वरुण र छुजुङ जलविद्युतविरुद्ध स्थानीय आन्दोलित

काठमाडौं,९ भदौ । संखुवासभाको भोटखोला गाउँपालिकाभित्र रहेका वरुण, छुजुङ्ग, बकाङ्ग लगायतका नदी तथा खोलानाला माथि जलविद्युत परियोजनाका नाममा भइरहेको हस्तक्षेप रोक्न स्थानीयवासीले सरकारसँग माग गरेका छन् । सोमवार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी स्थानीयको सहमति बिना आयोजना अगाडि बढाईए प्रतिरोध गर्ने चेतावनीसमेत दिएका छन् ।सरकारी पदाधिकारीहरुलाई प्रभावमा पारेर ‘एम्पीक इनर्जी प्रालि’ले तल्लो वरुण जलविद्युत परियोजना र ‘साङ्ग्रिला उर्जा प्रालि’ले छुजुङ जलविद्युत परियोजना निर्माणका लागि इजाजत पत्र हासिल गरेको वक्ताहरुले आरोप लगाए ।

 

कार्यक्रममा नेपाल बौद्ध महासंघका अध्यक्ष नुर्वु थुन्डु शेर्पाले धार्मिक, सांस्कृतिक तथा आर्थिक महत्व बोकेका नदी–नालाको प्राकृतिक स्वरूप बिगारेर गरिने कार्य विकास नभई विनाश हुने धारणा राख्नु भयो । शेर्पाले सम्बन्धित क्षेत्रका स्थानीयको सहमति बेगर वरुण र छुजुङ्ग खोलामा जलविद्युत परियोजना निर्माण सफल नहुने ठोकुवा गर्नु भयो।शेर्पाले वरुण उपत्यकालाई शास्त्र अनुसार ‘बेयुल’ अर्थात् लुकेको पवित्र भूमि र सात साङ्ग्रिलामध्ये एक साङ्ग्रिला मानिदै आएकोले त्यसको पौराणिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक गरिमा संरक्षणको जिम्मा स्थानीयको मात्रै नभएर राज्यको प्रमुख दायित्व रहेको जनाउनु भयो। संसार विनाश भएर प्राणी विहिन हुने अवस्थामा यो बेयुल अर्थात् पवित्र भूमिमा मात्रै जीवन रहने शेर्पाको कथन छ ।

 

सम्पदा संरक्षणमा सक्रिय कर्म भोटियाले भोटखोला गाउँपालिकाका २ र ४ वडामा बन्ने विद्युत परियोजनाले स्थानीय जनतालाई फाईदा भन्दा क्षति गर्ने भएकाले जनताको माग अनुसार सरकारले निर्माण कार्य रोक्नुपर्ने माग राख्नु भयो ।संखुवासभा जिल्लामा ५ हजार मेगावाट भन्दा बढी विद्युत उत्पादन हुने करिब ५५ वटा जलविद्युत परियोजना रहेको उहाँले जानकारी दिनु भयो । ‘छुजुङ्ग र वरुण नदीबाट विद्युत उत्पादन नगर्दा राज्यको कति क्षति हुन्छ, यसअघि कहिल्यै विरोध भएको थिएन र अब किन विरोध गर्नु पर्ने अवस्था आयो, सम्बन्धित निकायले बुझ्नु पर्छ,’ भुटियाले भन्नु भयो ।वातावरण संरक्षणको क्षेत्रमा क्रियाशील डुक्पा थिकेपा भोटेले जैविक विविधता र वातावरणीय दृष्टिले अति समृद्ध वरुण उपत्यकामा विद्युत परियोजना सञ्चालन गर्नु भन्दा पनि तीर्थाटन, अध्ययन र पर्यटकीयरुपले विकास गर्नुपर्नेमा जोड दिनु भयो।

 

माङरुवा तथा तल्लो वरुण नदी संघर्ष समितिका अभियन्तासमेत रहेका थिकेपाले आफूहरुलाई कुनै थाहा जानकारी नदिई गरिने निर्माण कार्यको कडा प्रतिरोध गर्ने चेतावनी दिनु भयो ।च्याम्ताङ कल्याण समाज काठमाडांैका सचिव लाक्पा आङ्जुक भोटेले आयोजनाको कारण भोटखोला गाउँपालिका वडा नम्बर २ र ४ का विभिन्न आदिवासी तथा धार्मिक समुदायको आस्था, संस्कारमाथि प्रत्यक्ष नकारात्मक असर पार्ने कार्यले स्थानीय रुष्ट भएको र संघर्षको तयारी गरेको जानकारी दिनु भयो ।च्याम्ताङवासी ङिमा पोङसुवाले वरुण र छुजुङ नदीमा विद्युत परियोजना निर्माण गरिदा हिन्दू, बौद्ध र किराँत धर्मावलम्वीहरूले गर्ने धार्मिक अनुष्ठान, पूजा, स्नान तथा साधना गर्दै आएको संस्कारमा आघात पुग्ने जनाउनु भयो । पोङसुवाले निर्माण कार्य सम्बन्धी प्रक्रिया तत्काल रोक्नुपर्ने माग राख्नु भयो ।

 

