उपत्यकाको फोहोर वस्थापनका लागि जग्गा उपलब्ध गराउन कानुनी बाटो खोज्छौँ : सञ्चारमन्त्री तिल्सिना

काठमाडौं,५ भदौ । सञ्चारमन्त्री विक्रम तिल्सिनाले काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनका लागि आवश्यक जग्गा उपलब्ध गराउन कानुनी तथा नीतिगत बाटो खोजेर अघि बढ्ने बताउनु भएको छ।

शुक्रबार काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनसम्बन्धी छलफल कार्यक्रममा बोल्दै मन्त्री तिल्सिनाले फोहोर व्यवस्थापनको समस्या संघीय सरकार, स्थानीय तह वा कुनै एक निकायको मात्र नभई राष्ट्रिय समस्या भएकाले सबै मिलेर समाधान खोज्नुपर्ने बताउनु भयो।

उहाँले भन्न्ुा भयो, ‘यो संघ र स्थानीय निकायको समस्या होइन, यो एउटा राष्ट्रिय आपतकाल हो। यो हामी सबैको दायित्व हो। एक अर्कालाई सहयोग ग¥यौँ भने समस्याको समाधान हुन्छ, एक अर्कालाई देखाएर औँला ठड्यायौँ भने समाधान हुँदैन।’

मन्त्री तिल्सिनाले काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापनका लागि जग्गा प्राप्तिको पहल गरिरहेको विषयमा भूमि व्यवस्था मन्त्रीसँग समेत छलफल गरेको जानकारी दिनु भयो। हालको कानुनी व्यवस्थाअनुसार स्थानीय सरकारलाई संघीय सरकारको जग्गा उपलब्ध गराउन सीमितता रहेको भन्दै त्यसका लागि कानुन वा नियमावली संशोधनको विकल्प खोजिने बताउनु भयो।

उहाँले तत्कालका लागि लिजमा जग्गा उपलब्ध गराउने र स्थानीय तहले भुक्तानी गर्नुपर्ने रकमसमेत हटाउने गरी नियमावली संशोधनमार्फत समाधान निकाल्न सकिने विषयमा छलफल भइरहेको बताउनु भयो।

‘ऐन संशोधन गर्नुपर्छ भने त्यसमा पनि जाऊँ। तर यो जरुरी विषय भएकाले यसको उपाय मन्त्रिपरिषद्बाटै निकाल्ने गरी अगाडि बढौँ भनेर तयारी गर्न भनेको छु,’ उहाँले भन्नु भयो।

मन्त्री तिल्सिनाले फोहोर व्यवस्थापनमा छोटो, मध्यम र दीर्घकालीन योजना आवश्यक रहेको बताउनु भयो। सबै निकायले आफ्नो जिम्मेवारी स्पष्ट रूपमा पहिचान गरी समस्याको गाँठो फुकाउन इमानदारीपूर्वक काम गर्नुपर्ने उहाँको भनाइ छ।

उहाँले भन्नु भयो, ‘आजको भोलि समस्याको समाधान हुन सक्दैन, यसको लामो इतिहास छ। तर आज केही पनि नगरे फेरि भोलि समस्याको समाधान हुँदैन।’

फोहोर व्यवस्थापनको समस्याबाट प्रभावित क्षेत्रका बासिन्दाको पीडालाई आफूले गम्भीर रूपमा लिएको मन्त्री तिल्सिनाले बताउनु भयो। उहाँले आफू प्रभावित क्षेत्रको जनप्रतिनिधिसमेत भएकाले फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भयो।

उहाँले प्रभावित क्षेत्रका नागरिकलाई द्वन्द्वको बाटोमा नजान आग्रह गर्दै सरकार गम्भीरतापूर्वक काम गरिरहेको अवस्थामा केही समय सहयोग गर्न आग्रह गर्नुभयो।

‘हामी द्वन्द्वमा नजाऔँ। आजको दिनमा चाहिँ मैले त्यहाँको प्रतिनिधिको हिसाबले यो विषयलाई एकदमै गम्भीरतापूर्वक लिएको छु। केही समय मलाई काम गर्न दिनुस्,’ उहाँले भन्नु भयो।

