व्यवस्थापन समिति वार्ताबाट समाधान खोज्ने पक्षमा

दमक क्याम्पस प्रमुखको कर्यकक्षमा ताला लगाइएपछि व्यवस्थापन समितीले के भन्यो ?

वार्तामार्फत विद्यार्थीका माग सम्बोधन गर्दै क्याम्पसको शैक्षिक वातावरणलाई नियमित बनाउने चुनौती अहिले व्यवस्थापन, प्रशासन र स्ववियूसामु देखिएको छ।

दमक, ८ भदौ । नेपालकै अग्रणी तथा नमुना क्याम्पसका रूपमा परिचित दमक बहुमुखी क्याम्पसमा शुल्कवृद्धिसहित विभिन्न माग राखेर विद्यार्थीले थालेको आन्दोलन एक महिनादेखि जारी छ। आन्दोलनरत विद्यार्थीले सोमबार क्याम्पस प्रमुख याज्ञराज गिरीको कार्यकक्षमा ताला लगाएका छन्।

क्याम्पस प्रशासनले मनलाग्दी रूपमा शुल्क वृद्धि गरेको आरोप लगाउँदै विद्यार्थीले गत साउन ८ गते क्याम्पस प्रमुखलाई ध्यानाकर्षणपत्र बुझाएर आन्दोलन सुरु गरेका थिए। एक महिना बितिसक्दा पनि आफ्ना माग सम्बोधन नभएको भन्दै विद्यार्थीले आन्दोलन थप सशक्त बनाएका हुन्।

आन्दोलनका कारण क्याम्पसको नियमित पठनपाठन प्रभावित भएको छ। कक्षाहरू नियमित सञ्चालन हुन सकेका छैनन् भने प्राध्यापकहरू कक्षामा जान नसक्ने अवस्था बनेको विद्यार्थीको भनाइ छ। विद्यार्थीहरू पनि कक्षा छाडेर आन्दोलनमा सहभागी भइरहेका छन्। आन्दोलनको नेतृत्व स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) ले गरिरहेको छ।

खास माग यस्ता

आन्दोलनरत विद्यार्थीले शुल्कवृद्धि फिर्तासहित १० बुँदे माग अघि सारेका छन्। उनीहरूले तत्काल महिला छात्रावास सञ्चालन गर्नुपर्ने, प्राथमिक उपचारसहितको स्वास्थ्य कक्षको व्यवस्था गर्नुपर्ने, पर्याप्त पिउने पानी, शौचालय तथा सरसफाइको उचित प्रबन्धसहितको क्याम्पस परिसर निर्माण गर्नुपर्ने माग गरेका छन्।

त्यस्तै, नयाँ पाठ्यक्रमअनुसार पुस्तकालय तथा ई–लाइब्रेरीको व्यवस्थापन, क्याम्पस परिसरमा द्रुत गतिको इन्टरनेट तथा आवश्यक प्रविधिको व्यवस्था, न्यायसंगत यातायात शुल्क निर्धारण, शैक्षिक वातावरण सुधार गरी नियमित पठनपाठनको व्यवस्था, समयमै छात्रवृत्ति उपलब्ध गराउने र अतिरिक्त शुल्कबापत प्राप्त हुने अतिरिक्त सुविधा पनि समयमै उपलब्ध गराउनुपर्ने विद्यार्थीको माग छ।

यसैगरी, शैक्षिक शुल्कमा गरिएको वृद्धि तत्काल फिर्ता लिनुपर्ने माग विद्यार्थीले राखेका छन्।

अनी लाग्यो ताला

एक महिनादेखि आफ्ना मागबारे क्याम्पस प्रशासनको ध्यानाकर्षण गराउँदै आए पनि सुनुवाइ नभएपछि सोमबार स्ववियू सभापति भुवन बस्नेतको नेतृत्वमा क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाइएको हो।

स्ववियू सचिव राकेश खड्काले विद्यार्थीका माग र समस्या समाधानका विषयमा प्रशासन सहमतिमा नआएसम्म ताला नखोलिने जानकारी दिए।

व्यवस्थापन समिति वार्ताबाट समाधान खोज्ने पक्षमा

यता, क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष ढुण्डीराज भण्डारीले विद्यार्थीका मागलाई वार्तामार्फत समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

