मधेसमा नयाँ राजनीतिक अभियान ‘हुङ्कार मधेस’को उदय, युवा नेतृत्वमा नयाँ शक्ति निर्माणको घोषणा

काठमाडौं,९ असोज । मधेसमा नयाँ राजनीतिक शक्ति निर्माणको अभियान सुरु भएको छ।

‘हुङ्कार मधेस’ नामक नयाँ राजनीतिक अभियानले अवधारणा पत्र र केन्द्रीय अभियन्ताहरूको सूची सार्वजनिक गर्दै औपचारिक रूपमा आफ्नो यात्रा अघि बढाएको हो।
अभियानले मधेसका राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक मुद्दालाई केन्द्रमा राख्दै युवा नेतृत्व र नयाँ राजनीतिक वैकल्पिक शक्तिको निर्माणमा जोड दिएको छ।
हुङ्कार मधेसले नेपाललाई सार्वभौमसत्ता सम्पन्न, स्वतन्त्र र बहुभाषिक राज्यका रूपमा स्वीकार गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, समानुपातिक समावेशिता र नागरिक सर्वोच्चताप्रति प्रतिबद्धता जनाएको छ।
अभियानले देशमा विद्यमान समस्या समाधानका लागि संघीयतावादी, पहिचानवादी, अधिकारवादी तथा प्रगतिशील शक्तिहरू एकजुट हुनुपर्ने धारणा अघि सारेको छ।
मधेसी, आदिवासी जनजाति, थारु, दलित, मुस्लिम, महिला तथा अन्य अल्पसङ्ख्यक समुदायको पहिचान, समानुपातिक समावेशीकरण र सामाजिक न्याय सुनिश्चित गर्न संघर्ष गर्ने अभियानको प्रतिबद्धता छ।
त्यस्तै, विगतका आन्दोलनबाट प्राप्त उपलब्धिको संरक्षण, संविधानमा सुनिश्चित अधिकारको कार्यान्वयन तथा आवश्यक संविधान संशोधन र परिमार्जनका लागि पहल गर्ने जनाएको छ।
हुङ्कार मधेसले आफूलाई केवल सामाजिक अभियानमा सीमित नराखी ८‘सभ्यतागत पुनर्जागरण, वैचारिक पुनर्निर्माण र सामाजिक रूपान्तरण’८को अभियानका रूपमा अघि सारेको छ। पूर्वीय दर्शन, सभ्यता, संस्कृति र ज्ञान प्रणालीलाई आधार बनाएर समाज, राज्य र अर्थतन्त्रको पुनर्संरचनाको बहस अघि बढाउने उसको भनाइ छ।
अभियानले सनातन, संघीयता, सामाजिक न्याय, सुशासन र समृद्धिलाई आफ्नो मूल मन्त्रका रूपमा प्रस्तुत गरेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सप्तकोशीमा पानीको बहाव उच्च : कोशी ब्यारेजका ३४ ढोका खोलिए, तटीय क्षेत्रमा उच्च सतर्कता

इनरुवा , असोज ९ । सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढेपछि कोशी ब्यारेजका ३४ वटा ढोका खोलिएका छन् । लगातारको वर्षाका कारण नदीको जलस्तर बढ्दै

कोशी र मधेश प्रदेशबीच साझा आर्थिक समृद्धिका लागि ५ रणनीतिक पिल्लरमा सहकार्यको सहमति

विराटनगर , असोज ९। भौगोलिक सामीप्यता र आर्थिक अन्तरनिर्भरतालाई सहकार्यमा रूपान्तरण गर्दै कोशी र मधेश प्रदेशले संयुक्त आर्थिक समृद्धिका योजनाहरू अघि सारेका छन्। विराटनगरमा आयोजित

कोशीका पहाडी जिल्लामा बाढी–पहिरोको वितण्डा : ७ जिल्लामा रात्रिकालीन सवारी सञ्चालनमा रोक

विराटनगर , असोज ९। लगातारको वर्षाका कारण कोशी प्रदेशका पहाडी जिल्लाहरूमा बाढी र पहिरो जाँदा मुख्य लोकमार्ग तथा भित्री सडक खण्डहरू अवरुद्ध भएका छन्। प्रतिकूल

अध्यादेशले खारेज गरेका ८५ कानुन ब्युँताउन संसदमा नयाँ विधेयक दर्ता

काठमाडौँ , ९ असोज। सरकारले अध्यादेश ल्याएर खारेज गरेका १ हजार ५९४ राजनीतिक नियुक्ति खारेज गरेका कानुन ब्युँताउन विधेयक संसदमा पुर्‍याएको छ । ‘सार्वजनिक पदाधिकारीको

एनके प्यूरिफायरको लक्की ड्र विवाद : गाउँगाउँमा खटिएका एजेन्टमाथि पैसा फिर्ताको चर्को दबाब

बिर्तामोड , ९ असोज। एनके प्यूरिफायरका लागि गाउँगाउँमा ग्राहक बनाउने एजेन्टहरुमाथि दबाब बढ्न थालेको छ । कम्पनीले फाइनल लक्की ड्रमा धाँदली गरेको घटना बाहिर आएसँगै

विराटनगरमा कांग्रेस वडा अधिवेशनका क्रममा कुटाकुट : एक उम्मेदवार प्रहरी नियन्त्रणमा

 विराटनगर , ९ असोज। विराटनगरमा नेपाली कांग्रेसको वडा अधिवेशनका क्रममा दुई पक्षबीच कुटाकुट भएको छ ।विराटनगर महानगरपालिका–६ को वडा अधिवेशनका क्रममा शुक्रबार दिउँसो दुई पक्षबीच