सुनसरी |१० असोज| कोशी ब्यारेजमा पानीको बहाव अत्यधिक बढेको छ। अहिले बिहानको विवरणअनुसार ब्यारेजमा ३ लाख १६ हजार ७ सय ९५ क्युसेक पानीको बहाव मापन गरिएको छ।
पानीको सतह निरन्तर बढ्दो क्रममा रहेको र ब्यारेजको अवस्था अत्यधिक जोखिम अर्थात् ‘एक्स्ट्रिम डेंजर’ मा रहेको जनाइएको छ।
बढ्दो पानीको बहावलाई व्यवस्थापन गर्न कोशी ब्यारेजका ४३ वटा ढोका खोलिएका छन्।
पानीको बहाव अझै बढिरहेकोले कोशी नदी आसपासका बासिन्दालाई सतर्क रहन तथा नदी किनार र जोखिमयुक्त क्षेत्रमा नजान आग्रह गरिएको छ।


