कोशी कटान र बालेनको भ्रमणबारे सांसद हर्क राईको आपत्ति

काठमाडौं,८ भदौ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क राईले प्रधानमन्त्री वालेन शाहको निजी भ्रमणबारे संसद्मा जवाफ दिन माग गर्नु भएको छ। साथै उहाँले कोशी नदीको कटान नियन्त्रणका लागि तत्काल कदम चाल्न र बलात्कारका दोषीलाई निर्मम सजाय दिनुपर्ने माग गर्नु भएको छ् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्रीको भ्रमण निजी भ्रमण हुन नसक्ने बताँउनु भएको छ ।

 

उहाँले भन्नु भयो, ‘प्रधानमन्त्रीज्यू आफ्नो निजी भ्रमणमा जानुभएको छ भन्ने आएको छ । प्रधानमन्त्रीको निजी भ्रमण हुँदैन । यो कुरा हेक्का राख्नुपर्छ । प्रधानमन्त्री एक्लै जानुभएको हैन । उहाँसँग सरकारी सुरक्षा संयन्त्र आफैँ अटोमेटिकली सक्रिय भएर जाने गर्छ । उहाँ निजी जानुभएको, मन्त्रिपरिषद्लाई, संसद्लाई सूचना नदिई जानुभएको । के खान जानुभएको ? हावा थिएन भने काठमाडौंमा हावा छ । मुस्ताङमा स्याउ पनि फलेको छैन होला अहिले । के चाख्न जानुभएको हो अहिले, त्यो पनि भन्नुपर्छ । सदनमा जवाफ दिनुपर्छ ।’

 

सांसद राईले विपद्का कारण मुलुक आक्रान्त भइरहेका बेला सुनसरीको बराहक्षेत्रमा कोशी नदीको कटानबाट खेतीयोग्य जमिन नष्ट भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो। उहाँले कोशी ब्यारेजका ५६ वटा ढोका नखोलिँदा बाढीका समयमा समस्या बढिरहेको दाबी गर्नु भयो।

 

उहाँले भन्नु भयो, ‘विपद्ले मुलुक आक्रान्त छ । सुनसरीको बराहक्षेत्रमा कोशी कटानले गर्दा त्यहाँ विघौँ–विघा खेतीयोग्य जमिन काटिएर नाश भइरहेको छ । त्यसतर्फ सरकारले के गर्नुपर्ने हो, तुरुन्त गर्नुपर्छ । त्यसको मूल कारण मैले बुझ्दा कोशी ब्यारेजका ५६ वटा ढोका जुन हामीले बन्द गरेर राख्छौँ । त्यो ५६ वटा खोल्ने साँचो कोसँग छ ? त्यो किन नखोल्ने ? जहिले पनि बाढीपहिरो आउँछ, सप्तकोशीलाई थुनेर राखेर सालैपिच्छे हाम्रो खेतीयोग्य जमिन डुबान हुने गरेको छ । यसतर्फ सरकारले तुरुन्तै एक्सन लिनुपर्छ ।’

 

त्यस्तै, उहाँले कानुनको कमजोरीको फाइदा उठाउँदै अपराधीहरू खुलेआम हिँड्ने गरेको आरोप लगाउनु भयो । नाबालिकामाथि हुने बलात्कार र हत्याका घटनाप्रति गम्भीर बन्न आग्रह गर्दै बलात्कारसम्बन्धी कानुनी व्यवस्थालाई स्पष्ट पार्नुपर्ने र दोषी प्रमाणित भएकालाई कडा सजाय दिनुपर्ने बताउनु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दोषीलाई संविधानसम्मत कठोर सजाय दिन सांसद रम्तेलको माग

काठमाडौं,८ भदौ । श्रम संस्कृति पार्टीकी सांसद राधिका रम्तेलले तीन वर्षीया गरिमा चौधरीको हत्या प्रकरणमा दोषीलाई संविधानसम्मत सबैभन्दा कठोर सजाय दिन सरकारसँग माग गर्नु भएको

संक्रामक पशु रोग नियन्त्रण विधेयक माथि सैद्धान्तिक छलफल

काठमाडौँ,८ भदौ । विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल भएको छ ।बैठकमा कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले

कोशी कटान र बालेनको भ्रमणबारे सांसद हर्क राईको आपत्ति

काठमाडौं,८ भदौ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क राईले प्रधानमन्त्री वालेन शाहको निजी भ्रमणबारे संसद्मा जवाफ दिन माग गर्नु भएको छ। साथै उहाँले

विभत्स घटनाहरू बढ्दा पनि सरकार उदासीन भएको सांसद शर्माको आरोप

काठमाडौँ,८ भदौ । नेपाल कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले पछिल्लो समय देशमा एकपछि अर्को अमानवीय, क्रुर र हृदयविदारक घटना भइरहेकामा सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको

कोशीका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत

विराटनर, ८ भदौ ।कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत प्राप्त गर्नु भएको छ ।विश्वासको मतको पक्षमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका

कैलालीमा गाडीको ठक्करबाट महिलाको मृत्यु, दोषीलाई कारबाही गर्न सांसद महरको माग

काठमाडौं,८ भदौ । नेकपा एमालेका सांसद ऐनबहादुर महरले कैलालीमा सार्वजनिक यातायातको गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको घटनामा दोषीमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनु