जनकपुरमा पोखरी अतिक्रमण हटाउन सुरु, ६५ संरचना भत्काइँदै

जनकपुर,६ भदौ । जनकपुरधामका राजगुठी अन्तर्गत रहेका पोखरी छेउछाउको जग्गामा अतिक्रमण गरेर बनाइएका संरचनामा डोजर चलाइएको छ ।केन्द्र सरकारको टोलीले साउन १ गते अतिक्रमित जग्गा खाली गर्न सूचना जारी गरेको थियो ।शनिबारदेखि पहिलो चरणमा सातवटा पोखरीहरुको डिलमा बनाइएका अनाधिकृत संरचनाहरु तोड्न सुरु गरिएको हो । पहिलो चरणमा कच्ची, आंशिक र पक्की मिलाएर जम्मा ६५ वटा अनाधिकृत रुपमा निर्माण गरिएको संरचनाहरु तोड्न लागिएको प्रतिवेदन कार्यान्वय समतिको सदस्य सचिव जनक पोखरेलले जानकारी दिनु भयो ।

 

शनिबार गोरधोई पोखरी, बिसहरा पोखरी, रत्नसागर पोखरी लगायतका जम्मा सातवटा पोखरी वरिपरिका संरचनाहरु हटाइने पोखरेलले बताउनु भयो ।२०६२ सालको प्रतिवेदन अनुसार जम्मा ४९ वटा पोखरीको छेउछाउमा अतिक्रमण गरेर घर टहरा निर्माण गरिएको छ ।आज पश्चात क्रमश ती अतिक्रमित संरचनाहरु हटाउने कार्य जारी रहने पोखरेलको भनाई छ ।पोखरीका संरचनाहरु अतिक्रमणमुक्त भइसकेपछि दोस्रो चरणमा मन्दिर परिसरलगायतका अन्य स्थानहरुमा अतिक्रमण गरेर बनाइएका संरचनाहरु हटाइने उनले जानकारी दिनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रास्वपा कम्युनिस्टहरूको मुख्य प्रतिद्वन्द्वी हो : झलनाथ खनाल

काठमाडौँ,६ भदौ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले वर्गीय हिसाबले पनि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कम्युनिस्टहरूको मुख्य प्रतिद्वन्द्वी बनेको बताउनु

जाजरकोटमा विस्थापितका लागि मकैबारीमा अस्थायी बास

सुर्खेत,६ भदौ । जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा बाढीपहिरोबाट विस्थापित भएका परिवारलाई राख्न मकैबारी फाँडेर अस्थायी सेल्टर निर्माण सुरु गरिएको छ । पहिरोका कारण घरबास गुमाएका

गरिमा चौधरीको हत्याले स्तब्ध कुलमान घिसिङ, दुःख व्यक्त

बारा , भदौ ६ । जीतपुर सिमराकी तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराध र पारिवारिक हत्याको घटनाप्रति पूर्वमन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष

युट्युबमा भिडियो ‘भ्युज’ गणना गर्ने तरिका परिवर्तन हुँदै

काठमाडौं,६ भदौ । गुगलको स्वामित्वमा रहेको भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युबले आफ्नो प्लेटफर्ममा सार्वजनिक भिडियोको ‘भ्युज’ गणना गर्ने तरिका परिवर्तन गर्ने भएको छ । यो नयाँ

बडीमालिका : प्रकृतिको अनुपम सौन्दर्य र आस्थाको पवित्र संगम

बाजुरा, भदौ ६ । हिमालको काखमा फैलिएको हरियाली दृश्य, खुला आकाश, बादलमाथिको नयाँ संसार । चिसो हावा र आँखै अगाडि देखिने विशाल फाँटहरु । प्रकृतिले दिएको

मूर्त–अमूर्त सम्पदा संरक्षणमा महानगर सक्रिय छ : सुनिता डंगोल

काठमाडौं,६ भदौ । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले मूर्त तथा अमूर्त सम्पदाको संरक्षणसँगै त्यसको पुस्तान्तरणलाई प्राथमिकतामा राखेर महानगरपालिकाले काम गरिरहेको बताउनु भएको छ ।लिच्छविकालीन