रासायनिक मल समस्या समाधानका लागि सरकारी कार्यदल गठन

काठमाडौं,५ भदौ । सरकारले रासायनिक मलसँग सम्बन्धित समस्याको अध्ययन गरी देखिएका चुनौतीको अल्पकालीन तथा दीर्घकालीन समाधान सहित विकल्प सिफारिस गर्न १२ सदस्यीय अध्ययन कार्यदल गठन गरेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव तथा प्रवक्ता हेमराज अर्यालले शुक्रबार आयोजित प्रेस ब्रिफिङमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सम्पादन भएका कामको जानकारी दिँदै कार्यदल गठन गरिएको बताउनु भयो ।उहाँले भन्नु भयो, ‘मलसँग सम्बन्धित समस्याको अध्ययन गरी देखिएका समस्याहरूको अल्पकालीन र दीर्घकालीन समाधानसहितको विकल्प सिफारिस गर्न प्रधानमन्त्री कार्यालयका सहसचिवको संयोजकत्वमा विभिन्न निकायका सदस्यहरू समेत रहने गरी १२ सदस्यीय अध्ययन कार्यदल गठन भएको छ ।’

 

अर्यालका अनुसार कार्यदलमा कृषि, वन तथा वातावरण मन्त्रालय र मातहतका निकाय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय लगायत निकायका पदाधिकारी सदस्य रहनेछन् ।‘यो समितिले गठन भएको ६० दिनभित्र कार्य सम्पन्न गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रतिवेदन पेस गर्ने व्यवस्था गरिएको छ,’ उहाँले भन्नु भयो ।सरकारले स्वदेशी वस्तुको उत्पादन र प्रयोगलाई पनि प्राथमिकता दिने निर्णयअनुसार सरकारी निकायहरूलाई नेपाली उत्पादनको प्रयोग गर्न पत्राचार गरिएको अर्यालले जानकारी दिनु भयो ।

 

उहाँले भन्नु भयो, ‘स्थानीय सीप र उद्यमको संरक्षण गर्ने, रोजगारी सिर्जना गर्ने र आयात प्रतिस्थापन गर्ने उद्देश्यले सरकारी निकायमा हुने खरिद तथा प्रयोगमा नेपाली उत्पादनलाई प्राथमिकता दिन आवश्यक देखिएको छ ।’उहाँका अनुसार कार्यालय प्रयोजन, बैठक तथा समारोहमा प्रयोग हुने कोशेली, उपहार, सजावट तथा अन्य उपयुक्त प्रयोजनमा सम्भव भएसम्म नेपाली हस्तकलाका तथा नेपालमै उत्पादन भएका वस्तुको प्रयोग गर्न सबै सरकारी निकायलाई पत्राचार गरिएको छ ।यसैगरी, गत भदौ ३ गते प्रधानमन्त्री र संघीय मन्त्रालयका सबै मन्त्रीबीच कार्यसम्पादन सम्झौता सम्पन्न भएको पनि उहाँले बताउनु भयो । सम्झौतामा मन्त्रालयहरूले सम्पादन गर्नुपर्ने कार्यसम्पादन सूचक, मन्त्रालयको कार्यक्षेत्रभित्रका प्रमुख क्रियाकलाप, अनुगमन विधि तथा चालु आर्थिक वर्ष २०८३÷८४ को वार्षिक बजेट तथा कार्यक्रममा समेटिएका क्रियाकलाप समावेश गरिएको उहाँले जानकारी दिनु भयो ।

 

‘मन्त्रालयहरूले सम्पादन गर्नुपर्ने कार्यसम्पादनका सूचक, प्रमुख क्रियाकलाप र अनुगमनको विधिसहित आर्थिक वर्ष २०८३÷८४ भित्र सम्पन्न गर्नुपर्ने बजेट तथा कार्यक्रमका क्रियाकलाप समेटेर कार्यसम्पादन सम्झौता गरिएको छ,’ अर्यालले भन्नु भयो ।उहाँका अनुसार प्रधानमन्त्रीसँग नेपाल सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्कीले पनि सोही दिन कार्यसम्पादन सम्झौता गर्नु भएको थियो। आगामी दिनमा सम्बन्धित मन्त्री र सचिवबीच पनि कार्यसम्पादन सम्झौता गर्ने कार्यक्रम रहेको उहाँले बताउनु भयो ।कार्यसम्पादन सम्झौताको नियमित अनुगमन र समीक्षा गरिने पनि अर्यालले स्पष्ट पार्नु भयो ।