अध्यक्ष भण्डारीका अनुसार शुल्क समायोजनबाहेक विद्यार्थीले उठाएका अन्य मागमा व्यवस्थापन सकारात्मक छ। उनले अधिकांश मागमा सहमति भइसकेको दाबी गर्दै शुल्क समायोजनका विषयमा समेत वार्तामार्फत निकास निकाल्ने बताए।

“विद्यार्थीका अन्य सबै मागबारे हामी सकारात्मक छौँ। नौ वटा बुँदामा सहमति भइसकेको छ। अब शुल्क समायोजन शीर्षकमा समेत आज डेढ बजे वार्ता बसेर निकास निकाल्छौँ,” अध्यक्ष भण्डारीले भने।

सामुदायिक क्याम्पस भए पनि सरकारले उपलब्ध गराउने अनुदान मुख्यतः संरचनागत सुधार तथा निर्माणका क्षेत्रमा आउने र अध्यापन गराउने प्राध्यापक तथा कर्मचारीको तलब व्यवस्थापनका लागि आवश्यक स्रोत विद्यार्थीबाट संकलन हुने भएकाले शुल्क समायोजनको विषयमा व्यावहारिक समाधान खोज्नुपर्ने उनको भनाइ छ।

“यसका लागि आन्दोलनरत विद्यार्थीलाई वार्तामा बोलाइएको छ। विद्यार्थी, प्रशासन र व्यवस्थापन समिति बसेर यसको निर्क्योल निकाल्नेछौँ,” अध्यक्ष भण्डारीले भने।

दमक बहुमुखी क्याम्पसमा करिब ५ हजार विद्यार्थी अध्ययनरत छन्। लामो समयदेखि जारी आन्दोलनका कारण क्याम्पसको नियमित शैक्षिक गतिविधि प्रभावित हुँदा त्यसको प्रत्यक्ष असर हजारौँ विद्यार्थीको पठनपाठनमा परेको छ।

वार्तामार्फत विद्यार्थीका माग सम्बोधन गर्दै क्याम्पसको शैक्षिक वातावरणलाई नियमित बनाउने चुनौती अहिले व्यवस्थापन, प्रशासन र स्ववियूसामु देखिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कैलालीमा गाडीको ठक्करबाट महिलाको मृत्यु, दोषीलाई कारबाही गर्न सांसद महरको माग

काठमाडौं,८ भदौ । नेकपा एमालेका सांसद ऐनबहादुर महरले कैलालीमा सार्वजनिक यातायातको गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको घटनामा दोषीमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनु

’पकेटमार र बलात्कारीलाई एउटै सजाय हुन सक्दैन’ : सांसद श्रद्धा कुँवर

काठमाडौँ,८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद श्रद्धा कुँवर क्षेत्रीले महिला माथि हुने हिंसा र अपराध रोक्न बलियो कानुनी सजायको व्यवस्था गर्न सरकारसँग माग गर्नु

सहमतिले होइन, प्रभावकारी कारबाहीले न्याय सुनिश्चित हुन्छ : सांसद गच्छदार

काठमाडौं,८ भदौ । नेपाली कांग्रेसकी सांसद डा. प्रमिला कुमारी गच्छदारले बालिका तथा महिलामाथि हुने हिंसा र अपराध नियन्त्रणमा सरकार गम्भीर बन्नुपर्ने बताउनु भएको छ ।सोमबार

दमक क्याम्पस प्रमुखको कर्यकक्षमा ताला लगाइएपछि व्यवस्थापन समितीले के भन्यो ?

वार्तामार्फत विद्यार्थीका माग सम्बोधन गर्दै क्याम्पसको शैक्षिक वातावरणलाई नियमित बनाउने चुनौती अहिले व्यवस्थापन, प्रशासन र स्ववियूसामु देखिएको छ।

उदयपुरको बेलकामा स्कुल बस र अटो ठोक्किँदा २ जनाको मृत्यु

उदयपुर,८ भदौ । उदयपुरको बेलका नगरपालिका–५ जहडामा स्कुल बस र अटो रिक्सा आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।सुपाडेबाट

संसद नागरिकप्रति उत्तरदायी हुनुपर्छ : प्रवक्ता गिरी

काठमाडौँ,८ भदौ । संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले संसदका गतिविधि हरेक नागरिकसम्म पुग्नुपर्ने बताउनु भएको छ।सोमबार काठमाडौँमा आयोजित २४ औँ एआईबीडी साधारण सम्मेलन तथा