बाढी–पहिरोले देशभरका राजमार्ग ठप्प, रातको यात्रामा कडा प्रतिबन्ध

काठमाडौं ,९ असोज। अविरल वर्षासँगै आएको बाढी र पहिरोले देशभरका मुख्य राजमार्ग तथा सडक खण्ड प्रभावित भएका छन्।

शुक्रबार दिउँसो ३ बजेसम्मको विवरणअनुसार उपत्यकासहित कोशी, बागमती र गण्डकी प्रदेशका दर्जनौँ सडक पूर्ण रूपमा अवरुद्ध भएका छन्।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै विभिन्न जिल्ला प्रशासन कार्यालयले प्रमुख राजमार्गमा रात्रिकालीन सवारी आवागमनमा समेत रोक लगाएका छन्।
बागमती प्रदेशमा कान्ति लोकपथ, बीपी राजमार्ग, नारायणगढ–मुग्लिन सडक, पृथ्वी राजमार्ग, कान्ति राजमार्ग र त्रिभुवन राजपथका विभिन्न खण्डमा बाढी तथा पहिरोले यातायात प्रभावित भएको छ। ललितपुरको भटेडाँडा र गोदावरीको बर्खेधारामा पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा बन्द छ भने काभ्रेको रोशी गाउँपालिका–किम्तिबेँसीमा पहिरो गएपछि बीपी राजमार्ग पनि अवरुद्ध छ।

नारायणगढ–मुग्लिन सडकमा अर्को सूचना नभएसम्म रातको समयमा आवागमन बन्द गरिएको छ। पृथ्वी राजमार्गको इच्छाकामना क्षेत्रमा साना सवारी साधन मात्र सञ्चालनमा छन्। धादिङको बेनीघाट र कृष्णभिरमा पहिरो जाँदा राजमार्ग प्रभावित भएको छ। रसुवाका मुख्य सडकसमेत पूर्ण रूपमा बन्द छन्।

कोशी प्रदेशका पहाडी तथा हिमाली जिल्लामा पनि सडक सञ्जालमा ठूलो असर परेको छ। पाँचथरको तुम्बेवास्थित नावाखोलामा आएको बाढीले तमोर कोरिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ। ओखलढुङ्गाको भँडारे खोलामा बाढी आउँदा सिद्धिचरण लोकमार्गमा यातायात सञ्चालन हुन सकेको छैन।
सोलुखुम्बुमा जोखिमलाई मध्यनजर गर्दै असोज १२ गतेसम्म साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म सवारी साधन र पैदल यात्रासमेत रोक लगाइएको छ। भोजपुरको मध्यपहाडी लोकमार्ग र इलामको मेची राजमार्गमा पनि रातको समयमा सवारी सञ्चालनमा प्रतिबन्ध लगाइएको छ।

गण्डकी प्रदेशमा मनाङको चामे–बेँसीसहर सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा बन्द छ। बेँसीसहर–खाङ्सार सडकमा पनि असोज १२ गतेसम्म राति ७ बजेदेखि बिहान ६ बजेसम्म सवारी सञ्चालन रोकिएको छ। कास्कीका ग्रामीण सडकमा समेत असोज ११ गतेसम्म रात्रिकालीन यात्रामा प्रतिबन्ध लगाइएको छ।

लगातारको वर्षाका कारण थप पहिरो तथा बाढीको जोखिम रहेकाले अत्यावश्यक कामबाहेक रातको समयमा लामो दूरीको यात्रा नगर्न सम्बन्धित निकायले सर्वसाधारणलाई आग्रह गरेका छन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सप्तकोशीमा पानीको बहाव उच्च : कोशी ब्यारेजका ३४ ढोका खोलिए, तटीय क्षेत्रमा उच्च सतर्कता

इनरुवा , असोज ९ । सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढेपछि कोशी ब्यारेजका ३४ वटा ढोका खोलिएका छन् । लगातारको वर्षाका कारण नदीको जलस्तर बढ्दै

कोशी र मधेश प्रदेशबीच साझा आर्थिक समृद्धिका लागि ५ रणनीतिक पिल्लरमा सहकार्यको सहमति

विराटनगर , असोज ९। भौगोलिक सामीप्यता र आर्थिक अन्तरनिर्भरतालाई सहकार्यमा रूपान्तरण गर्दै कोशी र मधेश प्रदेशले संयुक्त आर्थिक समृद्धिका योजनाहरू अघि सारेका छन्। विराटनगरमा आयोजित

कोशीका पहाडी जिल्लामा बाढी–पहिरोको वितण्डा : ७ जिल्लामा रात्रिकालीन सवारी सञ्चालनमा रोक

विराटनगर , असोज ९। लगातारको वर्षाका कारण कोशी प्रदेशका पहाडी जिल्लाहरूमा बाढी र पहिरो जाँदा मुख्य लोकमार्ग तथा भित्री सडक खण्डहरू अवरुद्ध भएका छन्। प्रतिकूल

अध्यादेशले खारेज गरेका ८५ कानुन ब्युँताउन संसदमा नयाँ विधेयक दर्ता

काठमाडौँ , ९ असोज। सरकारले अध्यादेश ल्याएर खारेज गरेका १ हजार ५९४ राजनीतिक नियुक्ति खारेज गरेका कानुन ब्युँताउन विधेयक संसदमा पुर्‍याएको छ । ‘सार्वजनिक पदाधिकारीको

एनके प्यूरिफायरको लक्की ड्र विवाद : गाउँगाउँमा खटिएका एजेन्टमाथि पैसा फिर्ताको चर्को दबाब

बिर्तामोड , ९ असोज। एनके प्यूरिफायरका लागि गाउँगाउँमा ग्राहक बनाउने एजेन्टहरुमाथि दबाब बढ्न थालेको छ । कम्पनीले फाइनल लक्की ड्रमा धाँदली गरेको घटना बाहिर आएसँगै

विराटनगरमा कांग्रेस वडा अधिवेशनका क्रममा कुटाकुट : एक उम्मेदवार प्रहरी नियन्त्रणमा

 विराटनगर , ९ असोज। विराटनगरमा नेपाली कांग्रेसको वडा अधिवेशनका क्रममा दुई पक्षबीच कुटाकुट भएको छ ।विराटनगर महानगरपालिका–६ को वडा अधिवेशनका क्रममा शुक्रबार दिउँसो दुई पक्षबीच