दमकमा इन्टर स्कुल प्रिन्स एन्ड प्रिन्सेस मोडल आइकनको ग्राण्ड फिनाले सम्पन्न

प्रतियोगिताको निर्णायकमा मिस नेपाल कोस्मो दिपशिखा नेपाल, मिष्टर नेपाल प्रकाश चौहान, विवश राई र मनिला ढकाल रहेका थिए ।

दमक, २३ भदौ । स्नेहा लिम्बू र सोहन सेडाईँ ‘इन्टर स्कुल प्रिन्स एन्ड प्रिन्सेस मोडल आइकन–२०२६’ को विजेता बनेका छन् ।

किङ्स नेपाल क्रिएसन कम्पनी प्रालिको आयोजनामा झापाको दमकस्थित हिमालय माध्यमिक विद्यालयमा आइतबार सम्पन्न प्रतियोगिताको ग्राण्ड फिनालेमा सिनियरतर्फ प्रिन्सेसमा स्नेहा लिम्बू र प्रिन्सतर्फ सोहन सेडाईँ विजेता बनेका हुन् ।

 

सिनियर प्रिन्सेसतर्फ प्रदेश विजेता रोशनी चौधरी र झापा विजेता इच्छा राई भएका छन् । प्रिन्सतर्फ प्रदेश विजेताको ताज रवि टुडुले जितेका छन् ।

जुनियर प्रिन्सेसतर्फ नुनिवा चेम्जोङ विजेता बनेकी छन् । प्रदेश विजेता दिप्मा लिम्बू, झापा विजेता नुरिन योङ्हाङ र दमक विजेता आशिका राई भएका छन् । जुनियर प्रिन्सतर्फ ग्रीस राई विजेता भएका छन् ।

 

प्रतियोगितामा मल्टिमिडिया अवार्डतर्फ सिनियरमा प्रतिमा रोका र इच्छा राई तथा जुनियरतर्फ दिप्मा लिम्बू र यूनिस थापा मगर विजेता बनेका छन् ।

किङ्स नेपालका संस्थापक कृष्ण शाहका अनुसार प्रतियोगिताको निर्णायकमा मिस नेपाल कोस्मो दिपशिखा नेपाल, मिष्टर नेपाल प्रकाश चौहान, विवश राई र मनिला ढकाल रहेका थिए ।

 

दमक नगरपालिका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न विद्यालयबाट सहभागी प्रतियोगीहरूले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

वडा सभापतिदेखि नगर सभापतितर्फ: कांग्रेस बिर्तामोडको नेतृत्वका लागि जुझारु युवा नेता आशिष वन मैदानमा

झापा, भदौ २४ । गत वर्षदेखि नै तयारी थालेका आशिष वनले नेपाली कांग्रेस बिर्तामोडको नगर सभापति पदको लागि सशक्त दावेदारी प्रस्तुत हुनुभएको छ ।नजिकिदै गएको

विपत्तिमा सरकारको काम सन्तोषजनक छ : रवि लामिछाने

काठमाडौं ,२४ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले विपत्तिको समयमा सरकारले उद्धार, उपचार तथा राहतका लागि प्रभावकारी रूपमा राज्य संयन्त्र परिचालन गरेको

पाथीभरा पदमार्गमा जडान गरिएका ८० थान स्वचालित सोलार बत्ती, तीर्थयात्रीलाई आवतजावतमा सहज

ताप्लेजुङ , भदौ २४ । प्रसिद्ध तीर्थस्थल पाथीभरा जाने पदमार्गमा ८० थान स्वचालित (सेन्सर) सोलार बत्ती जडान गरिएको छ । दाताहरूको सौजन्यमा प्राप्त ती बत्तीहरू

नेपाल ट्रक व्यवसायी महासंघका अध्यक्ष बानियाँ भन्छन्– “कानुन त बन्यो, तर अनुगमन गर्ने निकाय र उपकरण नै छैनन्”

काठमाडौं , भदौ २४। नेपाल ट्रक व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले सरकारले यातायातसम्बन्धी नयाँ कानुन ल्याउँदा त्यसको कार्यान्वयनका लागि आवश्यक उपकरण, बजेट, जनशक्ति र

अनुहार नमिलेपछि सातदोबाटोको जेनजी सहिद सालिक उद्घाटन स्थगित

काठमाडौं ,२४ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका प्रवक्ता तथा सांसद जगदीश खरेलले सातदोबाटोस्थित सहिद पार्कमा निर्माण गरिएको जेनजी सहिदको सालिकको अनुहार नमिलेपछि उद्घाटन स्थगित गरिएको

इतिहासमा आजको दिनलाई ‘कालो दिन’का रूपमा लिनुपर्छ : हिरामान लामा

काठमाडौं ,२४ भदौ । प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले जेन–जी आन्दोलनका नाममा शहीद घोषणा गर्ने प्रक्रिया गलत ढङ्गले अघि बढाइएको आरोप लगाउनु भएको छ