२२ स्थानमा सम्पन्न भयो सैन्य आधार तालिम, झण्डै तीन हजार नयाँ सिपाही फौजमा सामेल

काठमाडौं , असोज ९। नेपाली सेनाका तालिम केन्द्र तथा विभिन्न युनिटमा सञ्चालित नौ महिने सैन्य आधार तालिम सम्पन्न भएको छ । तालिम पूरा गरेका २ हजार ५०२ पुरुष र ४६६ महिला गरी कुल २ हजार ९६८ जना सैन्य दीक्षित भएका छन् ।नेपाली सेनाका सैन्य तालिम केन्द्रसहित विभिन्न २२ स्थानमा सञ्चालन भएको तालिमको समापनका अवसरमा छुट्टाछुट्टै अन्तिम दलेल कवाज आयोजना गरिएको थियो । कार्यक्रममा प्रशिक्षार्थीहरूले अन्तिम दलेल कवाज प्रस्तुत गरेका थिए ।श्री नं. १ सैन्य तालिम केन्द्र, त्रिशूलीमा तालिम सम्पन्न गरेका प्रशिक्षार्थीहरूको अन्तिम दलेल कवाज श्री नं. १६ बाहिनी अड्डामा आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा सैनिक तालिम महानिर्देशक उपरथी प्रेमबहादुर पुनले कवाज निरीक्षण गर्नुका साथै उत्कृष्ट शिक्षार्थीहरूलाई पुरस्कृत गरेका थिए । त्यस्तै, श्री नं. २ सैन्य तालिम केन्द्र, सैनामैनामा आयोजित समापन कार्यक्रममा मध्य पश्चिम पृतनापति उपरथी हिम्मतबहादुर विष्टले कवाज निरीक्षण गरी उत्कृष्ट शिक्षार्थीहरूलाई पुरस्कार प्रदान गरेका थिए । नेपाली सेनाका विभिन्न बाहिनी, शिक्षालय तथा गणमा आयोजित कार्यक्रममा सम्बन्धित रथीवृन्दहरूले कवाज निरीक्षण गरेका थिए ।समापन समारोहमा विभिन्न जिल्लाका तथा स्थानीय तहका प्रतिनिधि, सरकारी कार्यालयका कर्मचारी, नवनियुक्त सिपाहीका परिवार तथा आफन्त र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सप्तकोशीमा पानीको बहाव उच्च : कोशी ब्यारेजका ३४ ढोका खोलिए, तटीय क्षेत्रमा उच्च सतर्कता

इनरुवा , असोज ९ । सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढेपछि कोशी ब्यारेजका ३४ वटा ढोका खोलिएका छन् । लगातारको वर्षाका कारण नदीको जलस्तर बढ्दै

कोशी र मधेश प्रदेशबीच साझा आर्थिक समृद्धिका लागि ५ रणनीतिक पिल्लरमा सहकार्यको सहमति

विराटनगर , असोज ९। भौगोलिक सामीप्यता र आर्थिक अन्तरनिर्भरतालाई सहकार्यमा रूपान्तरण गर्दै कोशी र मधेश प्रदेशले संयुक्त आर्थिक समृद्धिका योजनाहरू अघि सारेका छन्। विराटनगरमा आयोजित

कोशीका पहाडी जिल्लामा बाढी–पहिरोको वितण्डा : ७ जिल्लामा रात्रिकालीन सवारी सञ्चालनमा रोक

विराटनगर , असोज ९। लगातारको वर्षाका कारण कोशी प्रदेशका पहाडी जिल्लाहरूमा बाढी र पहिरो जाँदा मुख्य लोकमार्ग तथा भित्री सडक खण्डहरू अवरुद्ध भएका छन्। प्रतिकूल

अध्यादेशले खारेज गरेका ८५ कानुन ब्युँताउन संसदमा नयाँ विधेयक दर्ता

काठमाडौँ , ९ असोज। सरकारले अध्यादेश ल्याएर खारेज गरेका १ हजार ५९४ राजनीतिक नियुक्ति खारेज गरेका कानुन ब्युँताउन विधेयक संसदमा पुर्‍याएको छ । ‘सार्वजनिक पदाधिकारीको

एनके प्यूरिफायरको लक्की ड्र विवाद : गाउँगाउँमा खटिएका एजेन्टमाथि पैसा फिर्ताको चर्को दबाब

बिर्तामोड , ९ असोज। एनके प्यूरिफायरका लागि गाउँगाउँमा ग्राहक बनाउने एजेन्टहरुमाथि दबाब बढ्न थालेको छ । कम्पनीले फाइनल लक्की ड्रमा धाँदली गरेको घटना बाहिर आएसँगै

विराटनगरमा कांग्रेस वडा अधिवेशनका क्रममा कुटाकुट : एक उम्मेदवार प्रहरी नियन्त्रणमा

 विराटनगर , ९ असोज। विराटनगरमा नेपाली कांग्रेसको वडा अधिवेशनका क्रममा दुई पक्षबीच कुटाकुट भएको छ ।विराटनगर महानगरपालिका–६ को वडा अधिवेशनका क्रममा शुक्रबार दिउँसो दुई पक्षबीच