पूर्वाधार मन्त्री र चिनियाँ राजदूत वाङ माओमिङबीच भेटवार्ता

काठमाडौं ,९ असोज। पूर्वाधार विकासमन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत वाङ माओमिङबीच शुक्रबार सिंहदरबारमा भेटवार्ता भएको छ ।

भेटका क्रममा मन्त्री लम्सालले रसुवामा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा विकास, रसुवागढी केरुङ नाका पुनः सञ्चालन, करिब ६ लाख नेपाली नागरिकको राज्यसँगको सम्पर्क तथा सहज आवतजावत र कोरला तथा तातोपानी नाकाको प्रभावकारी सञ्चालनलगायत विषयमा चीन सरकारबाट आवश्यक सहयोगका लागि आग्रह गर्नुभएको छ ।

भोटेकोशीमा आएको बाढीका कारण नेपालको प्रमुख व्यापारिक नाका रसुवागढी बन्द भएको उल्लेख गर्दै मन्त्री लम्सालले तत्कालका लागि पुरानै स्थानबाट अस्थायी सडक तथा यातायातको व्यवस्था मिलाएर स्थानीय नागरिकलाई राहत दिने गरी नेपाल सरकारले दिनरात काम गरिरहेको जानकारी दिए ।

उहाँले स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको सडकखण्ड तत्काल सञ्चालनमा ल्याउन चीन सरकारको सहयोग आवश्यक रहेको बताउँदै त्यसका लागि सहयोग गर्न आग्रह गर्नुभयो ।

मन्त्री लम्सालले काठमाडौं रसुवागढी केरुङ नाकासम्मको दीर्घकालीन सडक पूर्वाधार विकासका लागि नयाँ विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी आवश्यक स्थानमा ट्रयाक खोल्ने कार्यमा समेत सरकार अघि बढेको जानकारी गराउनु भयो । उहाँले सो कार्यमा चीन सरकारको सहयोग र समन्वयका लागि आग्रह गर्नुभयो ।

भेटका क्रममा चिनियाँ राजदूत वाङ माओमिङले चीन नेपालका असल मित्र तथा छिमेकीका रूपमा नेपाललाई हरसम्भव सहयोग गर्न तयार रहेको बताउनु भयो । उहाँले नेपालको प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेको रसुवागढी नाकाको पुनर्निर्माण तथा सञ्चालनका लागि विशेष अध्ययन गरी दीर्घकालीन र प्रभावकारी पूर्वाधार निर्माण गर्नुपर्ने धारणा राख्नु भयो ।

राजदूत वाङले कोरला र तातोपानी नाका सञ्चालनका लागि चीन सरकार सकारात्मक रहेको जानकारी दिँदै रसुवागढी नाकाको पुनर्निर्माण तथा सञ्चालनका सम्बन्धमा नेपाल सरकारले विशेष प्रस्ताव पठाएमा आवश्यक समन्वय र सहयोगका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सप्तकोशीमा पानीको बहाव उच्च : कोशी ब्यारेजका ३४ ढोका खोलिए, तटीय क्षेत्रमा उच्च सतर्कता

इनरुवा , असोज ९ । सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढेपछि कोशी ब्यारेजका ३४ वटा ढोका खोलिएका छन् । लगातारको वर्षाका कारण नदीको जलस्तर बढ्दै

कोशी र मधेश प्रदेशबीच साझा आर्थिक समृद्धिका लागि ५ रणनीतिक पिल्लरमा सहकार्यको सहमति

विराटनगर , असोज ९। भौगोलिक सामीप्यता र आर्थिक अन्तरनिर्भरतालाई सहकार्यमा रूपान्तरण गर्दै कोशी र मधेश प्रदेशले संयुक्त आर्थिक समृद्धिका योजनाहरू अघि सारेका छन्। विराटनगरमा आयोजित

कोशीका पहाडी जिल्लामा बाढी–पहिरोको वितण्डा : ७ जिल्लामा रात्रिकालीन सवारी सञ्चालनमा रोक

विराटनगर , असोज ९। लगातारको वर्षाका कारण कोशी प्रदेशका पहाडी जिल्लाहरूमा बाढी र पहिरो जाँदा मुख्य लोकमार्ग तथा भित्री सडक खण्डहरू अवरुद्ध भएका छन्। प्रतिकूल

अध्यादेशले खारेज गरेका ८५ कानुन ब्युँताउन संसदमा नयाँ विधेयक दर्ता

काठमाडौँ , ९ असोज। सरकारले अध्यादेश ल्याएर खारेज गरेका १ हजार ५९४ राजनीतिक नियुक्ति खारेज गरेका कानुन ब्युँताउन विधेयक संसदमा पुर्‍याएको छ । ‘सार्वजनिक पदाधिकारीको

एनके प्यूरिफायरको लक्की ड्र विवाद : गाउँगाउँमा खटिएका एजेन्टमाथि पैसा फिर्ताको चर्को दबाब

बिर्तामोड , ९ असोज। एनके प्यूरिफायरका लागि गाउँगाउँमा ग्राहक बनाउने एजेन्टहरुमाथि दबाब बढ्न थालेको छ । कम्पनीले फाइनल लक्की ड्रमा धाँदली गरेको घटना बाहिर आएसँगै

विराटनगरमा कांग्रेस वडा अधिवेशनका क्रममा कुटाकुट : एक उम्मेदवार प्रहरी नियन्त्रणमा

 विराटनगर , ९ असोज। विराटनगरमा नेपाली कांग्रेसको वडा अधिवेशनका क्रममा दुई पक्षबीच कुटाकुट भएको छ ।विराटनगर महानगरपालिका–६ को वडा अधिवेशनका क्रममा शुक्रबार दिउँसो दुई पक्षबीच