मन्त्री तिल्सिनाले फोहोर व्यवस्थापनका लागि जापानी प्रविधि प्रयोग गर्न सकिने विषयमा समेत छलफल भइरहेको बताए। सभामुखसँग यस विषयमा छलफल भएको र जापानको प्रविधिबाट सहयोग लिन सकिने सम्भावना रहेको उहाँले जानकारी दिनुभयो।

उहाँले काठमाडौं उपत्यकाका सबै स्थानीय तहका प्रमुखहरूलाई सहकार्यका लागि आग्रह गर्दै फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान निकाल्न सबै पक्ष एक ठाउँमा आउनुपर्ने बताउनु भयो।

‘राम्रो काम जहिले पनि आफैँले सुरुवात गर्न सकेको राम्रो। फोहोर व्यवस्थापनको एउटा राम्रो मोडल स्थापित गरेर जान सक्ने अवस्था बनोस्,’ उहाँले भन्न्ुा भयो।

फोहोर व्यवस्थापनको समस्याका कारण नुवाकोट र धादिङका प्रभावित क्षेत्रका नागरिकको मानवअधिकारसमेत प्रभावित भइरहेको भन्दै मन्त्री तिल्सिनाले समाधानका लागि संघ, प्रदेश र स्थानीय तहबीच निरन्तर समन्वय आवश्यक रहेको बताउनु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जुम्लाको हाट सिँजामा चल्यो फोर–जी

काठमाडौं,५ भदौ । नेपाली भाषा खस भाषाको उद्गमस्थल जुम्लाको हाट सिँजामा नेपाल टेलिकमको फोर–जी सेवा सञ्चालनमा आएको छ ।कनकासुन्दरी गाउँपालिकाअन्तर्गत गुठीज्युला बजार क्षेत्रमा आजदेखि ४जी

नेपालमा ‘सुपर एल निनो’को ९० प्रतिशत सम्भावना : पूर्वतयारीमा जुट्न मन्त्रीको आग्रह

काठमाडौं,५ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपालमा शक्तिशाली ‘सुपर एल निनो’को जोखिम बढ्दै गएको भन्दै यसले विद्युत्, सिँचाइ, कृषि तथा खाद्य सुरक्षामा

मलसँग सम्बन्धित समस्याको अध्ययन गर्न १२ सदस्यीय अध्ययन कार्यदल गठन

काठमाडौं,५ भदौ ।सरकारले रासायनिक मलसँग सम्बन्धित समस्याको अध्ययन गरी देखिएका चुनौतीको अल्पकालीन तथा दीर्घकालीन समाधानसहित विकल्प सिफारिस गर्न १२ सदस्यीय अध्ययन कार्यदल गठन गरेको छ

२०८१ का लागि डा. माकाजु, २०८२ का लागि खनाल छनोट

काठमाडौं,५ भदौ । नेपाल जन–प्रशासन संघले सार्वजनिक प्रशासन, सार्वजनिक सेवा, व्यवस्थापन तथा संस्थागत विकासका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका दुई विशिष्ट व्यक्तित्वलाई हेमबहादुर मल्ल सम्मान प्रदान

नेपवेस्ट सम्झौता खारेज वा कार्यान्वयन गर्न मेयरहरुको माग

काठमाडौं,५ भदौ । ललितपुर महानगरपालिकाका नगर प्रमुख एवं काठमाडौं उपत्यका मेयर्स फोरमका अध्यक्ष चिरिबाबु महर्जनले नेपाल सरकार र नेपवेस्टबीच भएको फोहोर व्यवस्थापनसम्बन्धी सम्झौता तत्काल खारेज

बालिका बलात्कार तथा हत्याको विरोधमा माइतीघरमा प्रदर्शन

काठमाडौं,५ भदौ । तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै स्वतन्त्र आमा नेपालको आयोजनामा शुक्रबार काठमाडौंको माइतीघर