपैयाँसम्म पुगेको उनले बताए । मूल्यमा आएको सुधारले व्यावसायिक खेतीमा लागेका किसानलाई केही राहत मिलेको यादवको भनाइ छ ।

तर, बजारमा सुधार आए पनि किसानका आधारभूत समस्या भने समाधान हुन सकेका छैनन् । विशेषगरी सिँचाइका लागि विद्युत् सुविधा नहुँदा किसानले निजी लगानीमै वैकल्पिक व्यवस्था गर्नुपरेको छ । यादवले आफ्नो केरा बारीमा सिँचाइका लागि करिब नौंसय मिटर टाढाबाट निजी खर्चमा विद्युत् तार तानेर व्यवस्था मिलाएको बताउनु भयो ।

उहाँका अनुसार गाउँपालिकाले गत वर्ष सिँचाइका लागि मोटर र पाइप खरिद गर्न करिब ३ लाख ५० हजार रुपैयाँ सहयोग गरेको थियो । तर चालु वर्षमा त्यस्तो सहयोग निरन्तर हुने–नहुने निश्चित नरहेको उहाँले बताउनु भएको छ ।

किसानका लागि अर्को ठूलो समस्या कृषि बीमा बनेको छ । बीमा प्रक्रियामा रहेको कागजी झन्झट, दाबी भुक्तानीमा हुने ढिलाइ र प्रक्रियागत जटिलताका कारण अधिकांश किसान बीमाप्रति आकर्षित हुन नसकेको यादवको भनाइ छ । मर्चवारदेखि त्रिवेणी क्षेत्रसम्मका धेरैजसो केरा किसानले बीमा नगरेको उहाँले बताउनु भयो ।

हालै आएको हुरीबतासले आफ्नो करिब चार हजार केराका बोट नष्ट गरेको भए पनि बीमाको दाबी भुक्तानी लिन नसकेको यादवले बताउनु भयो । ‘बीमा गरेपछि क्षति हुँदा पनि रकम पाउन निकै झन्झट छ । किसानका लागि प्रक्रिया सरल नहुँदा बीमा गर्नै डर लाग्छ,’ उहाँले भन्नु भयो ।

यसैबीच प्रतिनिधिसभा सदस्य कन्हैया बाँनियाले मर्चवारमा पुगेर यादवले सञ्चालन गरेको केरा खेतीको अनुगमन गर्दै स्वदेशी कृषि उत्पादनको प्रवद्र्धन र किसानका समस्या समाधानका लागि राज्यले प्राथमिकता दिनुपर्ने बताउनु भएको छ ।

आफ्नो निर्वाचन क्षेत्र रुपन्देही–४ अन्तर्गतको सीमावर्ती क्षेत्रमा गरिएको व्यावसायिक केरा खेतीको अनुगमनका क्रममा सांसद बानियाले वैदेशिक रोजगारीबाट फर्किएर कृषि क्षेत्रमा लागेका यादवको प्रयासको प्रशंसा गर्नुभयो । जैविक तथा विषादीमुक्त उत्पादनले नागरिकको स्वास्थ्य संरक्षणसँगै मुलुकको अर्थतन्त्रमा समेत योगदान पु¥याउने उहाँले बताउनु भयो ।

अनुगमनका क्रममा किसानले उठाएका सिँचाइ, विद्युत् र कृषि बीमासम्बन्धी समस्या समाधानका लागि पहल गर्ने बानियाले प्रतिबद्धता जनाउनु भयो । प्रदेशसभा सदस्य रहँदा आफूले सिँचाइका लागि विद्युतका पोल तथा लाइन विस्तारमा सहयोग गरेको स्मरण गर्दै उनले बाँकी क्षेत्रको विद्युतीकरणका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने बताउनु भयो ।

कृषि बीमाको प्रक्रिया अत्यन्तै कागजी र जटिल भएकाले किसान सेवाबाट वञ्चित भइरहेको उल्लेख गर्दै सांसद बानियाले यसलाई किसानमैत्री बनाउन संसद् तथा सरकारका सम्बन्धित निकायमा आवाज उठाउने बताउनु भयो ।

‘कृषि बीमाको प्रक्रिया सहज, सरल र किसानमैत्री हुनुपर्छ । किसानले क्षति व्यहोरेपछि समयमै क्षतिपूर्ति पाउने व्यवस्था हुनुपर्छ,’ उहाँले भन्नु भयो ।

सीमावर्ती क्षेत्रमा स्वदेशी उत्पादनलाई भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न सहज वातावरण निर्माण गर्न सीमा व्यवस्थापनसँगै कृषि उत्पादनको लागत घटाउने र बजार सुनिश्चित गर्ने नीति आवश्यक रहेको स्थानिय किसानहरुको भनाइ छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जुम्लाको हाट सिँजामा चल्यो फोर–जी

काठमाडौं,५ भदौ । नेपाली भाषा खस भाषाको उद्गमस्थल जुम्लाको हाट सिँजामा नेपाल टेलिकमको फोर–जी सेवा सञ्चालनमा आएको छ ।कनकासुन्दरी गाउँपालिकाअन्तर्गत गुठीज्युला बजार क्षेत्रमा आजदेखि ४जी

नेपालमा ‘सुपर एल निनो’को ९० प्रतिशत सम्भावना : पूर्वतयारीमा जुट्न मन्त्रीको आग्रह

काठमाडौं,५ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपालमा शक्तिशाली ‘सुपर एल निनो’को जोखिम बढ्दै गएको भन्दै यसले विद्युत्, सिँचाइ, कृषि तथा खाद्य सुरक्षामा

मलसँग सम्बन्धित समस्याको अध्ययन गर्न १२ सदस्यीय अध्ययन कार्यदल गठन

काठमाडौं,५ भदौ ।सरकारले रासायनिक मलसँग सम्बन्धित समस्याको अध्ययन गरी देखिएका चुनौतीको अल्पकालीन तथा दीर्घकालीन समाधानसहित विकल्प सिफारिस गर्न १२ सदस्यीय अध्ययन कार्यदल गठन गरेको छ

२०८१ का लागि डा. माकाजु, २०८२ का लागि खनाल छनोट

काठमाडौं,५ भदौ । नेपाल जन–प्रशासन संघले सार्वजनिक प्रशासन, सार्वजनिक सेवा, व्यवस्थापन तथा संस्थागत विकासका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका दुई विशिष्ट व्यक्तित्वलाई हेमबहादुर मल्ल सम्मान प्रदान

नेपवेस्ट सम्झौता खारेज वा कार्यान्वयन गर्न मेयरहरुको माग

काठमाडौं,५ भदौ । ललितपुर महानगरपालिकाका नगर प्रमुख एवं काठमाडौं उपत्यका मेयर्स फोरमका अध्यक्ष चिरिबाबु महर्जनले नेपाल सरकार र नेपवेस्टबीच भएको फोहोर व्यवस्थापनसम्बन्धी सम्झौता तत्काल खारेज

बालिका बलात्कार तथा हत्याको विरोधमा माइतीघरमा प्रदर्शन

काठमाडौं,५ भदौ । तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै स्वतन्त्र आमा नेपालको आयोजनामा शुक्रबार काठमाडौंको माइतीघर