सप्तकोशीमा पानीको बहाव उच्च : कोशी ब्यारेजका ३४ ढोका खोलिए, तटीय क्षेत्रमा उच्च सतर्कता

इनरुवा , असोज ९ । सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढेपछि कोशी ब्यारेजका ३४ वटा ढोका खोलिएका छन् । लगातारको वर्षाका कारण नदीको जलस्तर बढ्दै गएपछि ब्यारेजमा रातो बत्ती बाल्नुका साथै रातो झण्डासमेत फहराइएको छ ।शुक्रबार दिउँसो ४ः१५ बजे गरिएको मापनअनुसार कोशी ब्यारेज भएर प्रतिसेकेन्ड २ लाख ६२ हजार २३० क्युसेक पानी बगिरहेको सुनसरी प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्रबहादुर खड्काले बताए ।यसअघि ब्यारेजका ३१ वटा ढोका खोलिएका थिए । पानीको बहाव निरन्तर बढेपछि ब्यारेजका ५२ वटा मूल ढोका र नहरतर्फका चारवटा गरी कुल ५६ ढोकामध्ये ३४ वटा खोलिएको खड्काले बताए ।नियमअनुसार कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड एक लाख ५० हजार क्युसेक नाघेपछि पश्चिमतर्फ, दुई लाख क्युसेक नाघेपछि पूर्वतर्फ र तीन लाख क्युसेक नाघेपछि मध्यभागमा समेत रातो बत्ती बाल्ने व्यवस्था छ ।

ब्यारेज निर्माणका क्रममा प्रतिसेकेन्ड ९ लाख ५० हजार क्युसेकसम्म पानीको भारवहन क्षमता राखिएको थियो । तर, ब्यारेजको माथिल्लो भागमा बालुवा जम्मा हुँदा जोखिम बढ्ने गरेको बताइएको छ ।नदीमा पानीको बहाव अझै बढ्न सक्ने भएकाले ब्यारेज कन्ट्रोल रुमले जलस्तरको अवस्थाबारे निरन्तर निगरानी गरिरहेको जनाएको छ । पानीको सतह बढ्दै गएपछि सप्तकोशी आसपासका तटीय क्षेत्र र जोखिमयुक्त बस्तीमा उच्च सतर्कता अपनाइएको छ ।सम्भावित जोखिमबारे स्थानीयलाई जानकारी गराउन सुरक्षाकर्मीले माइकिङसमेत गरिरहेका छन् । सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले सप्तकोशीमा पानीको बहाव निरन्तर बढिरहेको भन्दै नदी आसपासका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरेका छन् ।उनले विशेषगरी नदीमा बगेर आउने काठदाउरा निकाल्न जाने कार्य जोखिमपूर्ण हुन सक्ने भएकाले त्यस्तो काममा नजान सर्वसाधारणलाई आग्रह गरेका छन् ।कोशी प्रदेशमा अझै वर्षाको सम्भावना रहेकाले नदीको बहाव तत्काल घट्ने अवस्था नरहेको सुरक्षा निकायले जनाएको छ । वर्षा र नदीको जलस्तर बढिरहेको अवस्थामा प्रशासनले सप्तकोशी आसपासका बासिन्दालाई नदी किनारमा नजान तथा सम्भावित जोखिमप्रति सचेत रहन आग्रह गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा

दक्षिण सुडानमा नेपाली सोनाको १६औँ चोटी फेरबदल

काठमाडौं ,२९ असोज । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ नेपाली सेनाको टोली फेरबदल भएको छ । नेपाली सेनाको जनसम्पर्क