कोशीका पहाडी जिल्लामा बाढी–पहिरोको वितण्डा : ७ जिल्लामा रात्रिकालीन सवारी सञ्चालनमा रोक

विराटनगर , असोज ९। लगातारको वर्षाका कारण कोशी प्रदेशका पहाडी जिल्लाहरूमा बाढी र पहिरो जाँदा मुख्य लोकमार्ग तथा भित्री सडक खण्डहरू अवरुद्ध भएका छन्। प्रतिकूल मौसमका कारण हुनसक्ने सम्भावित दुर्घटना र क्षति न्यूनीकरण गर्न प्रहरीले प्रदेशका ७ वटा पहाडी जिल्लामा रात्रिकालीन समयमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ।कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार बाढी र पहिरोका कारण पाँचथर, इलाम, ताप्लेजुङ, सोलुखुम्बु र तेह्रथुमका विभिन्न सडक खण्डहरूमा यातायात पूर्ण रूपमा अवरुद्ध बनेको छ। पाँचथरको तुम्बेवा गाउँपालिका–२ नावाखोलामा पानीको बहाव बढेपछि तमोर करिडोर र फालेलुङ–२ बरडाँडामा पहिरो जाँदा मेमेङ–जोरपोखरी सडक ठप्प भएको छ। यस्तै पाँचथरकै याङवरक–२ दोभानेमा झरेको पहिरोले मध्यपहाडी लोकमार्ग तथा सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ साल्मेमा पहिरो खस्दा सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ। इलामको माईजोगमाईस्थित जोगमाई खोला र सूर्योदय नगरपालिकास्थित मयुम खोलामा पानीको सतह बढेपछि भित्री सडकहरू बन्द भएका छन् भने इलाम–९ मा पहिरो जाँदा इलाम–बिर्तामोड सडक प्रभावित भएको छ। यसैगरी ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाका दोभान र मिरिङदिङमा पहिरो झर्दा तथा तेह्रथुमको लालीगुँरासमा सडकमा हिलो र लेदो जम्दा भित्री सडक खण्डहरू अवरुद्ध भएका छन्।

वर्षाका कारण सडकमा पहिरो र बाढीको जोखिम उच्च रहेकाले प्रहरीले प्रदेशका विभिन्न लोकमार्ग तथा भित्री सडकहरूमा निश्चित समयका लागि सवारी सञ्चालन बन्द गरेको छ। जसअनुसार इलाम, पाँचथर र ताप्लेजुङमा मेची लोकमार्ग तथा भित्री सडकहरूमा असोज ११ गतेसम्म बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको छ। यस्तै धनकुटामा कोशी लोकमार्ग भएर चल्ने सवारीमा असोज ११ सम्म बेलुकी ७ देखि बिहान ५ बजेसम्म, तेह्रथुममा असोज १० सम्म बेलुकी ६ः३० देखि बिहान ५ बजेसम्म र सङ्खुवासभामा असोज ११ सम्म बेलुकी ६ देखि बिहान ६ बजेसम्म गाडी चलाउन निषेध गरिएको छ। यसैगरी भोजपुरमा मध्यपहाडी लोकमार्गमा असोज ८ गतेदेखि निरन्तर बेलुकी ७ देखि बिहान ५ बजेसम्म, सोलुखुम्बुमा सिद्धिचरण लोकमार्गमा बेलुकी ६ देखि बिहान ६ बजेसम्म र उदयपुरमा असोज १२ सम्म बेलुकी ५ देखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।प्रहरीले बाढी र पहिरोको जोखिम कायमै रहेकाले अत्यावश्यक बाहेक रातको समयमा यात्रा नगर्न तथा सडकको पछिल्लो अवस्था बुझेर मात्र गन्तव्यतर्फ लाग्न सर्वसाधारणलाई अनुरोध गरेको छ। कुनै समस्या परेमा वा जानकारी लिनुपरेमा नेपाल प्रहरीको १००, ट्राफिक प्रहरीको १०३ तथा प्रदेश प्रहरीको फोन नम्बर ०२१–४३७००१ वा ९८५२०९०९९९ मा सम्पर्क गर्न सकिने जनाइएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सप्तकोशीमा पानीको बहाव उच्च : कोशी ब्यारेजका ३४ ढोका खोलिए, तटीय क्षेत्रमा उच्च सतर्कता

इनरुवा , असोज ९ । सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढेपछि कोशी ब्यारेजका ३४ वटा ढोका खोलिएका छन् । लगातारको वर्षाका कारण नदीको जलस्तर बढ्दै

कोशी र मधेश प्रदेशबीच साझा आर्थिक समृद्धिका लागि ५ रणनीतिक पिल्लरमा सहकार्यको सहमति

विराटनगर , असोज ९। भौगोलिक सामीप्यता र आर्थिक अन्तरनिर्भरतालाई सहकार्यमा रूपान्तरण गर्दै कोशी र मधेश प्रदेशले संयुक्त आर्थिक समृद्धिका योजनाहरू अघि सारेका छन्। विराटनगरमा आयोजित

कोशीका पहाडी जिल्लामा बाढी–पहिरोको वितण्डा : ७ जिल्लामा रात्रिकालीन सवारी सञ्चालनमा रोक

विराटनगर , असोज ९। लगातारको वर्षाका कारण कोशी प्रदेशका पहाडी जिल्लाहरूमा बाढी र पहिरो जाँदा मुख्य लोकमार्ग तथा भित्री सडक खण्डहरू अवरुद्ध भएका छन्। प्रतिकूल

अध्यादेशले खारेज गरेका ८५ कानुन ब्युँताउन संसदमा नयाँ विधेयक दर्ता

काठमाडौँ , ९ असोज। सरकारले अध्यादेश ल्याएर खारेज गरेका १ हजार ५९४ राजनीतिक नियुक्ति खारेज गरेका कानुन ब्युँताउन विधेयक संसदमा पुर्‍याएको छ । ‘सार्वजनिक पदाधिकारीको

एनके प्यूरिफायरको लक्की ड्र विवाद : गाउँगाउँमा खटिएका एजेन्टमाथि पैसा फिर्ताको चर्को दबाब

बिर्तामोड , ९ असोज। एनके प्यूरिफायरका लागि गाउँगाउँमा ग्राहक बनाउने एजेन्टहरुमाथि दबाब बढ्न थालेको छ । कम्पनीले फाइनल लक्की ड्रमा धाँदली गरेको घटना बाहिर आएसँगै

विराटनगरमा कांग्रेस वडा अधिवेशनका क्रममा कुटाकुट : एक उम्मेदवार प्रहरी नियन्त्रणमा

 विराटनगर , ९ असोज। विराटनगरमा नेपाली कांग्रेसको वडा अधिवेशनका क्रममा दुई पक्षबीच कुटाकुट भएको छ ।विराटनगर महानगरपालिका–६ को वडा अधिवेशनका क्रममा शुक्रबार दिउँसो दुई पक्षबीच