नेपालमा ‘सुपर एल निनो’को ९० प्रतिशत सम्भावना : पूर्वतयारीमा जुट्न मन्त्रीको आग्रह

काठमाडौं,५ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपालमा शक्तिशाली ‘सुपर एल निनो’को जोखिम बढ्दै गएको भन्दै यसले विद्युत्, सिँचाइ, कृषि तथा खाद्य सुरक्षामा गम्भीर असर पार्न सक्ने चेतावनी दिनु भएको छ।शुक्रबार ‘सुपर एल निनो तथा जलवायु जोखिम सम्बन्धी राष्ट्रिय संगोष्ठी : नेपालको जल, खाद्य, ऊर्जा तथा विपद् उत्थानशीलतामा प्रभाव’ विषयक कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले शक्तिशाली एल निनोको सम्भावना करिब ९० प्रतिशत पुगेको बताउनु भयो।

 

उहाँले भन्नु भयो, ‘एल निनो कुनै पूर्वानुमान मात्र होइन, यो आइसकेको छ। यसको तीव्रता मात्र अझै अनिश्चित छ। र यो अनिश्चितताले अब अझ गम्भीर अवस्थालाई संकेत गरिरहेको छ।’मन्त्री श्रेष्ठले जल तथा मौसम विज्ञान विभागले जेठमै देशका विभिन्न क्षेत्रमा सामान्यभन्दा कम वर्षा हुने र तापक्रम सामान्यभन्दा बढी हुने पूर्वानुमान गरिसकेको बताउनु भयो। त्यसका आधारमा सरकारले समयमै पूर्वतयारी गर्नुपर्ने उहाँको भनाइ छ।एल निनोको प्रभावका कारण नेपालको ‘रन–अफ–रिभर’ विद्युत् उत्पादन घट्न सक्ने र नेपालले विद्युत् आयात गर्ने समयमा भारतको ग्रिडमा समेत दबाब पर्न सक्ने उहाँले बताउनु भयो।

 

उहाँले भन्नु भयो, ‘एल निनोको उच्च बिन्दु नोभेम्बरदेखि फेब्रुअरीसम्म हुने पूर्वानुमान गरिएको छ, जुन ठ्याक्कै हाम्रो आयात गर्ने समयमा पर्छ।’मन्त्री श्रेष्ठले खडेरीको जोखिमसमेत बढ्न सक्ने भन्दै क्षति भएपछि मात्र खडेरी घोषणा गर्ने प्रणाली परिवर्तन गर्नुपर्ने बताउनु भयो। खडेरीलाई ‘सुस्त विपद्’का रूपमा लिएर पूर्वसूचनाका आधारमा तत्काल कदम चाल्नुपर्ने उहाँको भनाइ छ।उहाँका अनुसार आगामी आर्थिक वर्षमा खडेरी व्यवस्थापनका लागि १ अर्ब २८ करोड रुपैयाँ विनियोजन गरिएको छ। तराईका २२ जिल्लामा २२५ वटा भूमिगत जल अनुगमन ट्युबवेल स्वीकृतिको प्रक्रियामा रहेको उनले जानकारी दिए।मन्त्री श्रेष्ठले पूर्वतयारीमा पर्याप्त लगानी गर्नुपर्नेमा जोड दिनु भयो।

 

उहाँले भने, ‘पूर्वतयारी कार्य सस्तो र झन्झटिलो हुन्छ र सफल हुँदा कसैले देख्दैन। तर आपतकालीन प्रतिक्रिया महँगो र दृश्यमान हुन्छ।’जलवायु परिवर्तनबाट नेपालजस्ता कम कार्बन उत्सर्जन गर्ने मुलुकले ठूलो असर भोगिरहेको भन्दै उहाँले अन्तर्राष्ट्रिय समुदायलाई जलवायु न्यायका लागि थप जिम्मेवार बन्नसमेत आग्रह गर्नु भयो।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जुम्लाको हाट सिँजामा चल्यो फोर–जी

काठमाडौं,५ भदौ । नेपाली भाषा खस भाषाको उद्गमस्थल जुम्लाको हाट सिँजामा नेपाल टेलिकमको फोर–जी सेवा सञ्चालनमा आएको छ ।कनकासुन्दरी गाउँपालिकाअन्तर्गत गुठीज्युला बजार क्षेत्रमा आजदेखि ४जी

नेपालमा ‘सुपर एल निनो’को ९० प्रतिशत सम्भावना : पूर्वतयारीमा जुट्न मन्त्रीको आग्रह

काठमाडौं,५ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपालमा शक्तिशाली ‘सुपर एल निनो’को जोखिम बढ्दै गएको भन्दै यसले विद्युत्, सिँचाइ, कृषि तथा खाद्य सुरक्षामा

मलसँग सम्बन्धित समस्याको अध्ययन गर्न १२ सदस्यीय अध्ययन कार्यदल गठन

काठमाडौं,५ भदौ ।सरकारले रासायनिक मलसँग सम्बन्धित समस्याको अध्ययन गरी देखिएका चुनौतीको अल्पकालीन तथा दीर्घकालीन समाधानसहित विकल्प सिफारिस गर्न १२ सदस्यीय अध्ययन कार्यदल गठन गरेको छ

२०८१ का लागि डा. माकाजु, २०८२ का लागि खनाल छनोट

काठमाडौं,५ भदौ । नेपाल जन–प्रशासन संघले सार्वजनिक प्रशासन, सार्वजनिक सेवा, व्यवस्थापन तथा संस्थागत विकासका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका दुई विशिष्ट व्यक्तित्वलाई हेमबहादुर मल्ल सम्मान प्रदान

नेपवेस्ट सम्झौता खारेज वा कार्यान्वयन गर्न मेयरहरुको माग

काठमाडौं,५ भदौ । ललितपुर महानगरपालिकाका नगर प्रमुख एवं काठमाडौं उपत्यका मेयर्स फोरमका अध्यक्ष चिरिबाबु महर्जनले नेपाल सरकार र नेपवेस्टबीच भएको फोहोर व्यवस्थापनसम्बन्धी सम्झौता तत्काल खारेज

बालिका बलात्कार तथा हत्याको विरोधमा माइतीघरमा प्रदर्शन

काठमाडौं,५ भदौ । तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै स्वतन्त्र आमा नेपालको आयोजनामा शुक्रबार काठमाडौंको माइतीघर