मूर्त–अमूर्त सम्पदा संरक्षणमा महानगर सक्रिय छ : सुनिता डंगोल

काठमाडौं,६ भदौ । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले मूर्त तथा अमूर्त सम्पदाको संरक्षणसँगै त्यसको पुस्तान्तरणलाई प्राथमिकतामा राखेर महानगरपालिकाले काम गरिरहेको बताउनु भएको छ ।लिच्छविकालीन भगवान् श्री नित्यनाथ मन्दिरको समउद्घाटन तथा बाजा प्रशिक्षण समापन कार्यक्रममा बोल्दै डंगोलले सम्पदा संरक्षणका लागि भौतिक संरचनाको पुनर्निर्माणसँगै परम्परागत कला, संस्कृति र बाजागाजाको पुस्तान्तरण आवश्यक रहेको बताउनु भयो।

 

उहाँले नित्यनाथ मन्दिर परिसरमा पुनर्निर्माण गरिएको ‘नासा द्यः छें’ ले परम्परागत बाजागाजा सिक्ने र सिकाउने वातावरण थप सहज बनाउने बताउनु भयो। ‘आज अर्को एउटा संख्या मात्र बढेको छैन, त्यसको साथसाथै अर्को एउटा मूर्त सम्पदा जीवित भएको छ,’उहाँले भन्नु भयो ।डंगोलले काठमाडौंमा परम्परागत रूपमा बाजागाजा बजाउने तथा सिक्ने स्थानलाई कतिपयले ‘आखा छें’ र कतिपयले ‘नासा द्यः छें’ भन्ने गरेको उल्लेख गर्दै यसको पुनर्निर्माणले नयाँ पुस्तालाई बाजा सिक्ने अवसर प्रदान गर्ने बताउनु भयो । यसले सम्पदा संरक्षण तथा पुस्तान्तरणको जग थप बलियो बनाउने उहाँको भनाइ थियो ।

 

काठमाडौं महानगरपालिकाले हालसम्म ७७ वटा मूर्त सम्पदाको पुनर्निर्माण सम्पन्न गरेको र अमूर्त सम्पदा संरक्षणतर्फ ८२ वटा विभिन्न कार्यक्रम सम्पन्न गरेको डंगोलले जानकारी दिइनु भयो । उहाँका अनुसार महानगरपालिकाले हालसम्म मूर्त तथा अमूर्त सम्पदा संरक्षण र पुनर्निर्माणका गरी करिब १५९ देखि १६० वटा काम सम्पन्न गरिसकेको छ ।उहाँले भन्नु भयो,‘काठमाडौं महानगरपालिकाले हाम्रो विवरण नै दिनुपर्दाखेरि मूर्त र अमूर्त सम्पदामा विभिन्न कामहरु गरिरहेको छ । ७७ वटा मूर्त सम्पदाहरुको पुनर्निर्माणको काम पूरा भैइसकेको छ भने अमूर्त सम्पदा संरक्षणमा ८२ वटा विभिन्न कार्यक्रमहरु सम्पन्न गरिसकेका छौं । टोटलमा भन्ने हो भने १५९,१६० वटा त हामीले विभिन्न मूर्त अर्मूत सम्पदा संरक्षण गर्न पुनर्निर्माण गर्ने काम गरिसकेका छौं । यद्यपी, यो वर्ष भने अझै थप काम हामी गर्ने योजना बनाएका छौं।’

 

चालु वर्षमा पनि थप सम्पदा संरक्षणका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उहाँले बताउनु भयो। यस वर्ष महानगरपालिकाले ‘बाहा पूजा’ मौलिक रूपमा सञ्चालन गर्नुका साथै ‘सम्यक महादान’ आयोजना गर्ने गरी बजेट तथा कार्यक्रममा समावेश गरेको र त्यसको कार्यान्वयनका लागि काम अघि बढिसकेको उहाँले जानकारी दिइनु भयो।डंगोलले पुनर्निर्माण सम्पन्न भएका सम्पदाको संरक्षण, प्रवद्र्धन र सदुपयोग गर्ने जिम्मेवारी अब स्थानीय समुदायको काँधमा आएको बताउनु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रास्वपा कम्युनिस्टहरूको मुख्य प्रतिद्वन्द्वी हो : झलनाथ खनाल

काठमाडौँ,६ भदौ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले वर्गीय हिसाबले पनि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कम्युनिस्टहरूको मुख्य प्रतिद्वन्द्वी बनेको बताउनु

जाजरकोटमा विस्थापितका लागि मकैबारीमा अस्थायी बास

सुर्खेत,६ भदौ । जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा बाढीपहिरोबाट विस्थापित भएका परिवारलाई राख्न मकैबारी फाँडेर अस्थायी सेल्टर निर्माण सुरु गरिएको छ । पहिरोका कारण घरबास गुमाएका

गरिमा चौधरीको हत्याले स्तब्ध कुलमान घिसिङ, दुःख व्यक्त

बारा , भदौ ६ । जीतपुर सिमराकी तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराध र पारिवारिक हत्याको घटनाप्रति पूर्वमन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष

युट्युबमा भिडियो ‘भ्युज’ गणना गर्ने तरिका परिवर्तन हुँदै

काठमाडौं,६ भदौ । गुगलको स्वामित्वमा रहेको भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युबले आफ्नो प्लेटफर्ममा सार्वजनिक भिडियोको ‘भ्युज’ गणना गर्ने तरिका परिवर्तन गर्ने भएको छ । यो नयाँ

बडीमालिका : प्रकृतिको अनुपम सौन्दर्य र आस्थाको पवित्र संगम

बाजुरा, भदौ ६ । हिमालको काखमा फैलिएको हरियाली दृश्य, खुला आकाश, बादलमाथिको नयाँ संसार । चिसो हावा र आँखै अगाडि देखिने विशाल फाँटहरु । प्रकृतिले दिएको

मूर्त–अमूर्त सम्पदा संरक्षणमा महानगर सक्रिय छ : सुनिता डंगोल

काठमाडौं,६ भदौ । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले मूर्त तथा अमूर्त सम्पदाको संरक्षणसँगै त्यसको पुस्तान्तरणलाई प्राथमिकतामा राखेर महानगरपालिकाले काम गरिरहेको बताउनु भएको छ ।लिच्छविकालीन