स्थानीय टिकाराम गुरुङले विद्युत परियोजनाको स्वार्थलाई सार्थक बनाउन उद्यत राज्यका केही जिम्मेवार व्यक्तिहरुको कारण धार्मिक, सांस्कृतिक र अन्तर्राष्ट्रिय चासोको क्षेत्रमाथि विनाशकारी क्रियाकलाप हुन थालेको भन्दै चिन्ता व्यक्त गर्नु भयो।आदिवासी जनजाति महासंघका पूर्वकार्यवाहक महासचिव शुकवीर थामीले सो क्षेत्रको संवेदनशीलताप्रति महासंघको ध्यानाकर्षण भएको बताउनु भयो। थामीले सिमित व्यक्तिहरुको स्वार्थको लागि सीमान्तकृत, आदिवासीहरुको आत्मसम्मान र जीविकोपार्जन गर्ने अधिकारको हनन सह्य नहुने चेतावनी दिनु भयो ।हिमालय भोटे समाजको अध्यक्ष टासीग्याल्जेन चाङ्वा भोटेले धार्मिक आस्था बोकेका पवित्र नदीहरुमा जलविद्युत परियोजना निर्माण कार्य रोक्नु पर्नेमा जोड दिनु भयो। स्थानीयको विरोध हुँदाहुँदै पनि परियोजना बनाउन दिनु राज्यको बलमिच्याई भएको उहाँको दावी छ । भोटेले मकालु वरुण राष्ट्रिय निकुञ्ज, द ग्रेट हिमालय टे«क लगायतका महत्वपूर्ण पर्यटकीय तथा धार्मिक सम्पदा मास्ने खेल भएको आरोप लगाउनु भयो।

 

सामाजिक क्षेत्रमा क्रियाशील जीवनाथ खनालले राज्य सधैं आम जनताको विपक्षमा रहेको जिकिर गर्दै भोटखोलामा जलविद्युत परियोजनाको नाममा भइरहेको अतिक्रमण त्यसैको निरन्तरता रहेको दावी गर्नु भयो । ‘राज्यको शक्ति सिंहदरवारबाट स्थानीय तहसम्म पुग्दा पनि सो प्रवृत्तिको पुनरावृति भइरहनु दुर्भाग्य हो, सो कार्य छुजुङ र वरुणमा मुखरित भएको छ,’ खनालले भन्नु भयो। सरकारको आधिकारिक निकाय विद्युत प्राधिकरणको पसलमा बिक्रीका लागि राखिएको बिजुली विकास नभई व्यापारिक वस्तु भएको खनालको कथन छ ।

 

स्थानीय मिक्मा तेम्बा लामाले जलविद्युत परियोजना निर्माण कार्यलाई अगाडि बढाउन केन्द्र सरकार एकतर्फी लागेको आरोप लगाउनु भयो । उहाँले सरकारी बलमिच्याई विरुद्ध स्थानीय सरकार, स्थानीय तहमा रहेका मकालु वरुण राष्ट्रिय निकञ्ज, जिल्लामा क्रियाशील सम्पूर्ण राजनीतिक दलका नेताहरुलगायत धार्मिक संघसंस्थाले औपचारिकरुपमा नै विरोध गर्दासमेत सिंहदरवार र परियोजना प्रबद्र्धकको साँठगाँठको कारण स्थानीय जनता आन्दोलित हुनुपरेको जानकारी दिनु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

चितवनमा सतर्कता बढाईयो, यस्तो छ बाढिको पुर्वानुमान

चितवन , १० भदौ | चितवनको देवघाटस्थित बाढी मापन केन्द्रमा नदीको पानीको सतह बढ्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देवघाटमा

विपद् व्यवस्थापनमा सरकार र प्रतिपक्ष एकजुट

काठमाडौँ ,१० भदौ। भोटेकोसी नदीमा आएको बाढीले निम्त्याएको विपद्को समयमा विपक्षी दलका नेताले सरकारलाई सघाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको विपद्

बाढिपिडितको उद्दार धमाधम

रसुवा |१० भदौ | भोटेकोशी नदीमा आएको बाढीपछि रसुवाका विभिन्न क्षेत्रमा फसेका बाढीपीडितको उद्धार धमाधम भइरहेको नेपाली सेनाले जनाएको छ। सेनाका अनुसार हालसम्म हेलिकोप्टरमार्फत १२ जनाको

रसुवा भन्सारका १४ कर्मचारी अझै सम्पर्कविहीन, खोजी र उद्धार जारी

रसुवा, १० भदौ । रसुवामा आएको बाढीपछि रसुवागढी भन्सार कार्यालयका कर्मचारीको अवस्थाबारे खोजी तथा उद्धार कार्य जारी रहेको छ । रसुवा भन्सार कार्यालयमा कुल ३६

गाडी बगाएपछि गोसाइँकुण्ड हिँडेका ११ यात्रु अलपत्र

काठमाडौँ ,१० भदौ । गोसाईंकुण्ड हिँडेको ११ जनाको टोली नुवाकोटको विदुर नगरपालिका–१ सिम्मुटारमा बाढीका कारण फसेको छ।उनीहरूका आफन्त पूर्ण खड्काका अनुसार टोली चढेको गाडी बाढीले

टिमुरे र त्रिशूलीका घर बगे : १६ प्रहरी सम्पर्कविहीन

काठमाडौँ,१० भदौ । चीनको तिब्बततर्फबाट आएको ल्हेन्दे खोलाको बाढी भोटेकोसीमा मिसिँदा रसुवामा ठुलो भौतिक क्षति भएको छ । रसुवाको टिमुरे बजार र नुवाकोटको त्रिशूली बजारमा