हेमबहादुर मल्ल सम्मान

२०८१ का लागि डा. माकाजु, २०८२ का लागि खनाल छनोट

काठमाडौं,५ भदौ । नेपाल जन–प्रशासन संघले सार्वजनिक प्रशासन, सार्वजनिक सेवा, व्यवस्थापन तथा संस्थागत विकासका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका दुई विशिष्ट व्यक्तित्वलाई हेमबहादुर मल्ल सम्मान प्रदान गर्ने घोषणा गरेको छ।संघले हेमबहादुर मल्ल सम्मान २०८१ का लागि डा. रामकृष्ण माकाजु श्रेष्ठ र २०८२ का लागि पूर्वसचिव रामेश्वरप्रसाद खनाललाई छनोट गरेको हो।नेपाल जन–प्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको संयुक्त आयोजनामा शुक्रबार साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, कालिमाटी, काठमाडौंमा आयोजित घोषणा समारोह तथा पत्रकार भेटघाट कार्यक्रममा सम्मान प्राप्त गर्ने व्यक्तित्वहरूको नाम सार्वजनिक गरिएको हो।

 

संघका अनुसार सार्वजनिक प्रशासन, सार्वजनिक सेवा, व्यवस्थापन तथा संस्थागत विकासको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउँदै आएका दुई विशिष्ट व्यक्तित्वलाई हेमबहादुर मल्ल सम्मान अर्पण गर्ने निर्णय गरिएको हो।हेमबहादुर मल्ल सम्मान २०८१ का लागि छनोट हुनुभएका डा. रामकृष्ण माकाजु श्रेष्ठले नेपालमा उत्कृष्ट नमुना अस्पतालका रूपमा स्थापित धुलिखेल अस्पतालको स्थापना तथा सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको संघले जनाएको छ। उहाँको नेतृत्वमा स्वास्थ्य सेवा तथा संस्थागत विकासका क्षेत्रमा उल्लेखनीय योगदान पुगेको, गुणस्तरीय सेवा प्रवाह तथा सार्वजनिक हितप्रतिको प्रतिबद्धता देखिएको भन्दै सम्मानका लागि छनोट गरिएको हो।त्यस्तै, हेमबहादुर मल्ल सम्मान २०८२ का लागि पूर्वसचिव रामेश्वरप्रसाद खनाललाई छनोट गरिएको छ। सार्वजनिक प्रशासन तथा सार्वजनिक सेवाको अभिवृद्धिमा उहाँले पु¥याउनुभएको विशिष्ट योगदानका साथै नीति, प्रशासन तथा सार्वजनिक सेवाका क्षेत्रमा निर्वाह गर्नुभएको भूमिकालाई सम्मान छनोटको महत्वपूर्ण आधार बनाइएको संघले जनाएको छ।

 

 

सम्मानका लागि योग्य व्यक्तित्व छनोट गर्न नेपाल सरकारका पूर्वसचिव तथा नेपाल जन–प्रशासन संघका पूर्वअध्यक्ष कृष्ण ज्ञवालीको संयोजकत्वमा सम्मान छनोट समिति गठन गरिएको थियो। समितिको सिफारिसका आधारमा नेपाल जन–प्रशासन संघले दुवै व्यक्तित्वलाई सम्मान प्रदान गर्ने निर्णय गरेको हो।संघले हेमबहादुर मल्ल सम्मान वि.सं. २०६० देखि सार्वजनिक प्रशासन, व्यवस्थापन, सार्वजनिक वितरण, सार्वजनिक सेवा तथा जनसरोकारका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तित्वलाई प्रदान गर्दै आएको जनाएको छ। साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका तत्कालीन नेतृत्वकर्ता तथा कुशल व्यवस्थापक स्वर्गीय हेमबहादुर मल्लको योगदानको स्मरण गर्दै यो सम्मान स्थापना गरिएको हो।सम्मानसँगै जनही नगद दुई लाख रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ। सार्वजनिक जीवनमा दीर्घकालीन, अनुकरणीय तथा संस्थागत योगदानलाई राष्ट्रियस्तरमा कदर गर्ने उद्देश्यले सम्मान प्रदान गरिँदै आएको संघले जनाएको छ।

 

