सप्तकोशीमा पानीको बहाव उच्च : कोशी ब्यारेजका ३४ ढोका खोलिए, तटीय क्षेत्रमा उच्च सतर्कता

इनरुवा , असोज ९ । सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढेपछि कोशी ब्यारेजका ३४ वटा ढोका खोलिएका छन् । लगातारको वर्षाका कारण नदीको जलस्तर बढ्दै गएपछि ब्यारेजमा रातो बत्ती बाल्नुका साथै रातो झण्डासमेत फहराइएको छ ।शुक्रबार दिउँसो ४ः१५ बजे गरिएको मापनअनुसार कोशी ब्यारेज भएर प्रतिसेकेन्ड २ लाख ६२ हजार २३० क्युसेक पानी बगिरहेको सुनसरी प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्रबहादुर खड्काले बताए ।यसअघि ब्यारेजका ३१ वटा ढोका खोलिएका थिए । पानीको बहाव निरन्तर बढेपछि ब्यारेजका ५२ वटा मूल ढोका र नहरतर्फका चारवटा गरी कुल ५६ ढोकामध्ये ३४ वटा खोलिएको खड्काले बताए ।नियमअनुसार कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड एक लाख ५० हजार क्युसेक नाघेपछि पश्चिमतर्फ, दुई लाख क्युसेक नाघेपछि पूर्वतर्फ र तीन लाख क्युसेक नाघेपछि मध्यभागमा समेत रातो बत्ती बाल्ने व्यवस्था छ ।

ब्यारेज निर्माणका क्रममा प्रतिसेकेन्ड ९ लाख ५० हजार क्युसेकसम्म पानीको भारवहन क्षमता राखिएको थियो । तर, ब्यारेजको माथिल्लो भागमा बालुवा जम्मा हुँदा जोखिम बढ्ने गरेको बताइएको छ ।नदीमा पानीको बहाव अझै बढ्न सक्ने भएकाले ब्यारेज कन्ट्रोल रुमले जलस्तरको अवस्थाबारे निरन्तर निगरानी गरिरहेको जनाएको छ । पानीको सतह बढ्दै गएपछि सप्तकोशी आसपासका तटीय क्षेत्र र जोखिमयुक्त बस्तीमा उच्च सतर्कता अपनाइएको छ ।सम्भावित जोखिमबारे स्थानीयलाई जानकारी गराउन सुरक्षाकर्मीले माइकिङसमेत गरिरहेका छन् । सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले सप्तकोशीमा पानीको बहाव निरन्तर बढिरहेको भन्दै नदी आसपासका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरेका छन् ।उनले विशेषगरी नदीमा बगेर आउने काठदाउरा निकाल्न जाने कार्य जोखिमपूर्ण हुन सक्ने भएकाले त्यस्तो काममा नजान सर्वसाधारणलाई आग्रह गरेका छन् ।कोशी प्रदेशमा अझै वर्षाको सम्भावना रहेकाले नदीको बहाव तत्काल घट्ने अवस्था नरहेको सुरक्षा निकायले जनाएको छ । वर्षा र नदीको जलस्तर बढिरहेको अवस्थामा प्रशासनले सप्तकोशी आसपासका बासिन्दालाई नदी किनारमा नजान तथा सम्भावित जोखिमप्रति सचेत रहन आग्रह गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सप्तकोशीमा पानीको बहाव उच्च : कोशी ब्यारेजका ३४ ढोका खोलिए, तटीय क्षेत्रमा उच्च सतर्कता

इनरुवा , असोज ९ । सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढेपछि कोशी ब्यारेजका ३४ वटा ढोका खोलिएका छन् । लगातारको वर्षाका कारण नदीको जलस्तर बढ्दै

कोशी र मधेश प्रदेशबीच साझा आर्थिक समृद्धिका लागि ५ रणनीतिक पिल्लरमा सहकार्यको सहमति

विराटनगर , असोज ९। भौगोलिक सामीप्यता र आर्थिक अन्तरनिर्भरतालाई सहकार्यमा रूपान्तरण गर्दै कोशी र मधेश प्रदेशले संयुक्त आर्थिक समृद्धिका योजनाहरू अघि सारेका छन्। विराटनगरमा आयोजित

कोशीका पहाडी जिल्लामा बाढी–पहिरोको वितण्डा : ७ जिल्लामा रात्रिकालीन सवारी सञ्चालनमा रोक

विराटनगर , असोज ९। लगातारको वर्षाका कारण कोशी प्रदेशका पहाडी जिल्लाहरूमा बाढी र पहिरो जाँदा मुख्य लोकमार्ग तथा भित्री सडक खण्डहरू अवरुद्ध भएका छन्। प्रतिकूल

अध्यादेशले खारेज गरेका ८५ कानुन ब्युँताउन संसदमा नयाँ विधेयक दर्ता

काठमाडौँ , ९ असोज। सरकारले अध्यादेश ल्याएर खारेज गरेका १ हजार ५९४ राजनीतिक नियुक्ति खारेज गरेका कानुन ब्युँताउन विधेयक संसदमा पुर्‍याएको छ । ‘सार्वजनिक पदाधिकारीको

एनके प्यूरिफायरको लक्की ड्र विवाद : गाउँगाउँमा खटिएका एजेन्टमाथि पैसा फिर्ताको चर्को दबाब

बिर्तामोड , ९ असोज। एनके प्यूरिफायरका लागि गाउँगाउँमा ग्राहक बनाउने एजेन्टहरुमाथि दबाब बढ्न थालेको छ । कम्पनीले फाइनल लक्की ड्रमा धाँदली गरेको घटना बाहिर आएसँगै

विराटनगरमा कांग्रेस वडा अधिवेशनका क्रममा कुटाकुट : एक उम्मेदवार प्रहरी नियन्त्रणमा

 विराटनगर , ९ असोज। विराटनगरमा नेपाली कांग्रेसको वडा अधिवेशनका क्रममा दुई पक्षबीच कुटाकुट भएको छ ।विराटनगर महानगरपालिका–६ को वडा अधिवेशनका क्रममा शुक्रबार दिउँसो दुई पक्षबीच