राष्ट्रसंघको ८१औँ महासभा सकेर प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्कँदै

काठमाडौं , असोज १०। संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्न संयुक्त राज्य अमेरिकाको न्यूयोर्क पुगेका प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किने भएका छन् ।परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाह महासभालाई सम्बोधन सकेर शनिबार, असोज १० गते स्वदेश फर्किने कार्यक्रम तय भएको हो ।प्रधानमन्त्रीको आगमनसँग सम्बन्धित विषयमा परराष्ट्र मन्त्रालयका निमित्त सचिव गणेशप्रसाद ढकालले प्रेस ब्रिफिङ गर्ने भएका छन् ।प्रेस ब्रिफिङ आज अपराह्न ३ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित विशिष्ट कक्ष (भीआईपी लाउन्ज) को मिडिया कक्षमा हुने मन्त्रालयले जनाएको छ । सूचना तथा सञ्चार मन्त्रालयको प्रेस तथा सूचना समन्वय शाखाले सञ्चारमाध्यमका प्रतिनिधिलाई प्रधानमन्त्रीको आगमन समयभन्दा कम्तीमा आधा घण्टा अगावै प्रेस ब्रिफिङस्थलमा उपस्थित गराउन सूचना तथा प्रसारण विभागलाई अनुरोध गरेको छ ।प्रधानमन्त्री शाहको अमेरिका भ्रमण तथा संयुक्त राष्ट्रसंघको महासभामा सहभागितासम्बन्धी विषयमा प्रेस ब्रिफिङमार्फत जानकारी दिइने जनाइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पश्चिम नेपालमा आज पनि भारी वर्षाको सम्भावना, सोमबारदेखि मौसम खुल्ने

काठमाडौं , असोज १०। देशका विभिन्न भू–भागमा आज पनि वर्षा भइरहेको छ । बंगालको खाडीमा बनेको न्यूनचापीय प्रणाली उत्तर–पश्चिमतिर सर्दै भारतको उत्तर प्रदेश आसपास पुगेकाले

मोरङ सीमाबाट १३ लाख बढीको अवैध सामानसहित अटो नियन्त्रणमा

विराटनगर , असोज १०। भारतबाट भन्सार छलेर नेपालतर्फ ल्याइँदै गरेका १३ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामग्रीहरू सशस्त्र प्रहरीले मोरङका विभिन्न सीमा इलाकाबाट बरामद गरेको

पश्चिम नेपालमा अति भारी वर्षा : बाढी र पहिरोको उच्च जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ , असोज १०। नेपालको पश्चिमी भूभागमा भारी वर्षा भइरहेकाले बाढी र पहिरोको उच्च जोखिम बढेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान

विराटनगरमा आगामी असोज २२ र २३ गते सातै प्रदेशका मुख्यमन्त्रीको सम्मेलन हुने

विराटनगर , असोज १०। कोशी प्रदेशको राजधानी विराटनगरमा आगामी असोज २२ र २३ गते सातै प्रदेशका मुख्यमन्त्री सहभागी हुने मुख्यमन्त्री सम्मेलन आयोजना हुने भएको छ

झरीपछि खुलेको इलाम : चियाबारीमा थपियो प्राकृतिक रौनक

इलाम ,असोज १०। लगातार केही दिनदेखिको झरीका कारण अस्तव्यस्त बनेको इलामको मौसम अहिले खुलेको छ । वर्षा रोकिएसँगै शनिबार इलाम सदरमुकामसहित आसपासका क्षेत्रमा टलटलापुर घाम लागेको

काठमाडौं उपत्यकामा ट्राफिक नियम मिच्ने ६३ सवारीमाथि कारबाही

काठमाडौं , असोज १०। काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६३ सवारीसाधनमाथि पछिल्लो २४ घण्टामा कारबाही गरिएको छ ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार शनिबार