विराटनगरमा कांग्रेस वडा अधिवेशनका क्रममा कुटाकुट : एक उम्मेदवार प्रहरी नियन्त्रणमा

 विराटनगर , ९ असोज। विराटनगरमा नेपाली कांग्रेसको वडा अधिवेशनका क्रममा दुई पक्षबीच कुटाकुट भएको छ ।विराटनगर महानगरपालिका–६ को वडा अधिवेशनका क्रममा शुक्रबार दिउँसो दुई पक्षबीच कुटाकुट भएको हो ।नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा कुटाकुट भएपछि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।भलबद्र सेवा समिति केसलियाको सभाहलमा मतदान भइरहेका बेला क्रममा विवाद भएको थियो । मोरङ प्रहरी प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रका अनुसार दुई पक्षबीच विवाद भएको थियो ।

कुटाकुटपछि प्रहरीले मुस्लिम कोटाका क्षेत्रीय प्रतिनिधिका उम्मेदवार विराटनगर – ६ का इरसाद अहमदलाई  नियन्त्रणमा लिएको छ ।कुटाकुटका कारण केही समय  रोकिएको मतदान प्रक्रिया पुन सुरु भएको छ ।वडा अधिवेशनमा सहमति नभएपछि मतदान भएको थियो । वडाको नेतृत्वका लागि राम ढकाल र प्रकाश मण्डल भोला प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा छन् । यता नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ का कार्यवहाक सभापति चुमनारायण तवदारले वडा अधिवेशन शान्तिपूर्ण रुपमा सञ्चालन भइरहेको दाबी गरे ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सप्तकोशीमा पानीको बहाव उच्च : कोशी ब्यारेजका ३४ ढोका खोलिए, तटीय क्षेत्रमा उच्च सतर्कता

इनरुवा , असोज ९ । सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढेपछि कोशी ब्यारेजका ३४ वटा ढोका खोलिएका छन् । लगातारको वर्षाका कारण नदीको जलस्तर बढ्दै

कोशी र मधेश प्रदेशबीच साझा आर्थिक समृद्धिका लागि ५ रणनीतिक पिल्लरमा सहकार्यको सहमति

विराटनगर , असोज ९। भौगोलिक सामीप्यता र आर्थिक अन्तरनिर्भरतालाई सहकार्यमा रूपान्तरण गर्दै कोशी र मधेश प्रदेशले संयुक्त आर्थिक समृद्धिका योजनाहरू अघि सारेका छन्। विराटनगरमा आयोजित

कोशीका पहाडी जिल्लामा बाढी–पहिरोको वितण्डा : ७ जिल्लामा रात्रिकालीन सवारी सञ्चालनमा रोक

विराटनगर , असोज ९। लगातारको वर्षाका कारण कोशी प्रदेशका पहाडी जिल्लाहरूमा बाढी र पहिरो जाँदा मुख्य लोकमार्ग तथा भित्री सडक खण्डहरू अवरुद्ध भएका छन्। प्रतिकूल

अध्यादेशले खारेज गरेका ८५ कानुन ब्युँताउन संसदमा नयाँ विधेयक दर्ता

काठमाडौँ , ९ असोज। सरकारले अध्यादेश ल्याएर खारेज गरेका १ हजार ५९४ राजनीतिक नियुक्ति खारेज गरेका कानुन ब्युँताउन विधेयक संसदमा पुर्‍याएको छ । ‘सार्वजनिक पदाधिकारीको

एनके प्यूरिफायरको लक्की ड्र विवाद : गाउँगाउँमा खटिएका एजेन्टमाथि पैसा फिर्ताको चर्को दबाब

बिर्तामोड , ९ असोज। एनके प्यूरिफायरका लागि गाउँगाउँमा ग्राहक बनाउने एजेन्टहरुमाथि दबाब बढ्न थालेको छ । कम्पनीले फाइनल लक्की ड्रमा धाँदली गरेको घटना बाहिर आएसँगै

विराटनगरमा कांग्रेस वडा अधिवेशनका क्रममा कुटाकुट : एक उम्मेदवार प्रहरी नियन्त्रणमा

 विराटनगर , ९ असोज। विराटनगरमा नेपाली कांग्रेसको वडा अधिवेशनका क्रममा दुई पक्षबीच कुटाकुट भएको छ ।विराटनगर महानगरपालिका–६ को वडा अधिवेशनका क्रममा शुक्रबार दिउँसो दुई पक्षबीच