 

‘यो कार्यसम्पादन सम्झौताको अनुगमन नियमित रूपमा गरिनेछ। मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अनलाइन रिपोर्टिङ प्रणालीबाट नियमित रिपोर्टिङ लिएर सोहीअनुसार अनुगमन गर्छौं । यसको मासिक र वार्षिक रूपमा समीक्षा र अनुगमन हुन्छ,’ उहाँले भन्नु भयो ।यसैबीच, मन्त्रिपरिषद्ले भदौ ३ गते ‘सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश, २०८३’ स्वीकृत गरेको उहाँले जानकारी दिनु भयो ।सार्वजनिक निकायमा प्रयोग हुने सफ्टवेयरको विकास, स्तरवृद्धि तथा आवश्यक मर्मतसम्भारका कामलाई व्यवस्थित बनाउन र सार्वजनिक सेवा प्रवाहलाई सूचना प्रविधिमा आधारित बनाउने उद्देश्यले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्ने तयारी गरिएको अर्यालले बताउनु भयो ।

 

उहाँले भन्नु भयो, ‘सार्वजनिक निकायबाट हुने सेवा प्रवाहलाई सूचना प्रविधिमा आधारित र व्यवस्थित बनाउन सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्ने तथा त्यसका लागि नीतिगत मार्गदर्शन तयार गर्न समिति गठन गरिएको छ ।’प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शासकीय मामिला क्षेत्र हेर्ने सचिवको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको छ । उक्त समितिले केन्द्रको नीतिगत मार्गदर्शन तयार गर्नुका साथै केन्द्रको सुपरिवेक्षण गर्नेछ ।अर्यालका अनुसार सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रमा एक जना कार्यकारी निर्देशकसहित ३० जना कर्मचारीको व्यवस्था गर्ने योजना रहेको छ । केन्द्र स्थापना गर्नु नै गठन आदेशको मुख्य उद्देश्य रहेको उहाँले बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जुम्लाको हाट सिँजामा चल्यो फोर–जी

काठमाडौं,५ भदौ । नेपाली भाषा खस भाषाको उद्गमस्थल जुम्लाको हाट सिँजामा नेपाल टेलिकमको फोर–जी सेवा सञ्चालनमा आएको छ ।कनकासुन्दरी गाउँपालिकाअन्तर्गत गुठीज्युला बजार क्षेत्रमा आजदेखि ४जी

नेपालमा ‘सुपर एल निनो’को ९० प्रतिशत सम्भावना : पूर्वतयारीमा जुट्न मन्त्रीको आग्रह

काठमाडौं,५ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपालमा शक्तिशाली ‘सुपर एल निनो’को जोखिम बढ्दै गएको भन्दै यसले विद्युत्, सिँचाइ, कृषि तथा खाद्य सुरक्षामा

मलसँग सम्बन्धित समस्याको अध्ययन गर्न १२ सदस्यीय अध्ययन कार्यदल गठन

काठमाडौं,५ भदौ ।सरकारले रासायनिक मलसँग सम्बन्धित समस्याको अध्ययन गरी देखिएका चुनौतीको अल्पकालीन तथा दीर्घकालीन समाधानसहित विकल्प सिफारिस गर्न १२ सदस्यीय अध्ययन कार्यदल गठन गरेको छ

२०८१ का लागि डा. माकाजु, २०८२ का लागि खनाल छनोट

काठमाडौं,५ भदौ । नेपाल जन–प्रशासन संघले सार्वजनिक प्रशासन, सार्वजनिक सेवा, व्यवस्थापन तथा संस्थागत विकासका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका दुई विशिष्ट व्यक्तित्वलाई हेमबहादुर मल्ल सम्मान प्रदान

नेपवेस्ट सम्झौता खारेज वा कार्यान्वयन गर्न मेयरहरुको माग

काठमाडौं,५ भदौ । ललितपुर महानगरपालिकाका नगर प्रमुख एवं काठमाडौं उपत्यका मेयर्स फोरमका अध्यक्ष चिरिबाबु महर्जनले नेपाल सरकार र नेपवेस्टबीच भएको फोहोर व्यवस्थापनसम्बन्धी सम्झौता तत्काल खारेज

बालिका बलात्कार तथा हत्याको विरोधमा माइतीघरमा प्रदर्शन

काठमाडौं,५ भदौ । तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै स्वतन्त्र आमा नेपालको आयोजनामा शुक्रबार काठमाडौंको माइतीघर