सिरहा,९ भदौ । सिरहाको गोलबजार नगरपालिका–३ स्थित गागन खोलाको पुल नजिकै एक युवतीको शव फेला परेको छ ।स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेको प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी घटनाबारे अनुसन्धान अघि बढाएको छ ।घटनाको प्रकृति हेर्दा युवतीको हत्या भएको हुनसक्ने आशंका गरिएको छ । यद्यपि, हत्या नै भएको हो वा अन्य कुनै कारणले मृत्यु भएको हो भन्नेबारे प्रहरीले अनुसन्धानपछि मात्रै वास्तविकता बाहिर आउने जनाएको छ ।

जसपा नेपालद्वारा लुम्बिनीका तीन सांसदसँग २४ घण्टे स्पष्टीकरण माग
काठमाडौँ,९ भदौ । जनता समाजवादी पार्टी (जसपा), नेपालले पार्टी निर्देशनविपरीत लुम्बिनी प्रदेश सरकारको पक्षमा मतदान गर्ने आफ्ना तीन प्रदेश सभा सदस्यहरूसँग २४ घण्टाभित्र पुनः स्पष्टीकरण








