कोशी ब्यारेजमा पानीको बहाव एक लाख ९० हजार, २४ ढोका खुला, सतर्कता अपनाउन आग्रह

इनरुवा,९ असोज । पूर्वी पहाडी तथा तराईका जिल्लामा भएको लगातार वर्षाका कारणले कोशी नदीमा कोसी ब्यारेज भएर बग्ने पानीको बहावमा वृद्धि भएको छ ।

शुक्रबार बिहान ९ः१५ बजे गरिएको मापन अनुसार कोसी ब्यारेज भएर बग्ने पानीको बहाव १ लाख ९० हजार ६८० क्युसेक प्रतिसेकेन्ड रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सहायक सूचना अधिकारी होम ओलीले जानकारी दिनुभयो ।

पानीको बहाव उच्च भएपछि कोशी ब्यारेजका मूल ५२ वटा र नहरको ४ वटा गरेर कुल ५६ वटा ढोका मध्ये २४ वटा ढोका खुल्ला गरिएको उहाँले जानकारी दिनुभयो ।

पानीको बहावबढेसंगै कोसी ब्यारेजमा खतराको सङकेत स्वरूप रातो बत्ती बालिएको छ भने रातो झन्डा समेत फहराइएको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।

नदीमा पानीको बहाव अझै बढ्न सक्ने अनुमान सहित जलस्तरको अवस्था निरन्तर अनुगमन भइरहेको कन्ट्रोल रुमले जनाएको छ ।

नदीको बहाव बढेसँगै कोशी आसपासका तटीय क्षेत्र तथा जोखिमयुक्त बस्तीका बासिन्दालाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय सुनसरीले आग्रह गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले जानकारी दिनुभयो ।

नेपाल मौसम विज्ञान विभागद्वारा जारी विशेष मौसमी बुलेटिनअनुसार आगामी असोज ११ गते आइतबारसम्म कोशी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

थापाथलीस्थित बागमती नदीमा जल सतह सतर्कता तह पार

काठमाडौं ,९ असोज। काठमाडौंको थापाथलीस्थित बागमती नदीमा जल सतह सतर्कता तह पार गरेको छ ।   लगातारको वर्षाका कारण बागमती नदीमा पानीको बहाव बढेसँगै थापाथली

पृथ्वी राजमार्गमा सवारीसाधन सञ्चालन पूर्ण रूपमा रोक

काठमाडौं,९ असोज । अविरल बर्षाका कारण देशका प्रमुख राजमार्गहरु प्रभावित भएका छन् । काठमाडौं जोड्ने केही राजमार्ग अवरुद्ध भएपनि केही भने संचालनमा छन् । कान्तिलोकपथ

कोरला नाकामा हिमपात, तल्लो मुस्ताङमा वर्षा

मुस्ताङ ,९ असोज। मुस्ताङको उत्तरी चीनसँगको सीमावर्ती कोरला नाका क्षेत्रमा सामान्य हिमपात भएको छ । उच्च हिमाली क्षेत्रमा मौसममा आएको परिवर्तनसँगै चिसो बढ्ने सम्भावना रहेको

मनोहरा खोलामा पानीको वहाब बढ्यो, एमाले पार्टी कार्यालय डुबानको जोखिममा

ललितपुर ,९ असोज। मनोहरा खोलामा आएको बाढीका कारण ललितपुरको च्यासल क्षेत्र बढी प्रभावित देखिएको छ । नेकपा एमालेको केन्द्रीय कार्यालय अगाडि पानीको बहाव बढेको छ

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको सम्बोधन ,अन्तर्राष्ट्रिय मिडियामा नेपालको नयाँ तस्वीर

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा शुक्रबार बिहान गरेको सम्बोधनलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्राथमिकता दिनुभएको छ। शाहको सम्बोधनको खास विषय रहेको हिमालयको बढ्दो जोखिम

शिक्षिकाको निधनमा विद्यालयबाट ६५ हजार सहयोग

पथरी, ९ असोज / मोरङको पथरी शनिश्चरे १ स्थित पञ्चायत माविकी शिक्षिका शान्तिदेवी गौतम न्यौपानेको निधनमा विद्यालयले उहाँका परिवारलाई ६५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान