युट्युबमा भिडियो ‘भ्युज’ गणना गर्ने तरिका परिवर्तन हुँदै

काठमाडौं,६ भदौ । गुगलको स्वामित्वमा रहेको भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युबले आफ्नो प्लेटफर्ममा सार्वजनिक भिडियोको ‘भ्युज’ गणना गर्ने तरिका परिवर्तन गर्ने भएको छ । यो नयाँ व्यवस्था अगस्ट २४ देखि लागू हुनेछ ।यसअघि युट्युबले भिडियोको भ्युज कसरी गणना गर्छ भन्ने स्पष्ट रूपमा सार्वजनिक नगरे पनि सामान्यतया प्रयोगकर्ताले कम्तीमा ३० सेकेन्ड भिडियो हेरेपछि त्यसलाई एक भ्युजका रूपमा गणना गर्ने गरिएको बुझाइ थियो ।

 

युट्युबले यसअघि नै ‘शट्र्स’ भिडियोमा नयाँ भ्युज गणना प्रणाली लागू गरिसकेको थियो । अब भने प्लेटफर्मका विभिन्न फम्र्याटमा प्रयोग हुँदै आएका फरक–फरक भ्युज गणना प्रणालीलाई एकरूप बनाउन नयाँ व्यवस्था ल्याउन लागेको हो ।युट्युबले आफ्नो कम्युनिटी पोस्टमा क्रिएटरहरूले आफ्नो भिडियोको वास्तविक पहुँच बुझ्न सहज होस् भन्ने उद्देश्यले यो परिवर्तन गरिएको जनाएको छ । कम्पनीका अनुसार यसअघि प्रयोग हुँदै आएको भ्युज मेट्रिकलाई अब ‘इन्गेज्ड भ्युज’ नाम दिइनेछ ।

 

यो पुरानो मेट्रिक भने क्रिएटरहरूले युट्युब एनालिटिक्स मार्फत हेर्न सक्नेछन् । यसबाट आफ्ना भिडियो हेर्ने दर्शकमध्ये कति जनाले भिडियो हेर्न निरन्तरता दिए भन्ने जानकारी प्राप्त गर्न सकिनेछ । युट्युबका अनुसार नयाँ भ्युज गणना प्रणालीले क्रिएटरको आम्दानीमा कुनै असर पार्ने छैन । साथै, युट्युब पार्टनर प्रोग्राम मार्फत मोनेटाइजेसनका लागि योग्य हुने प्रक्रियामा पनि परिवर्तन नहुने कम्पनीले स्पष्ट पारेको छ ।

 

यो परिवर्तन युट्युबले क्रिएटर केन्द्रित अर्को महत्वपूर्ण नीति परिवर्तन घोषणा गरेको करिब एक सातापछि आउन लागेको हो । कम्पनीले आगामी वर्षदेखि विज्ञापन तथा सब्स्क्रिप्सनबाट आम्दानी सुरु गर्न नयाँ क्रिएटरहरूले पूरा गर्नुपर्ने मापदण्ड थप कडा बनाउने घोषणा गरिसकेको छ । एएनआई

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रास्वपा कम्युनिस्टहरूको मुख्य प्रतिद्वन्द्वी हो : झलनाथ खनाल

काठमाडौँ,६ भदौ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले वर्गीय हिसाबले पनि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कम्युनिस्टहरूको मुख्य प्रतिद्वन्द्वी बनेको बताउनु

जाजरकोटमा विस्थापितका लागि मकैबारीमा अस्थायी बास

सुर्खेत,६ भदौ । जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा बाढीपहिरोबाट विस्थापित भएका परिवारलाई राख्न मकैबारी फाँडेर अस्थायी सेल्टर निर्माण सुरु गरिएको छ । पहिरोका कारण घरबास गुमाएका

गरिमा चौधरीको हत्याले स्तब्ध कुलमान घिसिङ, दुःख व्यक्त

बारा , भदौ ६ । जीतपुर सिमराकी तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराध र पारिवारिक हत्याको घटनाप्रति पूर्वमन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष

युट्युबमा भिडियो ‘भ्युज’ गणना गर्ने तरिका परिवर्तन हुँदै

काठमाडौं,६ भदौ । गुगलको स्वामित्वमा रहेको भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युबले आफ्नो प्लेटफर्ममा सार्वजनिक भिडियोको ‘भ्युज’ गणना गर्ने तरिका परिवर्तन गर्ने भएको छ । यो नयाँ

बडीमालिका : प्रकृतिको अनुपम सौन्दर्य र आस्थाको पवित्र संगम

बाजुरा, भदौ ६ । हिमालको काखमा फैलिएको हरियाली दृश्य, खुला आकाश, बादलमाथिको नयाँ संसार । चिसो हावा र आँखै अगाडि देखिने विशाल फाँटहरु । प्रकृतिले दिएको

मूर्त–अमूर्त सम्पदा संरक्षणमा महानगर सक्रिय छ : सुनिता डंगोल

काठमाडौं,६ भदौ । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले मूर्त तथा अमूर्त सम्पदाको संरक्षणसँगै त्यसको पुस्तान्तरणलाई प्राथमिकतामा राखेर महानगरपालिकाले काम गरिरहेको बताउनु भएको छ ।लिच्छविकालीन