पत्रकारमाथिको आक्रमण लोकतन्त्रविरुद्धको प्रहार : आङ्देम्बे

इटहरी , भदौ ६ । नेपाली कांग्रेस संसदीय दलका नेता भिष्मराज आङ्देम्बेले पत्रकारितामाथिको आक्रमण लोकतन्त्रका लागि गम्भीर चुनौती बताउनु भएको छ ।शनिबार इटहरीमा नेपाल प्रेस युनियन सुनसरीको १० औं अधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले लोकप्रियतावादबाट तानाशाहको जन्म हुनसक्ने भन्दै पछिल्लो राजनीतिक अवस्थाप्रति संवेदनशील बन्नुपर्ने उहाले बताउनु भयो ।

उहाले लोकतन्त्र प्राप्तिका लागि जीवन समर्पण गरेका पुस्ताको योगदानलाई बेवास्ता गर्दा मुलुक गलत दिशातर्फ जानसक्ने बताउनु भयो ।मुलुक अन्तर्राष्ट्रिय शक्तिहरूको ‘क्रीडास्थल’ बन्ने खतरा बढेको भन्दै उनले राष्ट्र, राष्ट्रियता र त्यससँग जोडिएका भावनाप्रति संवेदनशील हुनुपर्ने धारणा राख्नु भयो ।अघिल्लो समयको दुईतिहाइको राजनीतिक शक्तिले गरेको व्यवहारकै कारण अहिलेको अवस्था सिर्जना भएको उहाको भनाइ थियो ।

उहाले अहिले प्राप्त भएको दुईतिहाइलाई पनि विगतको जस्तै सामान्य रूपमा नलिई गम्भीर र जिम्मेवार ढंगले अघि बढ्नुपर्ने बताउनु भयो ।आङ्देम्बेले सञ्चारमाध्यमले पाउने विज्ञापनमा भइरहेको कटौतीप्रति समेत दुःख व्यक्त गरे । उनले प्रेस स्वतन्त्रता कमजोर पार्ने कुनै पनि गतिविधिले लोकतन्त्रलाई नै संकटमा पार्ने गर्नुभयो ।प्रेस काउन्सिल विधेयक तथा प्रेससँग सम्बन्धित कानुन निर्माण गर्दा सरोकारवालासँग पर्याप्त संवाद गर्नुपर्नेमा उहाले जोड दिनुभयो । उहाले सञ्चार क्षेत्रसँग सम्बन्धित कानुन निर्माणमा पत्रकार, सञ्चारमाध्यम र अन्य सरोकारवालाको सहभागिता सुनिश्चित गर्न आग्रह गर्नुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रास्वपा कम्युनिस्टहरूको मुख्य प्रतिद्वन्द्वी हो : झलनाथ खनाल

काठमाडौँ,६ भदौ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले वर्गीय हिसाबले पनि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कम्युनिस्टहरूको मुख्य प्रतिद्वन्द्वी बनेको बताउनु

जाजरकोटमा विस्थापितका लागि मकैबारीमा अस्थायी बास

सुर्खेत,६ भदौ । जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा बाढीपहिरोबाट विस्थापित भएका परिवारलाई राख्न मकैबारी फाँडेर अस्थायी सेल्टर निर्माण सुरु गरिएको छ । पहिरोका कारण घरबास गुमाएका

गरिमा चौधरीको हत्याले स्तब्ध कुलमान घिसिङ, दुःख व्यक्त

बारा , भदौ ६ । जीतपुर सिमराकी तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराध र पारिवारिक हत्याको घटनाप्रति पूर्वमन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष

युट्युबमा भिडियो ‘भ्युज’ गणना गर्ने तरिका परिवर्तन हुँदै

काठमाडौं,६ भदौ । गुगलको स्वामित्वमा रहेको भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युबले आफ्नो प्लेटफर्ममा सार्वजनिक भिडियोको ‘भ्युज’ गणना गर्ने तरिका परिवर्तन गर्ने भएको छ । यो नयाँ

बडीमालिका : प्रकृतिको अनुपम सौन्दर्य र आस्थाको पवित्र संगम

बाजुरा, भदौ ६ । हिमालको काखमा फैलिएको हरियाली दृश्य, खुला आकाश, बादलमाथिको नयाँ संसार । चिसो हावा र आँखै अगाडि देखिने विशाल फाँटहरु । प्रकृतिले दिएको

मूर्त–अमूर्त सम्पदा संरक्षणमा महानगर सक्रिय छ : सुनिता डंगोल

काठमाडौं,६ भदौ । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले मूर्त तथा अमूर्त सम्पदाको संरक्षणसँगै त्यसको पुस्तान्तरणलाई प्राथमिकतामा राखेर महानगरपालिकाले काम गरिरहेको बताउनु भएको छ ।लिच्छविकालीन