संघका अनुसार सम्मान आगामी भदौ ७ गते सोमबार आयोजना हुने विशेष समारोहमा प्रदान गरिनेछ। समारोहमा सम्मानित व्यक्तित्वहरूको योगदानलाई औपचारिक रूपमा कदर गर्दै उहाँहरूको अनुभव, दृष्टिकोण तथा सार्वजनिक सेवाप्रतिको प्रतिबद्धतालाई सार्वजनिक रूपमा प्रस्तुत गरिनेछ।हेमबहादुर मल्ल सम्मान यसअघि सार्वजनिक प्रशासन, व्यवस्थापन, स्वास्थ्य, शिक्षा, न्याय, कूटनीति, सामाजिक सेवा तथा विभिन्न सार्वजनिक सरोकारका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका २१ जना विशिष्ट व्यक्तित्वलाई प्रदान गरिसकिएको संघले जनाएको छ।नेपाल जन–प्रशासन संघले सार्वजनिक प्रशासन तथा व्यवस्थापन क्षेत्रमा कार्यरत प्राज्ञिक, प्रशासक तथा व्यवस्थापकबीचको व्यावसायिक सम्बन्धलाई मर्यादित र सुदृढ बनाउँदै आएको छ। नीति निर्माण, पुनरावलोकन तथा मूल्याङ्कनमा व्यावसायिक पृष्ठपोषण गर्ने उद्देश्यले संघले छलफल, गोष्ठी, प्रशिक्षण, अनुसन्धान, प्रकाशन तथा राष्ट्रिय सम्मेलनजस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

यस वर्ष सम्मानका लागि छनोट भएका डा. रामकृष्ण माकाजु श्रेष्ठ र रामेश्वरप्रसाद खनालको योगदानले सार्वजनिक सेवा, संस्थागत नेतृत्व, व्यावसायिकता र उत्तरदायित्वका क्षेत्रमा कार्यरत नयाँ पुस्तालाई समेत प्रेरणा दिने अपेक्षा गरिएको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जुम्लाको हाट सिँजामा चल्यो फोर–जी

काठमाडौं,५ भदौ । नेपाली भाषा खस भाषाको उद्गमस्थल जुम्लाको हाट सिँजामा नेपाल टेलिकमको फोर–जी सेवा सञ्चालनमा आएको छ ।कनकासुन्दरी गाउँपालिकाअन्तर्गत गुठीज्युला बजार क्षेत्रमा आजदेखि ४जी

नेपालमा ‘सुपर एल निनो’को ९० प्रतिशत सम्भावना : पूर्वतयारीमा जुट्न मन्त्रीको आग्रह

काठमाडौं,५ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपालमा शक्तिशाली ‘सुपर एल निनो’को जोखिम बढ्दै गएको भन्दै यसले विद्युत्, सिँचाइ, कृषि तथा खाद्य सुरक्षामा

मलसँग सम्बन्धित समस्याको अध्ययन गर्न १२ सदस्यीय अध्ययन कार्यदल गठन

काठमाडौं,५ भदौ ।सरकारले रासायनिक मलसँग सम्बन्धित समस्याको अध्ययन गरी देखिएका चुनौतीको अल्पकालीन तथा दीर्घकालीन समाधानसहित विकल्प सिफारिस गर्न १२ सदस्यीय अध्ययन कार्यदल गठन गरेको छ

२०८१ का लागि डा. माकाजु, २०८२ का लागि खनाल छनोट

काठमाडौं,५ भदौ । नेपाल जन–प्रशासन संघले सार्वजनिक प्रशासन, सार्वजनिक सेवा, व्यवस्थापन तथा संस्थागत विकासका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका दुई विशिष्ट व्यक्तित्वलाई हेमबहादुर मल्ल सम्मान प्रदान

नेपवेस्ट सम्झौता खारेज वा कार्यान्वयन गर्न मेयरहरुको माग

काठमाडौं,५ भदौ । ललितपुर महानगरपालिकाका नगर प्रमुख एवं काठमाडौं उपत्यका मेयर्स फोरमका अध्यक्ष चिरिबाबु महर्जनले नेपाल सरकार र नेपवेस्टबीच भएको फोहोर व्यवस्थापनसम्बन्धी सम्झौता तत्काल खारेज

बालिका बलात्कार तथा हत्याको विरोधमा माइतीघरमा प्रदर्शन

काठमाडौं,५ भदौ । तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै स्वतन्त्र आमा नेपालको आयोजनामा शुक्रबार काठमाडौंको माइतीघर