जाजरकोट पहिरो

विस्थापित १६८ परिवारलाई तीन स्थानमा अस्थायी सेल्टरमा राखिने

जाजरकोट,६ भदौ । जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको विनाशकारी पहिरोबाट विस्थापित भएका १६८ घरधुरीका ८९७ जनालाई तीन स्थानमा अस्थायी सेल्टर निर्माण गरेर राखिने भएको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए) को प्राविधिक टोलीले स्थलगत अध्ययन गरेपछि रिसाङ विद्यालय नजिक, विद्यालयभन्दा माथिको क्षेत्र र कल्याणपुरमा अस्थायी सेल्टर निर्माण गर्ने निर्णय भएको हो ।

 

प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीका अनुसार अस्थायी सेल्टर निर्माणका लागि आवश्यक जग्गाको भाडा भेरी नगरपालिकाले बेहोर्नेछ । स्थानीय तह, प्रशासन र प्राधिकरणको समन्वयमा सुरक्षित स्थान छनोट गरिएको हो ।यसअघि जोखिममा रहेका करिब ६०–७० घरपरिवारका दुई सयभन्दा बढी नागरिकलाई त्रिभुवन आधारभूत विद्यालयमा बनाइएको होल्डिङ सेन्टरमा राखिएको थियो । उनीहरूलाई पनि क्रमशः नयाँ सेल्टरमा सारिनेछ । शनिबारदेखि त्रिपाल, प्लास्टिक र टेन्ट प्रयोग गरी तत्काल बस्न मिल्ने संरचना निर्माण सुरु गर्ने तयारी गरिएको छ ।

 

रिसाङमा गएको पहिरोमा चार जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । पहिरोले २०८० सालको भूकम्पबाट कमजोर बनेको बस्तीलाई थप जोखिममा पारेपछि अधिकांश परिवार पुनः विस्थापित भएका छन् । एनडिआरआरएमएका संयोजक सुरेश सुनारले जोखिम मूल्याङ्कनको अध्ययन अझै जारी रहेको र अन्तिम प्रतिवेदनपछि थप व्यवस्थापनका विषयमा निर्णय हुने बताउनु भयो ।

 

जुनीचाँदेका बस्ती अझै सम्पर्कविहीन

 

जुनीचाँदे गाउँपालिका–६ का सिर्प, डुर्मा र छिर्कलगायत बस्ती बाढी र पहिरोका कारण अझै प्रभावकारी रूपमा सम्पर्कविहीन छन् । सिर्क र सेती खोलामा आएको बाढीले सडक र पैदलमार्ग अवरुद्ध हुँदा खाद्यान्न, औषधि र राहत सामग्री पु¥याउन कठिन भएको छ ।गाउँपालिका अध्यक्ष बेदबहादुर शाहीका अनुसार डुर्मा र छिर्कमा मात्रै एक सयभन्दा बढी घरधुरी प्रभावित भएका छन् भने बाढीले २० भन्दा बढी घर र घट्ट बगाएको छ । प्रतिनिधिसभा सदस्य खड्गबहादुर बुढाले तत्काल राहत पु¥याउन केही स्थानमा हेलिकोप्टर प्रयोग गर्नुपर्ने अवस्था रहेको बताउनु भयो।

राहत र खानेपानीमा चुनौती

सडक बग्नु र पहिरोले बाटो बन्द भएपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मी पैदल हिँडेर राहत सामग्री प्रभावित बस्तीमा पु¥याइरहेका छन् । यसैबीच, लगातारको वर्षाले जिल्ला सदरमुकाम खलंगामा पनि खानेपानीका मुहान र पाइपलाइनमा क्षति पुगेपछि नियमित आपूर्ति प्रभावित भएको छ ।स्थानीय प्रशासनले सडक र खानेपानी पूर्वाधार पुनः सञ्चालनलाई प्राथमिकतामा राखेर काम भइरहेको जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

तुलाधरको संघर्ष र योगदानबाट नयाँ पुस्ताले सिक्नुपर्छ : सुनिता डंगोल

काठमाडौं ,२१ कार्तीक। काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले स्वर्गीय पद्मरत्न तुलाधरले नेपाली समाज, भाषा, राजनीति, आदिवासी जनजातिको अधिकार र मानव अधिकारका क्षेत्रमा पु¥याएको योगदानलाई

झापामा करिब २४ लाख मूल्य बराबरका अवैध पटाका नष्ट

झापा,२१ कार्तीक । तिहार तथा छठ पर्वलाई लक्षित गर्दै झापामा २३ लाख ५९ हजार रुपैयाँभन्दा बढी मूल्यका अवैध पटाका तथा आतिसबाजीजन्य सामग्री नष्ट गरिएको छ

कोशी प्रदेशमा उदय परियोजनामार्फत युवालाई आठ अर्बको सहुलियतपूर्ण ऋण दिने तयारी

खाँदबारी । २१ कार्तिक |  कोशी प्रदेश सरकारले युवाको उद्यमशीलता प्रवर्द्धन र रोजगारी सिर्जनालाई प्राथमिकता दिँदै उदय परियोजनामार्फत करिब आठ अर्ब रुपैयाँ बराबरको व्यवस्था गरेको

सन्देशवाहकका रूपमा कागको पूजा गरी आज काग तिहार मनाइँदै

काठमाडौं,२१ कार्तीक । तिहारको पहिलो दिनका रूपमा आज शनिबार काग तिहार मनाइँदैछ।कात्तिक कृष्ण त्रयोदशीका अवसरमा बिहानैदेखि कागलाई पूजा गरी मीठा खानेकुरा खुवाएर यो पर्व मनाउन

झापामा मध्यरातमा आगलागी : चार खसीबोका मरे, अन्नपात नष्ट

झापा, २१ कात्तिक । झापा गाउँपालिका–६ का स्वास्थ्य शाखा कर्मचारी नकुल राजवंशीको गोठ तथा भण्डार घरमा मध्यरातमा भीषण आगलागी हुँदा ठूलो क्षति भएको छ।गएराति भएको

झापामा पहिलो चरणमा २ हजार ३३९ परिवारलाई लालपुर्जा वितरण गरिदै, कुन पालिकामा कतिले पाउनेछन?

दमक २१/ कार्तिक | जिल्ला भूमि समस्या समाधान समिति झापाको बैठकले स्थानीय तहबाट प्रमाणीकरण भई प्राप्त नामावली सार्वजनिक गर्दै आगामी कात्तिक मसान्तभित्र पुर्जा वितरण गर्ने

झापाको मेचीनगरमा ५५७ किलो अवैध गाँजा बरामद

झापा,२० कार्तीक । झापाको मेचीनगरमा प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ। मेचीनगर नगरपालिका–५ स्थित सिर्जना चोकको चिया बगानमा लुकाएर राखिएको अवस्थामा प्रहरीले शुक्रबार